अभिनेता शाह पुरस्कृत
आप्रवासी नेपाली गीतकार सङ्घ, अमेरिकाको पहिलो वार्षिक साधारण सभा ओहायो राज्यको रेनल्ड्सवर्गमा सम्पन्न भएको छ ।
उपभोक्ता अदालत गठन
सरकारले उपभोक्ता संरक्षण ऐन, २०७५ कार्यान्वयनमा आएको छ वर्षपछि उपभोक्ता अदालत गठन गरेको छ ।
निरन्तर घट्दै भारतीय पर्यटक
नेपाल भित्रिने भारतीय पर्यटकको सङ्ख्या घट्दै गएको छ ।
चिया निर्यातका समस्या समाधानको पहल गर्छु : प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवर्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाउनुभएको छ ।
राजस्व चुहावट नियन्त्रण गर्न समन्वय आवश्यक
केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायबिच केन्द्रदेखि स्थानीयस्तरसम्मै समन्वय एवं सहकार्य गर्नुपर्नेमा जोड दिएको छ ।
हिउँ हराएको हिउँद
काठमाडौँ, माघ २४ गते । माथि माथि हिमाली भेगमा, हिउँ पर्यो फुरुरु, हिउँ पर्यो फुरुरु, प्रदेशी माया सम्झेर, मन रुन्छ धुरुरु, मन रुन्छ धुरुरु, हा..हा..हा..मन रुन्छ धुरुरु......बबिना राई किरातीको स्वरमा सजिएको यो गीत अधिकांश नेपालीहरुको जनजिब्रोमा झुन्डिएको छ । हिउँ पर्नेबित्तिकै ‘टिकटक भिडियो’ बनाउनेहरु यही गीतलाई रोज्छन् ।हिमाली भेगैमा हिउँ पर्यो फुरुरु।।।राजु लामाको स्वर रहेको अर्को गीतको टुक्का पनि उस्तै कर्णप्रिय छ । यी गीतले हिउँ, हिउँद र नेपालको हिमाली क्षेत्रको महिमा सञ्चार गर्न सघाउँछन् । हुन पनि हिउँदको आगमनसँगै उच्च हिमाली भेग, त्यहाँका पहाड, डाँडाकाँडा बाटो र बोटबिरुवा हिउँका सेतो आवरणले ढाकिएका हुन्थे । यस वर्ष पुस सकियो । माघ पनि सकिनै लाग्यो तर हिउँ पर्ने छाँटकाँट देखिएन । यी गीतका टुक्कामा बनेका टिकटक भिडियो आउन छाडे । हिउँ पर्दो हो त अचेल धेरै मान्छे हिउँसँग खेल्थे, अनि हिउँसँगै खेल्दै रमाएका भिडियोहरूबाट अरुले पनि आनन्द लिन्थे १ यसपटक हिउँदमा हिउँ हराएको छ । यी गीतका भावहरु पनि हाम्रा भावी पुस्ताका लागि कतै एकादेशको कथा त बन्ने होइनन् भन्ने चिन्ता थपिएको छ । गत वर्षहरु झैँ यस वर्ष पनि हिउँ खेल्न जाने समय कुरिरहनुभएकका काठमाडौँको लाजिम्पाटका शैलेश पाण्डेलाई पनि यस्तै चिन्ता छ । “मलाई हिउँ खुब मन पर्छ । हिउँ पर्नेबित्तिकै खुब रमाइलो लाग्थ्यो, खेल्न पाइन्छ भनेर”, उहाँ भन्नुहुन्छ, “कहिले चन्द्रगिरि डाँडा, कहिले फुलचोकी, कहिले शिवपुरीको डाँडामा जान्थ्यौँ । ती दिनको खुब याद आउँछ तर यो वर्ष त हिउँ कहिले पर्ला भनेर कुरिरहनु परेको छ ।”यो वर्ष हिउँ पर्नेबित्तिकै हिउँ खेल्न जाने योजनामा हुनुहुन्छ, भक्तपुर लोकन्थलीका अमित तिमल्सेना पनि । “हामी कलेज पढ्दा त पुस लाग्नासाथ हिउँ पथ्र्यो । साथीभाइ मिलेर हिउँ खेल्न जान्थ्यौँ । बर्सेनि हिउँ खेल्न गइन्थ्यो । यो वर्ष त पर्दै परेन १”धादिङ घर भई कोटेश्वर बस्दै आनुभएकी कल्पना तामाङलाई पनि हिउँले आकर्षित गर्छ । “हिउँ चाहिँ कसलाई मन नपर्ला र रु हिउँ पर्दा पर्दै त्यससँग खेल्दाको आनन्द बेग्लै तर के गर्नु यस वर्ष त हिउँ देख्नै पाइएन १”, उहाँले दुःअ मनाउ गर्नुभयो । माथि उल्लिखित पात्र त