• २३ माघ २०८१, बुधबार

इन्टरनेट अवरुद्ध

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, माघ २१ गते । आइतबार राति देशभर इन्टरनेट सेवा प्रभावित भएको छ । प्रमुख इन्टरनेट सेवाप्रदायक नेपाल टेलिकमसँगै निजी क्षेत्रबाट सञ्चालित इन्टरनेटमा पनि समस्या भएको हो । 

वल्र्डलिङ्क, डिसहोम, एनसेल, भायनेटसहित धेरै जस्तो निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकको सेवा अवरुद्ध भएको छ । विशेषतः पटक पटक इन्टरनेट विच्छेद हुने, गति सुस्त हुने र नेट देखिए पनि नचल्ने समस्या भएको छ । 

नेपाल टेलिकमका व्यवस्थापक एवं प्रवक्ता हरि ढकालका अनुसार भारतीय कम्पनीमा निर्भर नेपाली इन्टरनेट सेवाप्रदायक कम्पनीमा समस्या देखिएको हो । उहाँले प्राविधिक समस्या समाधान गर्ने सन्दर्भमा अध्ययन भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेपालमा इन्टरनेट सेवाका लागि ब्यान्डविथ पाउने कम्पनी एयरटेल र टाटा हुन् । अहिले एयरटेलमा आएको प्राविधिक गडबढीले यो समस्या देखिएको हो । पछिल्लो २४ घण्टादेखि नै समस्या थियो भन्ने सूचना पनि आएको छ तर विशेष गरी आइतबार राति ९ बजेदेखि समस्या बढी भएको छ ।”