• २८ चैत २०८२, शनिबार

पत्रकार महासङ्घ बाँकेमा सभा हल निर्माण

blog

नेपा पत्रकार महासङ्घ बाँके शाखाको नवनिर्मित सभा हलको उद्घाटन गरिँदै । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, चैत २६ गते । नेपाल पत्रकार महासङ्घ बाँकेले बहुउद्देश्यीय सभा हल निर्माण गरी सञ्चालनमा ल्याएको छ । बाँकेको डुडुवा गाउँपालिकाको आर्थिक सहयोगमा सभा हल निर्माण भएको हो । सभा हलको बिहीबार उद्घाटन गरिएको छ।

गाउँपालिकाको करिब १० लाख रुपियाँको सहयोगमा सभा हल निर्माण गरिएको नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले जानकारी दिनुभयो। 

अध्यक्ष गिरीले भन्नुभयो, “जिल्लाको पत्रकारले प्रयोग गर्न मिल्ने गरी कम्प्युटर, अन्य सञ्चार सामग्रीसहितको सञ्चार केन्द्र बनाउन खोजिरहेका छौं ।”  

नेपालगन्ज–५, बसपार्कनजिकै नेपालगन्ज उपमहानगरपालिकाले उपलब्ध गराएको जग्गामा साविक जिल्ला विकास समिति, नेपालगन्ज उपमहानगरपालिका लगायतको सहयोगमा भवन निर्माण गरिएको हो ।