झापाको दमकमा तनाव सिर्जना
मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिले आव्हान गरेको यातायात बन्दको क्रममा झापाको दमकमा आइतबार दिनभर तनाव सिर्जना भएको छ ।
प्रेस चौतारी लमजुङ अध्यक्षमा गुरुङ
प्रेस चौतारी नेपाल लमजुङ शाखाको अध्यक्षमा देवेन्द्र गुरुङ (सुरज) सर्वसम्मत निर्वाचित हुनुभएको छ । सदरमुकाम बेसीसहरमा आइतबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट गुरुङ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
धनकुटामा करिब ६ हजारलाई एचपिभी खोप लगाइने
धनकुटामा करिब ६ हजार किशोरीहरूलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ ।
सहकारीले सुशासन प्रवर्धनमा काम गर्नुपर्छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुशासन प्रवर्धनका लागि सहकारीले आफनो उद्देश्यअनुरूप काम गर्नुपर्ने बताउनुभएको छ ।
रूपन्देहीका ५९ हजार किशोरी एचपिभी खोप अभियानमा जोडिँदै
रूपन्देहीका करिब ५९ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने भएको छ ।
सरस्वती पूजाका लागि मूर्ति बनाउन भ्याइनभ्याई
सुनसरीमा सरस्वती पूजाका लागि एक हजार बढी मूर्तिको कारोबार भएको छ ।
मोटरसाइकल ठोकिँदा एकको मृत्यु
नेपालगन्ज उपमहानगरपालिका –११ स्थित सडकमा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
परीक्षा केन्द्र गाभ्ने निर्णयप्रति महासङ्घको आपत्ति
दुर्गम हिमाली जिल्लालाई असर पर्ने गरी सरकारले माध्यमिक शिक्षा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र गाभ्ने निर्णय गरेसँगै शिक्षक महासंघ सोलुखुम्बु लगायत सम्बद्ध संघ सङ्गठनहरूले आपत्ति जनाएका छन् ।
बर्दीबास ६ किसाननगर बालविवाहमुक्त वडा घोषणा
‘सानै छौं बढ्न देऊ, बिहे हैन पढ्न देऊ’ भन्ने सन्देशमूलक नारासाथ बर्दीबास ६ किसाननगर बालविवाहमुक्त वडा घोषणा भएको छ ।
गिद्ध संरक्षणमा बर्दिबासको पहलकदमी
जिल्लाको बर्दिबासमा लोपोन्मुख पंक्षी गिद्ध संरक्षणको पहलकदमी थालिएको छ ।
निर्माण व्यवसायीको अघिल्लो वर्षको भुक्तानी बाँकी छैन : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई सरकारले अघिल्लो वर्षको भुक्तानी दिइसकेको बताउनुभएको छ ।
'सिमेन्टको मूल्य तत्काल घटाउनुपर्छ'
राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले सिमेन्टको मूल्य तत्काल घटाउन सरकारसँग माग गर्नुभएको छ ।
गृहमन्त्री लेखकद्वारा कलौनीप्रति श्रद्धाञ्जली अर्पण
गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस भीमदत्त नगर समितिका सभापति अच्युतराज कलौनीको पार्थिव शरीरमा झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनु भएको छ ।
बैकुण्ठमा डम्फु र टुङ्ना पार्क निर्माण
मकवानपुरको कैलाश गाउँपालिका २ मा बागमती प्रदेश सरकारको बजेटमा कला संस्कृतिको संरक्षण र जगेर्नाका लागि स्थानीयले प्रयोग गर्ने बाजासहितको पार्क निर्माण गरिएको छ ।
जिल्ला समन्वय समिति प्रमुख थापा पक्राउ
जिल्ला समन्वय समिति म्याम्दीका प्रमुख राजकुमार थापा पक्राउ पर्नुभएको छ । सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रमुख थापालाई आइतबार जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो ।
महिला अन्तर्राष्ट्रिय क्रिकेट : टस हारेर पहिले बलिङ गर्दै नेपाल
त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आजको खेलमा नेपालले टस हारेर नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
अर्जुन ट्रफी क्रिकेट : अत्तरियाले बैतडीलाई हरायो
कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो खेलमा सिवाइसी अत्तरिया विजयी भएको छ ।
धनुषाधाम मकर मेलाको काेसेली तेजपात
जनकपुरधामबाट करिब १८ किलोमिटर उत्तर–पूर्वमा अवस्थित यो ठाउँ एक महिने मकर मेलाका लागि विशेष चर्चित छ ।
खोला र पुरिएका कित्ताको जग्गा छुट्याइँदै
असोज दोस्रो साता आएको बाढीपहिरोबाट विनाश भएको काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा पर्ने रोसी खोला क्षेत्रमा खोला र पुरिएका जग्गा छुट्याउने कामलाई तीव्रता दिइएको छ ।
विद्यार्थीलाई निःशुल्क चित्रकला शिक्षा
तीन महिनासम्म विद्यार्थीलाई निःशुल्क चित्र बनाउन सिकाउन आउनुभएका अस्ट्रेलियाका वरिष्ठ चित्रकार रे मार्सदेनले दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा निःशुल्क पढाउन सुरु गर्नुभएको हो ।
भिरबाट लडेर एकको मृत्यु
मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
पुराना चौताराका रुख काट्नेलाई कारबाही
महानगरपालिकाले अनुगमनका क्रममा काटिएका रुखहरूको विवरण सङ्कलन गरिरहेको र अनधिकृत रूपमा रुख कटान कार्यमा संलग्नको पहिचान गरी प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अघि बढाउने व्यहोरा समेत सूचित गरिएको छ ।
थारू गाउँले मेला अवलोकनबाट दैनिक दुई लाखभन्दा बढी कारोबार
नेपालगन्जमा सञ्चालन भइरहेको प्रादेशिक महोत्सवभित्र बनाइएको थारू गाउँले मेला अवलोकन गर्न पुगेका अधिकांशलाई आफूतर्फ आकर्षित गर्न सफल भएको छ ।
भच्चेक–खरीबोट–अपुन हुँदै ओलाङ सडक कालोपत्रे हुने
गोरखाको अजिरकोट गाउँपालिका – ३ भच्चेकबाट खरीबोट अपुन हुँदै ओलाङ जोड्ने सडक कालोपत्रे हुने भएको छ । अजिरकोट गाउँपालिकाको भच्चेक मुख्य पर्यटकीय गन्तव्य हुनुका साथै गोरखा क्षेत्र नम्बर २ अन्तर्गत अन्तिम गाउँ ओलाङसम्म सहज पुग्न ६.५० किलोमिटर सडक कालोपत्रे हुन लागेको हो ।