गोली लागेर एकजनाको मृत्यु, दुई पक्राउ
यहाँको घ्याङलेख गाउँपालिका–४ आहालेका ४६ वर्षीय युगबहादुर स्याङ्तानको गोली लागेर मृत्यु भएको पुष्टि भएको छ । रुखबाट लडेर घाइते भएका भनिएका युगबहादुरको उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो ।
मिथिला मध्यमिकी परिक्रमा सुरु
नेपालको सबैभन्दा लामो दूरीको १५ दिवसीय मिथिला मध्यमिकी परिक्रमा बिहीबारदेखि सुरु भएको छ । फागुन कृष्णपक्षको औंसी तीथिमा धनुषाको मिथिला बिहारी नगरपालिका –८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट निकालिएको भगवान रामको डोला र जनकपुरधाम –८ स्थित सुन्दर सदनबाट निकालिएको माता सीताको डोला जनकपुरधामको हनुमानगढीमा पुगेपछि मिथिला माध्यमिकि परिक्रमा प्रारम्भ भएको मानिन्छ ।
दुर्घटनामा घाइते भएकाको मृत्यु
झापा बिर्तामोड नगरपालिका –२ स्थित भित्री सडकमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते एक जनाको बिहीबार दिउँसो उपचारको क्रममा मृत्यु भएको छ ।
गाडीले किचेर एकको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ । हरिवन नगरपालिका–११, स्थित चिनी मिल जाने गेटदेखि १०० मिटर पश्चिमतर्फ हालसम्म पहिचान हुन नसकेको गाडीले किचेर मलङ्गवा नगरपालिका –५, घर भइ हरिवन नगरपालिका –४, तीनघरेस्थित ‘टाइम वार्टर’ नामक पानी फ्याक्ट्रीमा कार्यरत ४५ वर्षीय बुधेश सहनीको मृत्यु भएको हो ।
'सिड समितिको सुझाव कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ'
महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी (सिड) कमिटीमा नेपाल सरकारले प्रस्तुत गरेको सातौं आवधिक प्रतिवेदन कार्यान्वयन गर्न प्रतिबद्ध रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले बताउनुभएकाे छ ।
घरमा आगलागी हुँदा आठ लाख बराबरको क्षति
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आगलागी हुँदा आठ लाख रुपियाँ बराबरको क्षति भएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङस्थित इन्द्रबहादुर निरौलाको घरमा आगलागी हुँदा आठ लाख बराबरको क्षति भएको हो ।
राजतन्त्रको बहसमा समय खर्च नगर्न सिटौलाको आग्रह
नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले गणतन्त्र मासेर राजतन्त्र ल्याउने कुरा असम्भव रहेको बताउँदै यस्तो बेकारको बहसमा समय र्खच नगर्न आग्रह गर्नुभएको छ ।
सङ्घीय शिक्षा ऐन ल्याउन माग गर्दै शिक्षामन्त्रीलाई ध्यानाकर्षण
सङ्घीय शिक्षा ऐन ल्याउनु पर्ने माग गर्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा शिक्षकहरूले बिहीबार प्रदर्शन गरी मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिबारीलाई ध्यानाकषर्ण पत्र बुझाएको छ ।
सवारी दुर्घटनामा एकको मृत्यु
बलेफी गाउँपालिका –४ स्थित सानीटारमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरनिको राजमार्गमा बिहीबार २ः३० मा काठमाडौंबाट बलेफी गाउँपालिका –६ को ब्बाँसे जाँदैगरेको बा ५ ख ९९४० नम्बरको यात्रुबाहक बस र खाडीचौरबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०२ ०३७ ०८५७ नम्वरको मोटरसाइकल एकआपसमा ठोकिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सहिद परिवारलाई सम्मान
