• १६ फागुन २०८१, शुक्रबार

बागमती नदीमा युवक मृत फेला

blog

राममणि दाहाल

हेटौँडा, फागुन १६ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –३ दोभानका एक युवक मृत अवस्थामा फेला परेका छन् । बुधबार आफूखुशी घर छोडी हिडेका करिब ३५ वर्षीय श्याम नेसुरलाई आफन्तले खोज्दै जाने क्रममा घरदेखि करिब दुई किमी पूर्वतर्फ रहेको दोभानस्थित बागमती नदीको बिचमा ढुङ्गामा अल्झेर मृत अवस्था फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको मुचुल्का कार्य पूरागरी शव परीक्षणका लागि पाटन अस्पताल ललितपुर लगिएको छ । घटना बारेमा अनुसन्धान भइरहेको छ ।