काठमाडौँ, माघ २४ गते । आप्रवासी नेपाली गीतकार सङ्घ, अमेरिकाको पहिलो वार्षिक साधारण सभा ओहायो राज्यको रेनल्ड्सवर्गमा सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ अभिनेता तथा गीतकार नीर शाहलाई प्रथम ज्ञानेन्द्र गदाल गीत सम्मान प्रदान गरिएको थियो । चार दशकदेखि गीत लेखनमा सक्रिय गीतकार ज्ञानेन्द्र गदालको नाममा सङ्घले यस वर्षबाट एक हजार एक डलरको पुरस्कार स्थापना गरेको थियो ।
सम्मानित शाहले आफ्ना लागि कवि नै कविता र गीतकार नै गीत भएको बताउनुभयो । संस्थाका अध्यक्ष हरि उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गीतकार गदाल, वरिष्ठ गीतकार भूषण खरेल, समाजसेवीहरू डा. दामोदर पौडेल, मुकेश सिंह, वरिष्ठ साहित्यकार गङ्गाराम लामिटारेको उपस्थिति रहेको थियो ।