प्रादेशिक अस्पताललाई आयुर्वेद हबको रूपमा विकास गर्छौ– मुख्यमन्त्री कार्की
कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताललाई प्रदेशकै मुख्य आयुर्वेद हब तथा अस्पतालको रूपमा विकास गरिने बताउनु भएको छ । उहाँले अस्पताललाई स्थानीयसँगै जोड्दै रोजगार सिर्जना गर्न र भरपर्दो अस्पतालको रूपमा विकास गर्नका लागि सबै लाग्नु पर्ने जनाउँदै यस्तो बताउनु भएको हो ।
झोलुङ्गे पुलबाट आवतजावत खुला
धनुषा र सिराहा जोड्ने कमला नदीमा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्नपछि पूजापाठ गरेर शनिबारबाट मानिसका लागि आवतजावत खुला गरिएको छ ।
दिवा खाजाले विद्यार्थी नियमित गरायो
विद्यालयले दिवा खाजा उपलब्ध गराउन थालेसँगै दोलखाको वैतेश्वर गाउँपालिका–७, गैरीमुदीको विष्णु माध्यमिक विद्यालयका ९८ प्रतिशत विद्यार्थी
सुमोमा यात्रारत एक यात्रुको मृत्यु
हेटौँडा—काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग हेटौँडा–भीम फेदी–कुलेखानी–फाखेल–फर्पिङ भएर यात्रारत एक यात्रुको मृत्यु भएको छ । काठमाडौँबाट बारातर्फ आउँदै गरेको ना.१ज ७९५८ नं.को सुमोमा सवार बारा कोल्वी नगरपालिका ६ पर्सौनाका द्वारिका चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा परी अस्मिताको मृत्यु
सर्लाहीको बागमती नगरपालिका–१२, भरतताल नजिक शनिबार मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।
प्रभावकारी बन्दै जिन बैङ्क
कृषकको नयाँ प्रजातिप्रतिको आकर्षण, बढ्दो रोग किराको प्रकोपलगायतका कारण पुरानो तथा रैथाने प्रजातिको अमिलो जातका फलफूल लोप हुने क्रम बढ्दो छ तर यसैलाई नियन्त्रण गर्न धनकुटाको पारिपात्लेस्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमले सुरु गरेको फिल्ड जिन बैङ्क प्रभावकारी बन्दै गएको छ ।
ट्राफिक प्रहरी कार्यालयलाई भवन हस्तान्तरण
तनहुँको व्यास नगरपालिकाले ट्राफिक प्रहरी कार्यालय तनहुँलाई भवन उपलव्ध गराएको छ । व्यास –१ करङकाठमा रहेको बसपार्कस्थित टर्मिनल भवन ट्राफिक प्रहरी कार्यालयलाई उपलव्ध गराउने निर्णय गरेको हो ।
खगेन्द्र नवजीवन केन्द्रको बेथिति : समितिले थाल्यो छानबिन
नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको बेथिति, अनियमितता, सञ्चालन विधि र सम्भावित भ्रष्टाचारबारे अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन एवं अनुगमन समिति गठन शनिबारदेखि काम सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा गठित सात सदस्यीय छानबिन समितिले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित सङ्घको कार्यालय शनिबार अनुगमन र निरीक्षण गरेको हो ।
गाउँ गाउँमा स्थानीय सरकारको अनुभूति
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्रका सबै बस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । पालिकाले वडा नम्बर १ र ८ बाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो ।