• २३ माघ २०८१, बुधबार

निफमा दीपेन्द्र र सुरक्षा निर्णायक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २२ गते । काठमाडौँमा चैत ७ देखि ११ गतेसम्म आयोजना हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को निर्णायक मण्डलमा रहने दुई सदस्य छनोट गरिएको छ । छोटा चलचित्र तथा वृत्तचित्रतर्फ प्रमुख जुरी निर्देशक दीपेन्द्र गौचन र चलचित्रतर्फ अभिनेतृ सुरक्षा पन्त निर्णायक समितिमा सदस्य रहने आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । महोत्सवमा समसामयिक विषयमा स्वेदशी तथा विदेशी चलचित्रकर्मी, उच्चस्तरका राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वबिच छलफल तथा कार्यशाला सञ्चालन हुने छन् ।

महोत्सवमा ४० देशका ८७ वटा चलचित्र छानिएको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । महोत्सवमा देखाइने चलचित्रहरू बुसान, कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् । प्रविधिमा आएको विकासलाई आत्मसात् गर्दै र दर्शकलाई नयाँ स्वाद दिन यो संस्करणदेखि एआईबाट बनाइएका वा सोसम्बन्धी विषयमा बनेका चलचित्रको प्रतिस्पर्धा पनि हुने छ ।