• २० माघ २०८१, आइतबार

प्रेस चौतारी लमजुङ अध्यक्षमा गुरुङ

blog

प्रेस चौतारी लमजुङको अधिवेशनबाट नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरू । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, माघ २० गते । प्रेस चौतारी नेपाल लमजुङ शाखाको अध्यक्षमा देवेन्द्र गुरुङ (सुरज) सर्वसम्मत निर्वाचित हुनुभएको छ । सदरमुकाम बेसीसहरमा आइतबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट गुरुङ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।       

गुरुङको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ । चौतारीको उपाध्यक्षमा मनोजकुमार विश्वकर्मा, महिला उपाध्यक्षमा श्रीकला भण्डारी, सचिवमा खुसीमाया गुरुङ, सहसचिवमा सिताराम बसेल, शिला विश्वकर्मा, कोषाध्यक्षमा एलिसा श्रेष्ठ चयन हुनुभएको छ ।       

सदस्यमा प्रमोद अधिकारी, सुमित्रा भुजेल, सविना प्रजा, सुधा परियार, लक्ष्मी घले र सेजल पन्त चयन हुनुभएको छ । दुई सदस्य पछि थप गर्ने प्रेस चौतारी लमजुङले जानकारी दिएको छ । 

अधिवेशनको अवसरमा नेपाल पत्रकार महासङ्घमा केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित हुनेलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा केन्द्रीय सदस्यमा निर्वाचित हुने कृष्ण केसी, प्रदेश सदस्यमा निर्वाचित जनक श्रेष्ठ, जिल्ला शाखातर्फ उपाध्यक्षमा निर्वाचित बेलिना थापा, सचिव कृष्ण आले, सह–सचिव सिताराम बसेल, श्रीकला भण्डारी, सदस्य शिला विक, सविना प्रजा र सुनिता भुजेललाई सम्मान गरिएको छ ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ, नेकपा एमाले केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज जमीन्द्रमान घले, चौतारीका केन्द्रीय सदस्य विक्रम न्यौपाने, बेलिना थापा, गण्डकी प्रदेश कमिटीका महासचिव आश गुरुङ, शाखा अध्यक्ष कृष्ण आले लगायतले सम्मानपत्र र खादा लगाएर सम्मान गर्नुभयो । 

सो कार्यक्रममा सञ्चारमन्त्री गुरुङले लमजुङमा सञ्चालित रेडियो चौतारी र रेडियो मर्स्याङ्गदी लाई एक–एक थान कम्प्युटर प्रदान गर्नुभयो ।