माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), माघ २३ गते । प्रेस चौतारी नेपाल कास्की शाखाको अध्यक्षमा मोतिसागर अधिकारी चयन हुनुभएको छ । कास्कीको नवौं अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा गिरधारी पोखरेल, उपाध्यक्ष (महिला) रोजी श्रेष्ठ, सचिवमा अनुप पौडेल, सहसचिवमा दीपक अधिकारी, सहसचिवमा (समावेशी) सुरेश सुनार, कोषाध्यक्षमा सन्दीप खनाल चयन हुनुभएको छ ।
सदस्यहरुमा सुरेश रानाभाट, सञ्जय थापा, रचित पौडेल, आशिष पुरी, विनीता राना, मदनमणि तिमिल्सिना, काशीनाथ कुमाल र मनीषा लामिछाने छन् । प्रदेश प्रतिनिधिमा राजु गिरी, बालकुमारी पौडेल ‘तारा’, अर्जुन गाह ‘सुशान्त’ रेजिना कटुवाल, शिशिर पौडेल चयन हुनुभयो ।
केन्द्रीय प्रतिनिधिमा दीपेन्द्र श्रेष्ठ, हरि बास्तोला, ओम हमाल, पुण्य पौडेल, प्रकाश अधिकारी विद्रोही, शान्ति गुरुङ चयन हुनुभयो । यसअघि उद्घाटन सत्रमा प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट इन्द्र पौडेल र प्रेस चौतारी सम्मानबाट गणेशमान गुरुङलाई सम्मानित गरिएको थियो ।