कैदीको स्वास्थ्य सुरक्षा
नेपालमा कारागारको इतिहासलाई नियाल्दा विसं १९७१ बाट सुरु भएको मानिन्छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, फागुन १६ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा कायम भएको छ । आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ११ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०४ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २० पैसा र बिक्रीदर ३८ रुपैयाँ ३७ पैसा कायम भएको बैंकले जनाएको छ ।यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३ रुपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९ रुपैयाँ ६४ पैसा तोकिएको छ ।राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४५३ रुपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३६९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७१ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३६१ रुयैयाँ ६४ पैसा र बिक्रीदर ३६३ रुपैयाँ १९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
ललितकलामा अन्तर्क्रिया
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा नेपाल हस्तकला कालिगड सङ्घको आयोजनामा बिहीबार ‘हस्तकलाको संवर्धन र व्यावसायिकीकरणमा राज्यको दायित्व’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
ढकालको ‘छोरो गयो परदेश’
टीकाराम ढकालको रचना र दिजराज पौडेलको स्वरमा ‘छोरो गयो परदेश’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमबिच उक्त गीतको भिडियो ‘ढकाल टिआर’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
‘अनुशासनमा ल्याउन धार्मिक भाव आवश्यक’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई धार्मिक भावले बलियो बनाउने बताउनुभएको छ ।
आज काठमाडौँका यी स्थानमा बिजुली काटिदै
काठमाडौँ, फागुन १६ गते । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली काटिने छ ।आज बिहान १० देखि दिउँसो १५ बजेसम्म लाइन काटिने सूचनामा उल्लेख छ । सो स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि लाइन काटिन लागेको प्राधिकरणले जनाएको छ ।तोकिएको कार्य समयअगावै पूरा भएमा निर्धारित अवधिअगावै बिजुली प्रवाह हुने उल्लेख गर्दै प्राधिकरणले ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ ।
देशका अधिकांश भागमा बदली हुने
काठमाडौँ, फागुन १६ गते । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णालीका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी,सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । यसैगरी, आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै देशका बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ । आगामी २४ घण्टामा कर्णाली साथै सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै लुम्बिनी,गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थान तथा देशका बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थान, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्न सक्ने जनाउँदै ती सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
फागुन शुक्ल प्रतिपदा : ग्याल्पो (ग्याल्बो) ल्होसार
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।
पर्वले सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्न सघाउ पुर्याउँछ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने उल्लेख गर्नुभएको छ ।
पर्वले सद्भाव र एकताको भावना बलियो बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले सिङ्गो देश र समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना बलियो बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभएको छ ।
ग्याल्पो ल्होसार पर्वले सांस्कृतिक सद्भाव मजबुत बनाउन भूमिका खेल्नेछ : अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ग्याल्पो ल्होसार पर्वले विविध जातजाति र समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं सम्बन्ध मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने सद्भावयुक्त परम्परा छ: सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्नुभएको छ ।
मनोगत आरोपले हतोत्साही गर्न खोजियो : घिसिङ
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयले आफूलाई मनोगत आरोप लगाएर हतोत्साही र मानमर्दन गरेको जिकिर गर्नुभएको छ ।
अठतिस वर्षमा नेसनल लाइफ
नेसनल लाइफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३८ औँ वार्षिकोत्सव सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको जनाएको छ ।
नेपालमा लगानी थप्न अर्थमन्त्रीको आग्रह
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठुलो सम्भावना रहेको बताउनुभएको छ ।
नेपालको संयोजकत्वमा बजेट लेखन समिति
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ ।
प्रतिबद्धता सवा दुई खर्ब, भित्रियो त्रिहत्तर अर्ब
पछिल्लो पाँच वर्षको अवधिमा मुलुकमा लगानीका लागि सवा दुई खर्ब रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आउँदा ७३ अर्ब रुपियाँ लगानी भित्रिएको छ ।
इजरायललाई लगानी गर्न अनुरोध
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले इजरायलका राजदूतमार्फत नेपालमा लगानी गर्न इजरायली लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
निगमका पाँच जहाज भूमिस्थ
समयमै मर्मत नगर्दा नेपाल वायु सेवा निगमका छ वटा जहाजमध्ये पाँच वटा जहाज भूमिस्थ (ग्राउन्डेड) भएका छन् । निगमसँग आन्तरिक उडानका लागि दुई वटा ट्विनअटर र अन्तर्राष्ट्रियतर्फ दुई वटा वाइडबडी तथा दुई वटा न्यारोबडी जहाज छन् ।
वीरमा दुई ‘सिफ्ट’ मा शल्यक्रिया
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्ट मा शल्यक्रिया सुरु गर्ने भएको छ ।
दुई प्रहरी विधेयकमा एक सयभन्दा बढी संशोधन
प्रतिनिधि सभामा विचाराधीन नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई विधेयकमा एक सयभन्दा बढी संशोधन दर्ता भएका छन् । व्यक्तिगत र सामूहिक गरी दुई विधेयकमा ११६ वटा संशोधन दर्ता भएका हुन् ।
शिक्षक पदस्थापनमा आनाकानी
खुला प्रतिस्पर्धाबाट छनोट भएर नियुक्तिका लागि सिफारिस गरिएका शिक्षकलाई विभिन्न स्थानीय तह तथा विद्यालयले पदस्थापन गर्न मानेका छैनन् । पदस्थापन गर्न नमान्दा नियुक्तिपत्र लिएर गएका शिक्षकले हाजिर गर्न पाएका छैनन् ।
प्रभावकारी बनेन कार्यसम्पादन सम्झौता
छोटो समयमा कर्मचारी सरुवा हुँदा कार्यसम्पादन सम्झौता प्रभावकारी बन्न सकेको छैन ।
महाकुम्भमा ‘डुबुल्की’, पशुपतिमा आराधना
महाशिवरात्रि पर्व मनाउन भारतबाट नेपाल आएका धार्मिक पर्यटक बिहीबार साँझसम्म पनि आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गरेर निधारमा चन्दन र गलामा रुद्राक्षको माला लगाएर फर्किंदै थिए ।