काठमाडौँ, असार १४ गते । हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधि किङ्स कलेजले जितेको छ।
फाइनल खेलमा किङ्स कलेजले टेकस्पाइर कलेजलाई २–१ गोलले हरायो । उपाधिसँगै किङ्सले ९० हजार रुपियाँ पुरस्कार पायो । उपविजेता टेकस्पाइरले ४० हजार रुपियाँ पायो ।
ग्लोबल कलेजले एनसिअमटि कलेजलाई १–० ले हराउँदै तेस्रो भयो । ग्लोबलले २० हजार रुपियाँ पायो । प्रतियोगितामा २८ टोलीले भाग लिएका थिए ।