हिउँदे अधिवेशनबाट अपेक्षा
कानुन निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भनी सांसदहरूको आलोचना भइरहेको सन्दर्भमा सङ्घीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन गत शुक्रबारदेखि सुरु भएको छ ।
प्रकृति र संस्कृतिको श्रीपञ्चमी
बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय मुलुक नेपालमा विभिन्न समयमा विभिन्न चाडपर्व, उत्सव तथा पर्व पर्छन् ।
शिक्षा विधेयकमा समेट्नुपर्ने विषय
विद्यालय शिक्षा विधेयकमा सरोकारी निकाय तथा व्यक्तिले गम्भीर चासो देखाएका छन् ।
सहकारी क्षेत्रको व्यवस्थापनमा चासो
समाजका व्यक्तिबाट आफ्नो स्वेच्छिक सहभागितामा समान आर्थिक, सामाजिक, सांकृतिकलगायतका आवश्यकता पूर्तिका लागि सहकारी संस्था स्थापित भएका हुन्छन् । यस्ता सामूहिक आवश्यकता पूर्तिका लागि सामूहिक स्वामित्व र प्रजातान्त्रिक ढङ्गबाट कार्य गर्ने गरिन्छ ।
बाँकेमा आख्यान महोत्सव
नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सृजना कला साहित्य प्रतिष्ठानको समन्वयमा नेपालगन्जमा ‘बाँके आख्यान महोत्सव’ सम्पन्न भएको छ ।
वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना सन्देश
राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज सोमबार शुभकामना सन्देश दिनुभएको छ ।
आज श्रीपञ्चमी मनाइँदै
विद्याकी देवी सरस्वतीको पूजा गर्दै सोमबार श्रीपञ्चमी मनाइँदै छ । यस दिन विद्यार्थीले कापी, कलम र वाद्ययन्त्र आदिको पूजा गर्छन् ।
बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घमा नयाँ नेतृत्व
बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घको १२ औँ अधिवेशनबाट उपेन्द्र अग्रवाल अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ ।
‘केही व्यक्तिका कारण सहकारी बदनाम’
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सुशासन प्रवर्धनका लागि सहकारीले आफ्नो उद्देश्य अनुरूप काम गर्नुपर्ने बताउनुभएको छ ।
सरस्वतीको मूर्तिबाट करोडको कारोबार
सुनसरीमा सरस्वती पूजाका लागि एक हजारभन्दा बढी मूर्तिको कारोबार भएको छ । सुनसरीका मूर्तिकारका अनुसार एक हजार बढी मूर्ति बिक्री हुँदा एक करोडको आर्थिक कारोबार भएको छ ।
अर्थतन्त्रका समस्या समाधान गर्न नीतिगत सुधार : अर्थमन्त्री
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नीतिगत सुधार गरिएको बताउनुभएको छ ।
सुन्तलाबाट बाइस करोडभन्दा बढी आम्दानी
जाजरकोटमा उत्पादित सुन्तला बिक्रीबाट २२ करोड रुपियाँभन्दा बढी आम्दानी भएको छ । कृषि विकास कार्यालय जाजरकोटका अनुसार यस वर्षमा सुन्तला बिक्रीबाट जिल्लाका किसानले २२ करोड दुई लाख ७१ हजार ५०८ रुपियाँ आम्दानी गरेका छन् ।
श्रम अडिट पेस गर्ने बढे
सरकारले दिगो विकास लक्ष्य (दिविल) हासिल गर्न रोजगारदाता तथा प्रतिष्ठान क्षेत्रमा श्रम अडिट र निरीक्षणलाई बढाउने योजना सुुरु गरेसँगै श्रम अडिट पेस गर्ने रोजगारदाताको सङ्ख्यामा वृद्धि भएको छ ।
कमजोरी नलुकाउन कर्मचारीलाई चेतावनी
