• २० फागुन २०८१, मङ्गलबार

अठतिस वर्षमा नेसनल लाइफ

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १६ गते । नेसनल लाइफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३८ औँ वार्षिकोत्सव सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको जनाएको छ ।

कम्पनीको ३८ औँ वार्षिकोत्सवका अवसरमा कम्पनीले मातृनेपाल बालगृह तारकेश्वरलाई आर्थिक सहयोगसहित बालबालिकालाई खाना खुवाएको थियो । त्यस्तै गरी कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयले पनि विभिन्न वृद्धाश्रम, बालकल्याण संस्था एवं मानवसेवा आश्रम जस्ता संस्थामा यस प्रकारका कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएको छ । कम्पनीले रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो ।

कम्पनीका कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कर्मचारीको साथ र आमजनताको विश्वासका कारण कम्पनीलाई अग्रणी संस्थाका रूपमा स्थापित गर्न सकेको बताउनुभयो ।