केही उदाहरण मात्रै हुन् । उहाँहरू जस्तै धेरै यस वर्ष हिउँ कहिले पर्ला रु भनेर पर्खिरहेका छन् भने उपत्यकाका डाँडाहरु हिउँले डाकेको हेर्न र तिनै हिउँसँग खेलेर आनन्द लिन चाहने धेरै चिन्तित पनि हुनुहुन्छ । चन्द्रागिरिको डाँडामा भालेश्वर मन्दिर छ । मन्दिरका मूल पुजारी हुनुहुन्छ, विदुर न्यौपाने । गत वर्षतिर हिउँसँगै रमाएर बनाइएका उहाँका टिकटकहरु खुब ‘भाइरल’ हुन्थे तर यस वर्ष हालसम्म त्यो अवसर आएको छैन । “यसवर्ष हिउँ परे पो देखिनु । खै १ हालसम्म हिउँ पर्ने छनक नै छैन”, उहाँले भन्नुभयो । चन्द्रागिरि हिल्स लिमिटेडका बजार प्रवर्द्धक तथा बिक्री प्रमुख प्रभाकर खड्काले हिउँ खेल्न मात्रै दैनिक २० हजारको हराहारीमा पर्यटक चन्द्रागिरि आउने गरेको स्मरण गर्नुभयो । “चन्द्रागिरिमा हिउँ खेल्न आउनेहरुको सङ्ख्या बाक्लो हुन्थ्यो । गत वर्ष केबलकार चढ्नेको भीड त्यस्तै थियो, आठ हजारको हाराहारीमा त हिँडेरै चन्द्रागिरि पुग्नुभयो,” उहाँले थप्नुभयो, “हिउँ खेल्नकै लागि चन्द्रागिरि आउने पर्यटनको सङ्ख्या धेरै हुन्थ्यो तर यस वर्ष त हिउँ नै परेको छैन । प¥यो भने त पर्यटकहरुको सङ्ख्या ह्वात्तै बढ्थ्यो नि १”उपत्यका नजिकको हिउँ पर्ने सुन्दर क्षेत्र चन्द्रगिरि यो पटक सेताम्मे बन्न पाएकै छैन । हिउँ परेपछि चन्द्रागिरि जाने भन्दै उपत्यकावासीको प्रतीक्षाको समय कति लामो जाने हो अझै अनिश्चित छ । चन्द्रगिरि नगरपालिका प्रमुख घनश्याम गिरी हाल र ५० वर्षअघि हिउँ पर्ने अवस्थामा देखिएको अन्तरले चिन्तत बनाएको बताउनुहुन्छ । “पहिलापहिला त असोजदेखि नै जाडो लाग्थ्यो । हिउँले डाँडा नै सेताम्मे हुन्थे । जतासुकै हिउँ हुन्थ्यो । आजभोलि यही कुरा नयाँ पुस्तालाई भन्यो भने पत्याउँदैनन् । हिउँ नै देख्न नपाइने भइयो । चिसो पनि पहिलाभन्दा हराउँदै गएको छ”, उहाँले भन्नुभयो । पहिलापहिला पुस लाग्नेबित्तिकै पर्ने हिउँ अहिले फागुन लागिसक्दा पनि नपर्दा केही वर्षपछि हिउँ नै नपर्ने हो कि भन्ने चिन्ता छ नगरप्रमुख गिरीलाई । “पहिला त बाहिर राखेको पानी नै जम्थ्यो नि १ हामी स्कुल जाँदा खोल्साखोल्सीको पानी जमेर प्लेटजस्तो बन्थ्यो । त्यतिबेला जमेको पानी खेल्दा खुब रमाइलो लाग्थ्यो”, उहाँ स्मरण गर्नुहुन्छ, “रूखका पातहरु हिउँले भरिएर केही देखिँदैनथ्यो । अहिले त यी सब कुरा सपना झैँ लाग्छन् ।”चन्द्रागिरिमा मात्रै होइन, हिउँले टलक्क टल्कने हिमालहरु पनि नटल्कँदा आश्चर्यचकित बनाउँछ गिरिलाई । उहाँ भन्नुहुन्छ, “अन्नपूर्ण हिमाल बाक्लो हिउँले ढाकेर सेतै देखिन्थ्यो, टलक्क टल्किन्थ्यो । अहिले त कालो देखिन थाल्यो । काठमाडौँमा पुस महिनादेखि हुस्सु लाग्दा वरपरको मानिस पनि देख्न मुस्किल हुन्थ्यो । अचेल पहिलेजस्तो तुसारो पनि लाग्दैन । हुस्सु पनि त्यति देखिँदैन । पहिला धेरै चिसो हुन्थ्यो । अहिले त चिसोको पनि खासै अनुभव हुन छाड्यो ।” दोलखा जिल्लास्थित कालीञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीलाई पनि आजभोलिको हिउँदमा कालीञ्चोक हिउँविहीन बन्दा अनौठो लागेको छ । “पहिला पहिला यस्तो बाक्लो हिउँ पथ्र्यो कि, यहाँ चार महिनासम्म नै हिउँ रहन्थ्यो । कालीञ्चोक सेताम्मे हुन्थ्यो,” उहाँ भन्नुहुन्छ, “पछिल्लो समय हिउँ नै हराउँदै गयो । पछिपछि त यहाँका मानिसले हिउँ नै देख्न नपाउलान् कि भन्ने चिन्ता पो छ १”यस वर्ष हिउँ नपर्दा आन्तरिक पर्यटकहरु पनि घटेको उहाँले जानकारी दिनुभयो । “पछिल्लो समय हिउँ खेल्नका लागि काठमाडौँदेखि नै मानिसहरु आउँदा लाखको हाराहारीमा पर्यटन हुन्थे । यसपटक त हिउँ नपर्दा आन्तरिक पर्यटन नै कम आए”, अध्यक्ष सिवाकोटीले भन्नुभयो । जलवायु परिवर्तनका कारण हिउँ नपर्ने समस्या मात्रै होइन पछिल्लो समय कालीञ्चोकमा सुन्तलाखेती नै हुन छोडेको उहाँ बताउनुहुन्छ । गोदावारी नगरपालिका–३ का वडाध्यक्ष सानुराज घिमिरेले आजभोलि फुलचोकी घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ज्यादै न्यून रहेको बताउनुभयो । “फुलचोकी पहिला हिउँले सेताम्मे हुन्थ्यो । त्यो हेर्न पनि धेरै मानिस आउँथे । आजभोलि त यहाँ हिउँ नै पर्दैन । हिउँ परे पो पर्यटक आउँथे होलान् । हिउँ नै परेन भने पर्यटन विकासमा समेत असर पर्दो रहेछ ।” घिमिरेले जलवायु परितर्वनका कारण हिउँ पर्न छाडेको र यसले कृषिमा असर गर्ने, पानीको मुहान सुक्ने र पर्यटकीय विकासमा ह्रास आउनेजस्ता समस्या उत्पन्न हुँदै गएका भन्दै जलवायुले स्थानीयस्तरमा पारेका यस्ता समस्याबारे सरकारले अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न आग्रह गर्नुभयो । अन्तरराष्ट्रिय सहयोगको अपेक्षा सरकारले आगामी जेठ २, ३ र ४ मा सगरमाथा संवाद आयोजना गर्ने घोषणासहित यतिबेला तयारीमा जुटेको छ । पर्वतीय मुलुकहरुले सामना गरिरहेको जलवायु परिवर्तनका सङ्कट समाधानका लागि संवादमा पनि अन्तरराष्ट्रिय समुदायलाई घच्घचाउने बताउनुहुन्छ वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन माहाशाखा प्रमुख डा महेश्वर ढकाल । “जलवायु परिवर्तन गराउने मुख्य तत्व कार्बन उत्सर्जन गराउन नेपालको नगन्य भूमिका छ तर अन्तरराष्ट्रिय समुदायले गरेको औद्योगिक विकाससँगै कार्बन उत्सर्जन बढेको र यसले गराएको जलवायु परिवर्तनको असर हामीले भोगेका छौँ । नखाएको विष लाग्यो,” उहाँ भन्नुहुन्छ, “अहिले नै हिमालमा हिउँ छैन । हाम्रा हिमाली क्षेत्रमा हिउँ पर्न छाड्यो । यस्ता जलवायु सङ्कटका उदाहरण दिएर अन्तरराष्ट्रिय सहयोगका लागि आग्रह गर्छौं । पर्वतीय क्षेत्रमा जलवायुले पारेको प्रभाव न्यूनीकरणका लागि सहकार्य बढाउने छौँ ।”ढकालले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय अन्तरसरकारी समूह ९आइपिसिसी० को छैटौँ प्रतिवेदनले जलवायु परिवर्तनको सबैभन्दा बढी जोखिम पहाडी क्षेत्र, त्यसमा पनि हिमाली क्षेत्र र अझै नेपालका पर्वतीय क्षेत्रहरुमा रहेको देखाएकाले जोखिम न्यूनीकरणमा जोड दिन आवश्यक रहेको बताउनुभयो । जलवायुले हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि अन्तरराष्ट्रिय जलवायु वित्त सहयोग आवश्यक पर्ने भन्दै जलवायु वित्त बढाउन नेपालले पैरवी गरिरहेको उहाँको भनाइ छ ।