आर्थिक वर्षको दोस्रो त्रैमासिक (पुस मसान्तसम्म) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मातहतका निकायबाट भएको प्रगतिप्रति मन्त्री विद्या भट्टराईले असन्तुष्टि जनाउनुभएको छ ।
चार सञ्चार माध्यमको कारबाही फुकुवा
प्रेस काउन्सिल नेपालले कालो सूचीमा राखेर कारबाही गरेका चार वटा सञ्चार माध्यमको कारबाही फुकुवा गरेको छ ।
सिमसार क्षेत्र साँघुरिँदै
चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा रहेको सिमसार क्षेत्र मासिँदै जाने जोखिम वृद्धि भएको पाइएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका ६० वटाभन्दा धेरै सिमसार क्षेत्रमा मिचाहा प्रजातिका वनस्पतिका कारण क्षेत्र साँघुरिँदै गएको छ ।
इन्टरनेट अवरुद्ध
आइतबार राति देशभर इन्टरनेट सेवा प्रभावित भएको छ । प्रमुख इन्टरनेट सेवाप्रदायक नेपाल टेलिकमसँगै निजी क्षेत्रबाट सञ्चालित इन्टरनेटमा पनि समस्या भएको हो ।
सिंहदरबारमा मेलम्चीको पानी,पाइपलाइन जोड्न आनाकानी
काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु भएको चार वर्ष पुग्न लाग्दासमेत सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलगायतका मन्त्रालय, विभिन्न सरकारी कार्यालयमा अहिलेसम्म मेलम्ची खानेपानी आयोजनाको पाइप जडान गरिएको छैन ।
क्यान विभाजन विधेयक संसदमा, सेवाप्रदायक र नियामक छुट्टिँदै
हवाई क्षेत्रको नियामक र सेवाप्रदायक छुट्याउने गरी सरकारले दुई विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ । हालको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन गरी फरक दुई निकाय बनाउने गरी विधेयक दर्ता गरिएको हो ।
सम्पदाको सौन्दर्यीकरणमा तिनै तह
सुनसरीको वराहक्षेत्र नगरपालिका क्षेत्रमा तिनै तहका सरकार ऐतिहासिक, पुरातात्त्विक तथा पौराणिक महत्त्व बोकेका धार्मिक सम्पदाका संरक्षण, प्रवर्धन र सौन्दर्यीकरणका काममा लागेका छन् ।
ट्रकले स्कुटीलाई ठक्कर दिँदा एकको मृत्यु
बुटवलको चौराहामा आइतबार ट्रकले स्कुटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलले ठक्करबाट मृत्यु हुनेमा स्कुटी चालक बुटवलको कालिकानगर बस्ने ७२ वर्षीय धनवहादुर पुन रहेको जनाएको छ ।
गृहकार्यले विद्यार्थीको स्तरमा सुधार हुन्छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सामुदायिक विद्यालयमा विद्यार्थीलाई नियमित गृहकार्य (होमवर्क) दिने र चेक गर्ने गरेमा पढाइको स्तर सुधार हुने बताउनुुभएको छ ।
बन्दले यात्रु अलपत्र
ताप्लेजुङको मुक्कुमलुङमा केवलकार निर्माणको काम बन्द गर्नुपर्ने माग राखी गरिएको बन्दले यात्रु अलपत्र परेका छन् । आइतबारबाट मुक्कुमलुङ अन्तरदलीय संरक्षण संघर्ष समितिले ९ जिल्ला बन्द गरेसँगै धरान उपमहानगरपालिकाबाट पूर्वी पहाडी जिल्लामा चल्ने सवारीसाधनको आवागमन ठप्प हुँदा यात्रु अलपत्र परेका हुन् ।
हत्या गरेको आरोपमा दुई पक्राउ
जिल्ला प्रहरी कार्यालय प्युठानले ६९ वर्षीय एक व्यक्तिको हत्या गरेको आरोपमा दुई जना व्यक्तिलाई पक्राउ गरेको छ । गौमुखी गाउँपालिका वडा ५ खुङका ६९ वर्षीय चिन्तामणी उपाध्यायको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय दुई जनालाई पक्राउ गरेको हो ।