लखन कप भलिबल उपाधि नरेठाँटीलाई
चौथो लखन कप भलिबलको उपाधि ए एण्ड ए मार्ट नरेठाँटी गलकोटले जितेको छ । मगर एकता दिवसको दिन बिहीबार सम्पन्न फाइनल खेलमा पकुवा भलिबल कुश्मा पर्वतलाई सोझो सेटमा पराजित गर्दै ए एण्ड ए नरेठाँटी गलकोटले उपाधि जितेको हो ।
धारपानी धाम
दाङ, फागुन १६ गते । दाङको घोराही उपमहानगरपालिका ५ स्थित करिब ३३ हेक्टर क्षेत्रफलमा फैलिएको धार्मिक तथा पर्यटकीय स्थल पाण्डवेश्वर महादेव मन्दिर, धारपानी धाम । उक्त तस्बिर महाशिवरात्रिको दिन लिइएको हो । तस्बिरः रासस
बाइकोट माइको मन्दिर
अछाम, फागुन १६ गते । अछामको कमलबजार नगरपालिका १ बाइकोट डाँडाको टुप्पोमा अवस्थित बाइकोट माइको मन्दिर । तस्बिरः रासस
फलफूल बगैँचामा फुलेको फूल
मुस्ताङ, फागुन १६ गते । शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाको फलफूल बगैँचामा आरु र कागजी बदामको बोटमा फुलेको फूल। तस्बिरः रासस
मेरो बाबा
मेरो बाबा मेरो जीवनको सबैभन्दा महत्वपूर्ण व्यक्ति हुनुहुन्छ ।
पहिलो पटक हात्ती चढ्दा
नेपालको पर्यटकीय स्थल चितवनको सौराहामा परिवारका साथ घुम्न गएँ ।
महिनौँपछि पानी पर्दा किसान खुसी
हरिकृष्ण ऐडीमुगु, फागुन १६ गते । मुगुमा लामो समयपछि पानी पर्दा किसान खुसी भएका छन्। लामो समयपछि बिहीबारबाट वर्षा हुँदा किसान खुसी भएका हुन्।बिहान ४ बजेबाट पानी परेसँगै मौसम अन्धकार बनेको छ। पानी परेसँगै जिल्लामा विद्येत् सेवा अवरुद्ध भएको छ। लामो समयपछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा कार्तिके बाली कोदो, मकै छर्नका लागि खेतबारीमा हलो लगाउन सजिलो हुने छायाँनाथ रारा नगरपालिका वडा नं ७ का किसान विर्षबहादुर रावलले बताउनुभयो । आकाशे पानीको सिँचाइले फलफूल खेती र तरकारीमा राम्रो उत्पादन हुने हुँदा कृषक खुसी भएको स्थानीय रामलाल बिटालुले बताउनुभयो। उहाँले भन्नुभयो पानी परेपछि थुप्रै ठाउँमा भइरहेको आगलागीसमेत नियन्त्रणमा आउनेछ। असोजयता पानी नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको छ भने बर्खे खेती लगाउन पनि असर परेको छ।
मैले अक्षर सुधारेँ
शिक्षकले हामीलाई अङ्ग्रेजी तथा नेपालीमा हस्तलेखनको गृहकार्य दिने गर्नुहुन्छ ।
अन्तरजातीय विवाह गर्नेलाई सम्मान
समाजमा कायम जातीय विभेद तथा छुवाछुत न्यूनीकरण गर्ने उद्देश्यले पर्वतमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिने भएको छ ।
प्राथमिकताका आधारमा बजेट बनाउन सुझाव
नीतिगत र प्राथमिकताका आधारमा मात्र बजेट बनाउन राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगले सुझाव दिएको छ ।
सुरु भएन ‘कुकुर आवास’ को काम
बागलुङ नगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएका सामुदायिक कुकुर व्यवस्थापन गर्न गत आर्थिक वर्षमै सञ्चालन गर्ने लक्ष्यसहित ‘कुकुर आवास’ बनाउने महत्वाकाङ्क्षी योजनामा अझै काम सुरु गर्न सकेको छैन ।
आँखामा खुर्सानीको धुलो छरेर चोरी प्रयास
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थित अदुवाबारीमा घरधनीको आँखामा खुर्सानीको धुलो छरी चोरी गर्ने प्रयास भएको छ ।