न्यूनतम तापक्रम औसतभन्दा धेरै हुनेजल तथा मौसम विज्ञान विभागका अनुसार यसपटक हिमाली क्षेत्रका केही भागमा मात्रै हिमपात भएको र हिउँद सुक्खा हुँदा अन्य क्षेत्रमा हिउँ पर्न सकेको छैन । वर्षा हुन नसक्दा हिउँदमा हिउँ नपरेको विभागले जनाएको छ । यस वर्षको हिउँदमा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण भएको बताउनुहुन्छ, विभागका महानिर्देशक कमलराम जोशी । विभागले गत मङ्सिर १५ गतेदेखि आगामी १६ फागुनसम्मको हावापानी आकलन गर्दै देशभर औसतभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ । विभागको प्रक्षेपणले अधिकतमसँगै न्यूनतम् तापक्रम पनि औसतभन्दा धेरै हुने समेत देखाएको छ । प्रशान्त महासागरमा लानिना विकसित हुने क्रममा रहँदा र प्रिमनसुनको सुरुआती अवधिसम्म लानिना रहँदा यस वर्षको हिउँदमा कम पानी पर्ने बताउनुहुन्छ, विभागकी प्रवक्ता विभूति पोखरेल । हिउँदको जनवरी–फेब्रुअरीमा अझ सुक्खा बढ्ने विभागले प्रक्षेपण गरेको छ । विभागका अनुसार हिउँदयाममा कोशी प्रदेशको दक्षिणी भूभाग र मधेश प्रदेशको पूर्वी भूभागमा अझ बढी सुक्खाको सम्भावना रहेको छ । यसैगरी विभागलेगत गत मङ्सिरमा सार्वजनिक गरेको हावापानी आकलनअनुसार सुदूरपश्चिम र कर्णालीको दक्षिणी, लुम्बिनीको अधिकांश क्षेत्रमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको थियो । गण्डकीको पूर्वी तथा दक्षिणी, बागमती, मधेशको पश्चिमी र कोशीको पश्चिमी भूभागमा पनि सरदरभन्दा कम पानी पर्ने विभागको आकलन छ । आगामी १६ फागुनसम्मको अवधिलाई हिउँद मान्दा यस पटकको हिउँद सुक्खा हुँदा हिउँदे खडेरी पर्ने सम्भवना देखिएको छ । तापमान बढ्दा हिउँ घट्ने खतरा जलवायु परिवर्तनका कारण विश्वको तापमान बढ्दा हिमालका हिउँ पग्लने र विस्तारै हिउँ पर्न छाड्ने खतरा बढ्नसक्ने बताउनुहुन्छ जलवायुविद् मञ्जित ढकाल । “तापमान बढ्दा हिमालको हिउँ पग्लने खतरा बढ्छ । अन्तरराष्ट्रिय मञ्चहरुमा समेत हामीले पर्वत जोगाउने विषयमा केन्द्रित रही हिमालका मुद्दा उठाएका छौँ,” उहाँले भन्नुभयो, “जलवायुजन्य जोखिमबाट हिमाल र हिउँ जोगाउन यी मुद्दाहरुलाई निरन्तर रुपमा उठाउनुपर्छ ।”विभिन्न अध्ययनहरूले विश्वव्यापी रुपमा नै जलवायुजन्य सङ्कटको चाप बढिरहेको देखाएका छन् । विश्व मौसम विज्ञान सङ्गठन ९डब्लुएमओ० द्वारा प्रकाशित २०२४ को जलवायु अवस्था प्रतिवेदनले जलवायुजन्य सङ्कटलाई उजागर गराएको छ । सन् २०२४ को गत जनवरीदेखि सेप्टेम्बरमा औसत तापमान औद्योगिक क्रान्ति अघिभन्दा १।५४ ९ं०।१३० सेल्सियसले बढी भएको देखाएको छ । सन् १८५० देखि १९०० लाई आधार वर्ष मान्दा अहिलेसम्म पृथ्वीको तापमान वृद्धि १।४ डिग्री सेल्सियसले बढेको र त्यसमध्ये पनि १।३ डिग्री सेल्सियस मानव सिर्जित रुपमा तापमान वृद्धि भएको समेत अध्ययनले देखाएको छ । समुद्री तापक्रममा उल्लेखनीय वृद्धि भएको, बरफको कमी, ठूला आर्थिक र मानवीय क्षति भइरहेको भन्दै डब्लुएमओले प्रेस विज्ञप्ति नै जारी गरेको छ । सङ्गठनले २०२४ लाई अहिलेसम्मकै सबैभन्दा तातो वर्षको रूपमा दर्ता गरेको छ । एलनिनो प्रभावले तापक्रम वृद्धि थप बढाएको सङ्गठनको निष्कर्ष छ । सङ्गठनको अध्ययनअनुसार समुद्री सहतमा पनि वृद्धि भई सन् २०१४ देखि २०२३ को अवधिमा वार्षिक ४।७७ मिमी बढेको छ । यसैगरी, २०२३ मा ग्लेसियरले १।२ मिटर पानी बराबरको बरफ कम भएको र यो १९५३ पछि सबैभन्दा उच्च बरफ पग्लिएको घटना रहेको प्रतिवेदनमा उल्लेख छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०को अध्ययनअनुसार हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतको तुलनामा तीन गुणा बढी छ । इसिमोडका अनुसार उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढी छ । अबको आवश्यकता स् जलवायु अनुकूलनजलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेती समुन्द्री सतहको तापक्रममा आएको परिवर्तन तथा त्यसका कारण कम वर्षा र कम हिमपात भएको भन्दै अब जलवायु अनुकूलनलाई प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ । “हिउँद सकिन लाग्दा पनि यस वर्ष यस अवधिमा नौ दशमलव दुई प्रतिशत मात्रै वर्षा भएको छ जबकि ६० प्रतिशत हारहारीमा वर्षा हुनुपथ्र्यो”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण समुन्द्री सतहमा तापक्रम वृद्धि भई कम वर्षा र कम हिमपात भएको हो । अब समस्याको समाधानका उपाय खोज्न र अनुकूलनलाई प्राथमिकता दिन आवश्यक छ ।”हिमपात कम हुँदा पानीको स्रोत कम हुने भन्दै सिँचाइ प्रणालीमा पनि सुधार गर्नुपर्ने, जलवायु अनुकूलनमैत्री कृषि प्रणालीलाई प्राथमिकता दिने, वन्यजन्तुलाई पानी उपलब्ध गराउनका लागि ठाउँठाउँमा पोखरी निर्माण गर्नेजस्ता कार्यलाई प्राथमिकता दिनुपर्नेमा उप्रेतीको जोड छ । रासस
कागजातविहीन नेपाली श्रमिकलाई श्रम स्वीकृति
सरकारले श्रम गन्तव्य देशमा वैध र नेपाल सरकारको रेकर्डमा अवैध (कागजातविहीन) भनिएका नेपाली श्रमिकलाई गन्तव्य देशबाट श्रम स्वीकृति दिन सुरु गरेको छ ।
बेलायती अधिराजकुमार दम्पती उपत्यकामा व्यस्त
संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एड्वार्ड र उहाँकी धर्मपत्नी सोफीले नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौँ र भक्तपुरका विभिन्न स्थान भ्रमण गर्नुभएको छ ।
पाठ्यक्रम निर्धारणमा छलफल जारी
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक–२०८१ मा कानुनी शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको मापदण्ड निर्धारण गर्नेसम्बन्धी व्यवस्थामा विकल्प प्रस्तुत गरेको छ । तर मन्त्रालयले ल्याएको विकल्पमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा सहमति हुन सकेन ।
अभियोगपत्र अध्ययन गर्न छानबिन कार्यदल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा दायरका क्रममा त्रुटि भएको आरोपमा जिल्ला न्यायाधिवक्तामाथि छानबिन कार्यदल गठन भएको छ ।
जङ्गली हात्ती मकुनाको मृत्यु
पर्यटकीय नगरी सौराहा क्षेत्रमा देखि रहने जङ्गली हात्ती मकुनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले मानव वस्तिमा निस्किएका बेला निकुञ्ज तर्फ धपाउने क्रममा सुरक्षार्थ खटिएका सेनाको गोली लागेर हात्तीको मृत्यु भएको जानकारी दिनुभयो ।
देशभर मौसम सफा रहने
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै देशका तराई भागका केही स्थानमा हुस्सु लागेको छ ।
मध्यपहाडी राजमार्ग : तीन चौथाइ काम सम्पन्न
राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण तीव्र गतिमा अगाडि बढिरहेको छ । मुलुकलाई पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको यो तेस्रो राजमार्ग हो ।
जडीबुटी नदिने ठेकेदारलाई सधैँ ठेक्का
सिंहदरबार वैद्यखाना विकास समितिले जडीबुटी खरिद गर्नका लागि बोलपत्र आह्वान गर्छ । प्रायः एउटा मात्रै कम्पनीको बोलपत्र निवेदन पर्छ । अनि ठेक्का पाउने कम्पनीले २५ प्रतिशत जति जडीबुटी ल्याउँछ । समय सकिन्छ ।
कुमारी बहुउद्देश्यीय सहकारी प्रहरीद्वारा सिल
आर्थिक अपचलन आरोप लागेको बेनी नगरपालिका –८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई प्रहरीले सिल गरेको छ । सहकारीको वर्तमान तथा पूर्व पदाधिकारीले आर्थिक अपचलन गरेको भन्दै गत २० गते आइतबार पाँच जनालाई गिरफ्तार गरेको प्रहरीले बुधबार सहकारी संस्थालाई सिल गरेको हो ।
टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
पाल्पामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही जिल्ला देवदह नगरपालिका –२, का ३१ वर्षीय सुनिल गुरुङ् रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
गैँडाको आक्रमणबाट महिला घाइते
गैँडाले आक्रमण गरी नवलपुरमा एक महिलालाई घाइते बनाएको छ । देवचुली नगरपालिका –१ मा रहेको दिव्य मध्यवर्ती सामुदायिक वनमा घाँस काटन जानु भएकी ३३ वर्षीया कुमारी आलेलाई गैँडाले आक्रमण गरी घाइते बनाएको शिशवार उपभोक्ता समितिका अध्यक्ष नेत्र पाण्डेले जानकारी दिनुभयो ।
बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सञ्चालन हुन सकेनन् आधारभूत अस्पताल
पर्वत जिल्लाका विभिन्न पालिकाहरूमा दुई वर्षभित्र निर्माण सम्पन्न भई स्वास्थ्य सेवा प्रदान गर्ने भनिएका आधारभूत अस्पतालहरूको भौतिक संरचना निर्माणको काम नै पुरा हुन सकेको छैन ।
हेटौँडामा दैनिक तीन करोड लिटर बढी खानेपानी उत्पादन
हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक तीन करोड ७० लाख लिटर खानेपानी उत्पादन गरिरहेको छ ।
खुम्बु जोड्ने पक्की पुल निर्माण
सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बुलाई स्थलमार्गबाट जोड्ने पुल तयार भएको छ ।
प्रेस चौतारी कास्की अध्यक्षमा अधिकारी
प्रेस चौतारी नेपाल कास्की शाखाको अध्यक्षमा मोतिसागर अधिकारी चयन हुनुभएको छ । कास्कीको नवौं अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
दाङको एक्ली महिला बरघर सीता चौधरी
लमही नगरपालिका –८ का सीता चौधरी दुई वर्ष अघिसम्म घरभित्रकै काममा सीमित हुनुहुन्थ्यो । कुनै संघ संस्थामा नभएकाले उहाँ घरको खेतिपाती स्याहार्ने र घरको काममा सीमित हुनुपरेकाले उहाँ बाहिरको काममा खासै ध्यान दिन सक्नुहुन्थेन ।
जलेर महिलाको मृत्यु
लगाएको कपडामा आगो सल्किँदा जलेर एक वृद्ध महिलाको मृत्यु भएको छ । खाना पकाउने क्रममा लगाएको कपडामा आगो सल्किँदा जलेर उहाँको मृत्यु भएको हो ।