रारामा कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु
राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएन अष्टे«लियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार हिन्दू धर्मअनुसार भूमि पूजा गरिएको हो ।
प्रदेश सभा स्थापना दिवस : बढी खर्च गर्न निर्देशन
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले बजेट कम भएरभन्दा पनि खर्च गर्न नसकेर कर्णाली पछि परेको उल्लेख गर्दै खर्च बढी गर्न निर्देशन दिनुभएको छ ।
पाल्पामा रु ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री
यसवर्ष जिल्लामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष आठ हजार आठ सय ६१ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यसपटक तीन सय ३७ मेट्रिक टन उत्पादन बढेको हो ।
देवचुलीमा ट्रमा सेन्टर बनाउन छ सय ४६ रुख कटानी गरिने
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमामा ट्रमा सेन्टर स्थापनाका लागि बाटो खुलेको छ । जिल्लाको देवचुली नगरपालिका–१७ मा ट्रमा सेन्टर निर्माणस्थलमा रहेका रुख हटाउनेगरी सम्झौता भएपछि निर्माणको बाटो खुलेको हो ।
राष्ट्रिय परिचयपत्रका आवेदनकर्ता बढ्दै
हिमाली जिल्ला हुम्लामा आठ हजारभन्दा बढीले जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र लिन आवेदन बुझाएका छन् ।
तीन हजारलाई एचपिभी खोप
हिमाली जिल्ला हुम्लामा तीन हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई सो खोप लगाउन लागिएको हो ।
दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र
जिल्लाको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ गर्नुभएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
चिराकीलाई साइकल वितरण
टीकापुर नगरपालिका–७ ले चिराकीलाई साइकल वितरण गरेको छ । वडाको आव २०८१/८२ को बजेटबाट १२ जना चिराकीलाई प्रतिव्यक्ति १० हजार बराबरको साइकल वितरण गरेको हो ।
गाउँमा गाडी पुगेपछि स्थानीय खुसी
बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका–५ को क्युडीमा पहिलो पटक गाडी पुगेपछि स्थानीय निकै खुसी भएका छन् ।
स्वास्थ्यकर्मीले सात महिनादेखि पाएनन् तलब
यहाँका दुई वटा गाउँपालिकाका स्वास्थ्यकर्मीले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।
अर्थतन्त्रमा नीतिगत सुधार
कुनै पनि नीति स्थायी हुँदैन । सन्दर्भ, परिवेश र चुनौतीका सामना गर्न आवश्यक औजारका रूपमा नीति तर्जुमा गरिरहनुपर्ने हुन्छ ।
ग्रामीण विकासका समस्या
नेपालको अधिकांश भूभाग ग्रामीण क्षेत्रले ओगटेको छ । यो क्षेत्रको विकास नगरी समग्र देशको विकास भएको मान्न सकिँदैन ।
थारू समुदायमा ‘सिकलसेल एनिमिया’
सिकलसेल एनिमिया एकप्रकारको वंशाणुगत रोग हो ।
रेडक्रस कानुन अभाव
सन् १८६३ मा स्थापित अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियान विशुद्ध मानवीय सेवामा समर्पित स्वयंसेवकहरूको विश्वको सबैभन्दा ठुलो मानवीय सञ्जालका रूपमा परिचित छ ।
स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालको भूमिका
नेपाल, प्राकृतिक स्रोतहरूले भरिपूर्ण, स्वच्छ ऊर्जा क्रान्तिको नमुना राष्ट्रका रूपमा सँघारमा उभिएको छ ।
वसन्तपञ्चमीमा शास्त्रीय उत्सव
सांस्कृतिक संस्थानले वसन्तपञ्चमीका अवसरमा ‘वसन्त शास्त्रीय उत्सव’ आयोजना गरेको छ ।
निफमा दीपेन्द्र र सुरक्षा निर्णायक
काठमाडौँमा चैत ७ देखि ११ गतेसम्म आयोजना हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को निर्णायक मण्डलमा रहने दुई सदस्य छनोट गरिएको छ ।
निर्यात प्रवर्धन गरी आयात प्रतिस्थापनमा जोड
सरकारले निर्यात प्रवर्धन गरी आयात प्रतिस्थापन, आपूर्ति प्रणाली सबलीकरण गरी कुल गार्हस्थ उत्पादनमा वाणिज्य क्षेत्रको योगदान बढाउने लक्ष्यसहित वाणिज्य नीति कार्यान्वयनमा ल्याएको छ ।
योगदान रकम जम्मा प्रक्रिया थप सहज बनाउने तयारी
सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि कोषमा योगदान रकम जम्मा गर्न थप सहज बनाउने तयारी गरेको छ । कोषका अनुसार विदेशमा रहेका योगदानकर्ताले सूचना प्रणाली प्रयोग गरेर कोषमा सहज रूपमा नियमित योगदान गर्न सक्ने गरी व्यवस्था गर्न लागेको हो ।
किसानले जोते तरकारी
तरकारी बिक्री नभएपछि चितवनका किसानले खेतमै ट्याक्टरले जोतेर नष्ट गरेका छन् । टिप्ने श्रमको ज्याला र ढुवानी भाडासमेत नउठ्ने भएपछि अर्को खेती गर्न किसानले तरकारी नष्ट गरेका हुन् ।
चालु खाता डेढ खर्ब र शोधनान्तर स्थिति साढे दुई खर्बले बचतमा
चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चालु खाता एक खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो ।
लाहाको व्यावसायिक खेती
मोरङको लेटाङ–८, लालझोडास्थित लालहिरा सामुदायिक वन उपभोक्ता समूहले लाहाको व्यावसायिक खेती सुरु गरेको छ । सधैँ काठ उत्पादन नहुने र वनको आय वृद्धि गर्ने उद्देश्यले सामुदायिक वनले गत वर्षदेखि लाहा खेती सुरु गरेको हो ।