नवलपुर जिल्लामा दस वर्षे सशस्त्र द्वन्द्वमा परेर सहिद भएका परिवारलाई सम्मान गरिएको छ ।
बर्दियामा तीन तारे विद्यालय घोषणा
बारबर्दिया नगरपालिका–११ मा रहेको श्री नेपाल प्राज्ञिक आधारभूत विद्यालय जब्दीलाई बर्दियाको पहिलो तीन तारे विद्यालय घोषणा भएको छ ।
राधा दामोदरमा तीन लाख अनुदान
चापाकोट नगरपालिका–६ मा रहेको पवित्र तीर्थस्थल केलादीघाटको राधा दामोदर आरोग्य आश्रममा तीन लाख अनुदान उपलब्ध गराइएको छ ।
माझी बस्तीमा लिफ्टिङमार्फत सिँचाइ सुविधा
खोटाङको घोपाटारस्थित माझी बस्तीमा लिफ्टिङमार्फत सिँचाइ सुविधा पुर्याइएकाे छ । दूधकोसी छेउमै बस्ती रहे पनि सिँचाइको अभाव हुँदा लिफ्टिङमार्फत कोसीको पानी तानिएको हो ।
गोरखामा पहाड फिल्मको छायाङ्कन
गोरखामा चलचित्र पहाडको छायाङ्कन धमाधम भइरहेको छ ।
नेपालगन्ज भन्सारबाट राजस्व सङ्कलन ११ प्रतिशतले वृद्धि
पश्चिम नेपालकै सबैभन्दा ठुलो नाका मानिने नेपालगन्ज भन्सार नाकाबाट गत वर्षको तुलनामा यस वर्ष ११ प्रतिशत भन्दा बढी राजस्व सङ्कलनमा वृद्धि भएको छ ।
राजनीतिज्ञलाई कोसेली किताब दिनु : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले साहित्य समाज परिवर्तनको सशक्त हतियार भएको धारणा राख्नुभएको छ ।
निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन
गोरखाको गण्डकी गाउँपालिकाले निःशुल्क लोकसेवा आयोगको अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।
बर्सिम घाँसले किसानलाई सहज
तुलसीपुर उपमहानगरपालिका–१९ का जानका पौडेलले गोठभरि बाख्रा पाल्नुभएको छ । पोहोरसम्म दुई चार वटा मात्र बाख्रा पाल्ने पौडेलका अहिले १२ वटा खसी, बाख्रा पाल्नुभएको छ ।
सात पालिकामा आज सार्वजनिक बिदा
गुल्मीका सात पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमध्ये यहाँका सात पालिकाले सार्वजनिक सूचना जारी गरी ४३ औं राष्ट्रिय मगर एकता दिवसको अवसर पारेर आज सार्वजनिक बिदा दिएका हुन् ।
९औं थारू साहित्य राष्ट्रिय सम्मेलन हुने
थारू लेखक सङ्घ नेपाल तथा जङ्ग्रार साहित्यिक बखेरीको संयुक्त आयोजनामा बर्दियास्थित राजापुर–२, जोेतपुर गाउँमा शुक्रबारदेखि सुरु हुने ९औं थारु साहित्य राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ ।
प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु
खोटाङको दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ । तीन दिनसम्म चल्ने बाँस सम्मेलनको बिहिबार संघीय वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले उद्घाटन गर्नुभएको हो ।
ढुङ्गा खसेर एक्साभेटर चालकको मृत्यु
गोरखामा बाटो खन्ने क्रममा माथिबाट ढुङ्गा खसेर लाग्दा एक्साभेटर चालकको मृत्यु भएको छ।
विश्व शान्तिका लागि खुला म्याराथन प्रतियोगिता
विश्व शान्तिको कामना गर्दै लमजुङमा खुला म्याराथन प्रतियोगिता हुने भएको छ । लमजुङ जेसीस–२०२५ ले चैत २३ गते चैते दशैंका दिन खुला म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको हो ।
गलेश्वर शिवालय मन्दिरमा चार लाखभन्दा बढी भेटी सङ्कलन
बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वर शिवालय मन्दिरमा शिवरात्रीका दिन दर्शन तथा पूजा अर्चना गर्न आएका दर्शनार्थीहरुले चार लाख रुपियाँ भन्दा बढी भेटी रकम चढाएका छन् ।