• २३ माघ २०८१, बुधबार

‘पहाड’ को छायाङ्कन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २३ गते । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने चलचित्र ‘पहाड’ को मुहूर्त गर्दै मङ्गलबारदेखि छायाङ्कन सुरु गरिएको छ । चलचित्रको निर्माण पक्षले गोरखाको गोर्खा दरबारमा पूजा गरेपछि अभिनेता मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र अभिनेतृ पञ्चमी घिमिरेले मुहूर्त सट दिनुभएको थियो । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तु रहेको चलचित्रको लेखन निर्देशक घिमिरेले नै गर्नुभएको छ । निर्देशक घिमिरेले अहिलेको समाजको तितो यथार्थलाई फिल्ममार्फत दर्शकसमक्ष पु¥याउन लागिएको बताउनुभयो ।

चलचित्रको छायाङ्कन गोरखा आसपासमा २५ दिन र भारतमा १५ दिन हुने छ । चलचित्रमा विपिन कार्की, सुनील थापालगायतका कलाकारको अभिनय रहने छ । चलचित्रमा रञ्जित गजमेरको सङ्गीत र भारती घिमिरेको क्रिएटिभ निर्देशन रहने छ ।