• १५ फागुन २०८१, बिहिबार

सवारी दुर्घटनामा एकको मृत्यु

blog

बिदुर आचार्य

चौतारा, फागुन १५ गते । बलेफी गाउँपालिका –४ स्थित सानीटारमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरनिको राजमार्गमा बिहीबार २ः३० मा काठमाडौंबाट बलेफी गाउँपालिका –६ को ब्बाँसे जाँदैगरेको बा ५ ख ९९४० नम्बरको यात्रुबाहक बस र खाडीचौरबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०२ ०३७ ०८५७ नम्वरको मोटरसाइकल एकआपसमा ठोकिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

दुर्घटनामा परी मोटरसाइकल चालक धनगढी उपमहानगरपालिकाका अन्दाजी वर्ष २३ का विकास जोशीको मृत्यु भएको छ । मोटरसाइकलमा सवार सोही ठेगानाका सुवोध धामी गम्भीर घाइते हुनुभएको छ । घाइते धामीको बाह्रबिसे स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले जानकारी दिनुभयो ।