नवराज सुवेदी
नुवाकोट, माघ २३ गते । बेलकोटगढी नगरपालिका–७ मा यात्रुवाहक बस र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार २२ वर्षीय जीवन राईको मृत्यु भएपछि मृतकका आफन्तले त्रिशुली–काठमाडौं सडकखण्ड अवरोध गरेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी दुर्गा रेग्मीका अनुसार अहिले मृतकका आफन्तसँग वार्ता चलिरहेको छ ।
यहाँका स्थानीय र मृतकका आफन्तले बाटो अवरोध गरिरहनुभएको ।
गल्छिबाट त्रिशुलीतर्फ जाँदै गरेको बा-३ ख ५५४७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा-५८ प २८०४ नम्बरको मोटरसाइकल बुधबार दिउँसाे २ बजे एक आपसमा ठोक्किएको थियो ।
विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा सवार १८ जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल नुवाकोट लगिएको प्रहरीले जनाएको छ । मोटरसाइकल जोगाउने क्रममा बस भित्तामा पुगेर ढुङ्गामा जोतिन पुगेको थियो ।