• २६ चैत २०८२, बिहिबार

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

blog

सियोल, चैत २६ गते । दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको रूपमा यस हप्ता संयुक्त राज्य अमेरिकासँग सयुक्त हवाई अभ्यास सुरु गर्ने घोषणा गरेको छ । दक्षिण कोरियाली वायुसेनाले विज्ञप्ति मार्फत यो अभ्यास दक्षिणपश्चिमी सहर ग्वाङ्जुको एयर बेसबाट सुरु हुने र दुई हप्तासम्म चल्ने बताएको छ । 

युद्ध अभ्यासमा विभिन्न प्रशिक्षण कार्यक्रम समावेश हुने छन् जसमा रक्षात्मक काउन्टर“एयर इन्टरसेप्सन” र क्लोज एयर सपोर्ट प्रशिक्षण कार्यक्रम रहेका छन् । अभ्यासमा दक्षिण कोरियाले लडाकू जेट, आक्रमण गर्ने विमान र यातायात विमान परिचालन गर्ने छ, भने अमेरिकी वायु सेनाका विमान पनि अभ्यासमा सहभागी हुने छन् । दक्षिण कोरियाली वायु सेनाले यस वर्षको अभ्यास दक्षिण कोरियाको नेतृत्वमा हुने पुष्टि गरेको छ । रासस/क्युएनए