रोकिएन वैदेशिक रोजगारीमा ठगी
घोराही निवासी निर्मला अधिकारीलाई स्पेन पठाइदिने भन्दै दलालले आश्वासन दिए ।
बाह्र सय शय्यामा स्तरोन्नति गरिँदै
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सुरु भएको ११५ वर्ष पूरा भएको छ ।
बन्दीपुर पर्यटन प्रवर्धनमा गोरखापत्र संस्थानले सहयोग गर्ने
तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवर्धनमा गोरखापत्र संस्थानले सहयोग गर्ने जनाएको छ । गोरखापत्र संस्थान र पद्म पुस्तकालयले बन्दीपुरमा आयोजना गरेको तीन दिने राष्ट्रिय सिर्जना सम्मेलनको समापन कार्यक्रममा गोरखापत्र सस्थानका पदाधिकारीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ट्राफिक व्यवस्थापनमा सुधार
केही समयअघिसम्म सडक पार गर्न हम्मे हम्मे हुनुका साथै बजारमा हिँड्डुल गर्नसमेत समस्या हुने गरेको नेपालगन्जको मुख्य बजार सदरलाइनको ट्राफिक व्यवस्थामा सुधार गरिएको छ ।
हुम्ला खण्डमा छ वटा पक्की पुल बन्ने
कर्णाली कोरिडोरको हुम्ला खण्डको सलीसल्लादेखि स्याम्नेसम्म छ वटा पक्की पुल निर्माण हुने भएका छन् । हाल यो खण्डका खोलामा यातायातका साधन खोला तरेर वारपार गर्ने भएका कारण हिल्सा–सिमकोट सडक आयोजनाले पक्की पुल निर्माण गर्ने भएको हो ।
विपत् न्यूनीकरणमा पत्रकारको भूमिका महत्वपूर्ण
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपत् जोखिम न्यूनीकरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
बागलुङका छ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’
सङ्घीयता लागूपछि बागलुङ १० पालिका भए । त्यसअघि बागलुङ नगरपालिका मात्र अस्तित्वमा थियोे । २०७३ सालमा स्थापना भएका बागलुङका नौ पालिका भाडाको घरमा सञ्चालन भएका थिए ।
परदेशतिरै बसोबास गर्नेको सङ्ख्या वृद्धि
कर्णाली प्रदेशबाट अक्सर विदेशमै बस्नेको जनसङ्ख्या ठुलो देखिएको छ । राष्ट्रिय जनगणना– २०७८ अनुसार कर्णालीका ९४ हजार ३२० जना अक्सर विदेशमा बसोबास गर्ने गरेको पाइएको हो ।
बागमती नदीमा युवक मृत फेला
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –३ दोभानका एक युवक मृत अवस्थामा फेला परेका छन् । बुधबार आफूखुशी घर छोडी हिडेका करिब ३५ वर्षीय श्याम नेसुरलाई आफन्तले खोज्दै जाने क्रममा घरदेखि करिब दुई किमी पूर्वतर्फ रहेको दोभानस्थित बागमती नदीको बिचमा ढुङ्गामा अल्झेर मृत अवस्था फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
विभेद अन्त्य गर्ने प्रतिबद्धता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हुलाकी मार्गमा बसोबास गर्ने सर्वसाधारणका समस्या समाधानका लागि सदनमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पहिचान जगेर्नामा चेपाङको सक्रियता
सीमान्तकृत चेपाङ समुदायको सांस्कृतिक पक्षको जगेर्नाका लागि चेपाङ समुदाय यतिखेर सक्रिय भएका छन् । चेपाङ जातिको उद्गम क्षेत्र मानिने राक्सिराङ गाउँपालिकामा लोप हुँदै गएका चेपाङ परम्परा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा