काठमाडाैं, माघ २२ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनका निम्ति सरकारले सुरुवात गरेको बताउनुभएको छ ।
मंगलबार विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको एचपिभी खोप अभियान कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
उहाँले निरोगी नेपाल बनाउने सरकारको अभियान रहेको भन्दै निरोगी नेपाली बनाउनको लागि यस्ता खालका अभियान सञ्चालन गर्दै जाने बताउनुभयो । उहाँले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनको निम्ति सरुवात गरिएको दाबी समेत गर्नुभयो ।
"अहिले कक्षा ६ देखि १० सम्मका पढ्ने तथा १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप प्रदान गरिनेछ," उहाँले भन्नुभयाे ऽ नेपालका धेरै महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित भएर मुत्यु भएको भन्दै भविष्यमा नेपाली महिलाहरुले त्यो अवस्थामा भोग्नु नपर्ने गरी सरकारले अहिलेदेखि अभियान चलाएको उहाँले उल्लेख गर्नुभयो ।
प्रत्येक दिन ६ जना महिला मुत्यु हुनेमा अहिले पनि चार जना महिला पाठेघरको मुखको क्यान्सरका कारण मुत्यु भएको तथ्याङ्क छ । उहाँले वर्तमान अवस्थालाई न्युनीकरण गर्नका निम्ति प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका निरोधात्मक क्षेत्रमा सरकारले काम शुरु गरेको उल्लेख गर्नुभयो । उहाँले एचपिभी खोप विश्वमा परिक्षण गरेर सफल भएको खोप भएकाले स्वास्थ्यमा कुनैपनि असर नगर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, "यो खोपले कुनैपनि असर गर्दैन । नेपालीलाई निरोगी बनाउन सरकारले कस्ता अभियान चलाउन आवश्यक छ । एचपिभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वार्थ बनाउनको निम्ति सुरुवात गरिएको हो । अहिले प्रत्येक दिन ६ जना महिला मुत्यु हुनेमा चार जना पाठेघरको मुखको क्यान्सरका कारण मुत्यु भएको तथ्याङ्क वास्तविकता हो । त्यसलाई न्युनिकरण गर्दै हुन नदिनको निम्ति प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका लागि निरोधात्मक क्षेत्रमा काम सरकारले शुरु गरी सकेको छ ।"
उहाँले सरकारले हरेक रोगको निरोधात्मक क्षेत्रमा काम गर्ने अभियानका रुपमा योजना बनाएर अघि बढेको बताउनुभयो । विभिन्न कारणले विद्यालय भन्दा बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीहरुलाई खोप उपलब्ध गराउनुपर्ने उहाँकाे भनाइ छ ।
उहाँले यो खोप हरेक वर्ष कक्षा ६ देखि १० सम्मका र कक्षा ६ देखि १० सम्मका किशोरीहरुलाई उपलब्ध गराउने बताउनुभयो । उहाँले १० देखि १४ वर्ष उमेर समूहको सङ्ख्या करिव १७ लाख रहेको भन्दै सबैलाई सरकारले खोप उपलब्ध गराउने उल्लेख गर्नुभयो । सरकारले १७ लाख भन्दा बढी खोपको व्यवस्था गरिसकेको उल्लेख गर्नुभयो ।