• १६ फागुन २०८१, शुक्रबार

वीरमा दुई ‘सिफ्ट’ मा शल्यक्रिया

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १६ गते । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्ट मा शल्यक्रिया सुरु गर्ने भएको छ । 

अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले एक साताभित्रै दैनिक दुई सिफ्टमा शल्यक्रिया गर्ने गरी व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले हाल एक सिफ्टमा भइरहेको शल्यक्रियालाई दुई सिफ्ट गर्ने गरी व्यवस्था मिलाएको 

बताउनुभयो । निमित्त निर्देशक गौतमले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरण थपिएको बताउनुभयो । “ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएका छौँ,” उहाँले भन्नुभयो, “बाहिर प्रयोगका लागि गइरहेका परीक्षणका विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजना अनुसार काम थालिएको छ ।” 

डा. गौतमले वीरमा हाल दैनिक २५ एमआरआई भइरहेकामा क्षमता वृद्धि गरेर ३२ पु¥याइसकेको बताउनुभयो । अस्पतालले सबैभन्दा धेरै आलोचना सरसफाइमा खेप्ने गरिरहेको छ । शौचालय सफा नभएको भनेर बिरामी तथा कुरुवाको गुनासो आउने गरेकाले यसको व्यवस्थापनका लागि काम भइरहेको निमित्त निर्देशक गौतमले बताउनुभयो ।