• २६ चैत २०८२, बिहिबार

लागु औषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

blog

काठमाडौँ,  चैत २६ गते ।  देशका विभिन्न स्थानबाट लागु औषधसहित २५ जना पक्राउ परेका छन् । 

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–७ बाट ३०५ थान ट्रामाडोल ट्याब्लेटसहित दुई, सोही महानगरपालिका–२६, मित्रनगरबाट दुई, चितवनको कालिका नगरपालिका–२ बाट एक र माडी नगरपालिका–६ बाट दुई जनालाई पक्राउ गरिएको हो । 

यसैगरी, कैलालीको टीकापुर नगरपालिका–९, बालुवाटारबाट एक, सुनसरीको इनरूवा नगरपालिका–४, बसचोकबाट तीन, सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका–५, मुडेस्थित होटल दोलखा दर्शनबाट चार जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ । 

मोरङको उर्लाबारी नगरपालिका–२, डुम्रेबाट छ, मेचीनगर नगरपालिका–६, काँकरभिट्टा बाहुनडाँगी रोडबाट एक, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ बाट दुई, सर्लाही, विष्णु गाउँपालिका–५, फेन्हारा चोकबाट दुई, धादिङको गजुरी गाउँपालिका–२, रातमाटेबाट ३० किलोग्रामसहित एक र बर्दियाको मधुवन नगरपालिका–६ बाट एक जनालाई पक्राउ गरिएको समाचारकक्षले आज प्रकाशन गरेको समाचार ‘बुलेटिन’मा जनाइएको छ । रासस