• २४ माघ २०८१, बिहिबार

जङ्गली हात्ती मकुनाको मृत्यु

blog

नारायणगढ, माघ २४ गते । पर्यटकीय नगरी सौराहा क्षेत्रमा देखि रहने जङ्गली हात्ती मकुनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत  डा. गणेश पन्तले  मानव वस्तिमा निस्किएका बेला निकुञ्ज तर्फ धपाउने क्रममा सुरक्षार्थ खटिएका सेनाको गोली लागेर हात्तीको मृत्यु भएको जानकारी दिनुभयो ।

यो हात्ती केही समय यता मानव वस्ति वरपर निस्किएर दुख दिई रहेको थियो । सधैँ यसलाई हात्ती लगाएर जङ्गल तर्फ खेदी रहन्थे उ यो पटक  यसरी नै जङ्गल पठाउन लाग्दा एक्कासि  सेना चढेको हात्तीलाई नै  आक्रमण गरेको र  त्यहाँ  रहेका सुरक्षा करमी नै असुरक्षितको अवस्था भएपछि आत्मरक्षाका लागि नेपाली सेनाले चलाएको गोली लागेर जङ्गली हात्ती मकुनाको मृत्यु भएको हो,  प्रमुख संरक्षण अधिकृत डा पन्तले भन्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरमा पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा बुधवार दिउसो  गोली लागेर हात्तीको मृत्यु भएको हो ।  निकुञ्जका  अनुसार  गत असोज देखि मकुना मानव बस्तीमा पसेर स्थानीयलाई आतङ्कित बनाउँदै आएको थियो ।पटक पटक मकुनालाई बस्तीमा पसेको बेला निकुञ्जका हात्तीको सहयोगमा लखेटेर जङ्गल पटाउँदै आइएको थियो ।

बुधवार दिउसो मानव बस्ती प्रवेश गर्न लागेको सूचना पाए पछि लखेटेर कोर एरियामा पठाउनका गएको नयाँ गोरख गण ९क० गुल्म सौराहाका नेपाली सेना र निकुञ्जका हात्ती गस्ती टोलिलाईनै आक्रमण गर्न आउने क्रममा चुरेगज हात्तीलाई मकुनाले आक्रमणको प्रयास गरेको थियो ।  त्यसपछि दुई राउन्ड हवाई फायर गरिएको र  त्यसबाट पनि हात्ती नभागेर दोस्रो हात्ती खगेन्द्र प्रसादलाई आक्रमण गरेको निकुञ्जले जनाएको छ । सो अवसरमा रेन्जर  श्याम तामाङ हात्तीबाट भुईँमा खसेपछि आत्मरक्षाकालागि निकुञ्ज सुरक्षा कर्मीले बाध्यताले गोली चलाउन परेको निकुञ्जले विज्ञप्ति जारी गरेर जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ मा  आत्मरक्षाका लागि गोली चलाउनु पर्ने बाध्यात्मक अवस्था आएमा निकुञ्ज सुरक्षाकर्मीलाई गोली चलाउन पाउने अधिकार उल्लेख गरेको छ ।

मानव वस्तिमा निस्किएर केही भौतिक संरचनामा क्षति पुर्‍याए पनि यो हात्तीका कारण अहिले सम्म मानवीय क्षति भने भएको छैन ।