अब बैतडीमै स्त्रीरोग विशेषज्ञ सेवा सञ्चालन
जिल्ला अस्पताल बैतडीमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डाक्टर हाजिर हुनुभएको छ । स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. रामकुमार यादव र मेडिकल अधिकृत डा. निश्चल ज्ञवाली मङ्गलबार बैतडी अस्पताल आउनुभएको हो ।
गिद्धको अवस्था सुधारोन्मुख
विश्वमा डाइनोसरपछि तीव्र गतिमा लोप हुने क्रममा रहेको गिद्धको अवस्था नेपालमा थोरै सुधारोन्मुख देखिएको छ ।
कम उमेरमै सुत्केरी हुने धेरै
कैलालीमा कम उमेरमै सुत्केरी हुने धेरै रहेको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षको माघ मसान्तसम्म ८८१ जना २० वर्षमुनिका सुत्केरी भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।
छाला रोगले ग्रस्त बालिकाको उपचार अभाव
बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरा स्थायी ठेगाना भई हाल बलेफी गाउँपालिका–८ टोप्कामा बस्दै आएकी १२ बर्षीया आशिका तामाङ पहिचान नभएको छाला रोगबाट साँढे २ वर्षदेखि थलिएकी छिन् ।
वन डढेलोः धेरै घटना तराईमा, क्षति पहाडमा
भौगोलिक हिसाबले मुलुकका सबै क्षेत्रमा वन डढेलोका घटना हुने गरेका छन् । सङ्ख्यात्मक रूपमा तराईमा छोटो अवधिमा यस्ता घटना धेरै हुने गरेका छन् । चुरे क्षेत्र यसबाट बढी प्रभावित छ ।
वैकल्पिक चिकित्सामा विश्वास
आधुनिक विज्ञानले चिकित्सा विधामा संसारलाई महान् उपलब्धि दिएको छ ।
न्यायिक सुशासन अपेक्षित
छिटोछरितो न्याय आजको आवश्यकता हो । जसबाट न्यायिक सुशासनको प्रवर्धन हुन्छ ।
मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन दुई करोड ६९ लाख विनियोजन
तनहुँ, फागुन १५ गते । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका रुपमा मुग्लिन–गाईघाट–दासढुङ्गा–ठिमुरा–गैँडाकोट सडकको ‘ट्रयाक’ खोल्ने कार्य सुरु भएको हो ।उक्त कार्यका लागि सडक विभागले चालु आर्थिक वर्षमा रु दुई करोड ६९ लाख ३२ हजार विनियोजन गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट उक्त सडकको ट्रयाक खोल्ने काम भइरहेको छ । मुग्लिन नारायणगढ सडकको विकल्पमा मुग्लिनबाट गाईघाट, दासढुङ्गा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको विस्तृत अध्ययन ९डिपीआर०पश्चात् सडक विभागले पहिलो चरणको ठेक्का लगाएको हो ।देवघाटका स्थानीयवासी केशवचन्द्र न्यौपानेले यहाँका स्थानीयले पटक–पटक उठाउँदै आएको माग सरकारले पूरा गरेको बताउनुभयो । मुग्लिन नारायणगढ सडकखण्डको विकल्पका रुपमा वैकल्पिक सडक निर्माणका लागि आवाज उठाउँदै आएकामा उक्त माग सुनुवाइ भएको उहाँको भनाइ छ । नवलपुरको गँैैडाकोट नगरपालिका–३ ब्रिटिसक्याम्प र देवघाट गाउँपालिका–५ देउपुर हुँदै दासढुङ्गा जोड्ने वैकल्पिक सडक र उक्त बाटो हुँदै दासढुङ्गादेखि मुग्लिनसम्म तनहुँतर्फ त्रिशूलीको किनारमा वैकल्पिक मार्ग आवश्यक भएको जनाउँदै सम्बन्धित निकायमा स्थानीयवासीले माग गरेका थिए । उक्त वैकल्पिक सडकका लागि विगतमा सरकारको नीति तथा कार्यक्रममा समावेश भइ अध्ययनका लागि बजेट विनियोजन भए पनि पछि सरकारले उक्त योजना रद्द गरेको थियो । उक्त सडक निर्माण गर्न सके देवघाटको गाउँपालिका आर्थिक र धार्मिक पर्यटनको केन्द्र बन्ने हुँदा यसका लागि गाउँपालिकाले पहल थाल्ने देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयो । हाल देवघाट गाउँपालिकालाई राष्ट्रिय राजमार्गले नछोएको हुँदा गैँडाकोटबाट देवघाट हुँदै दासढुङ्गा जाने सडक निर्माण गर्न सके देवघाटमा धेरैभन्दा धेरै पर्यटक भित्रिने र देवघाटको धार्मिक पर्यटनको विकास हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । हाल सञ्चालनमा रहेको मुग्लिन–नारायणगढ सडकमा वर्षाको समयमा पहिरो गएर समस्या भोग्नुपरेकाले वैकल्पिक सडक अति आवश्यक रहेको स्थानीयवासीको भनाइ छ । देवघाट गाउँपालिका–५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले तनहुँतर्फ अर्को राष्ट्रिय सडक निर्माण गर्न सकेमा हाल विकासमा निकै पछाडि परेको देवघाट र आँबुखैरेनी गाउँपालिकाका धेरै बस्तीलाई विकासको मूलधारमा ल्याउन सकिने बताउनुभयो । वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटरको दूरी पर्छ ।
कला, धर्म र अध्यात्मको सङ्गम
व्रतहरूमा श्रेष्ठ शिवरात्रि व्रत वा व्रतराजका रूपमा लिने गरिन्छ ।
ओलाङचुगोलामा बुनेको गलैँचाको माग उच्च
ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला गाउँका लागि गलैँचा मुख्य आम्दानीको स्रोत बनेको छ । यहाँको परम्परागत गलैँचा उत्पादन चीनको बजारमा राम्रो मागको साथ निर्यात हुने गरेको छ । तर कोभिड–१९ महामारीका कारण नाका बन्द हुँदा यहाँको गलैँचा उत्पादन चीनसम्म पुग्न सकेको थिएन । नाका खुलेसँगै, ओलाङचुगोलामा उत्पादन भएको गलैँचा अहिले चीनका विभिन्न बजारमा निर्यात हुन थालेको उद्यमी फुप् ल्हमु श्रेष्ठले जानकारी दिनुभयो । यसले यहाँका ग्रामीण समुदायलाई थप आर्थिक अवसर प्रदान गरेको छ । ओलाङचुगोला उत्पादित गलैँचा नेपाली बजारमा पनि लोकप्रिय छ । यस क्षेत्रको गलैँचा फुङ्लिङ बजार हुँदै काठमाडौसम्म पुग्ने गर्दछ । नेपाली बजारमा यी गलैँचाको मूल्य प्रतिएकाइ रु दश हजारदेखि २५ हजारसम्म पर्ने उहाँले बताउनुभयो । उद्यमी श्रेष्ठका अनुसार चीनका बजारमा ती नै गलैँचाको मूल्य निकै उच्च छ, जहाँ रु १५ हजारदेखि ४५ हजारसम्ममा खरिद बिक्री गरेको छ । यो अन्तर्राष्ट्रिय बजारमा मूल्य फरक भएको कारण स्थानीय उत्पादनकर्तालाई राम्रो मुनाफा हुने गर्दछ । यसरी चीनमा निर्यात हुने गलैँचा ओलाङचुगोलामा रहेका उद्यमी र हस्तकलाकारको आर्थिक समृद्धिका लागि ठूलो अवसरको रूपमा प्रस्तुत भएको छ । नाका खुलेसँगै यो व्यापारको सञ्जाल थप फैलिएको छ । स्थानीयस्तरमा रोजगारीको सिर्जनासमेत गरेको छ । निर्यातका अवसरले ओलाङचुगोला क्षेत्रको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्न थालेको छ ।
वनगाउँका एकसय घर तरकारी खेतीमा
टीकापुर, फागुन १५ गते । कैलालीको टीकापुर–८ वनगाउँको पूरै गाउँ तरकारीखेतीमा लागेको छ । सुरुका दिनमा आफ्नै उपभोगका लागि तरकारी उत्पादन सुरु गरेको भए पनि पछिल्लो समय उनीहरु व्यावसायिक भएका छन् । तरकारीले बजार पाउन थालेपछि उनीहरु व्यावसायिक खेतीमा लागेको बताउँछन् । “हाम्रो पूरै गाउँ तरकारीखेतीमा लागेको छ”, स्थानीयवासी तीर्थ चौधरीले भन्नुभयो, “थोरै धेरैको कुरा हो तर सबैजसो तरकारी खेतीमा लागेका छन् ।”उहाँका अनुसार गाउँमा करिब सय घर छन् ती सबैले मौसमी र बेमौसमी खेती गर्न लागेका हुन् । यतिखेर त्यस गाउँमा खुर्सानी, टमाटर र गोभी उत्पादन भएको देख्न पाइन्छ । टमाटर र गोभीले खासै मूल्य नपाएको किसानको गुनासो छ । टमाटर प्रतिकिलो रु १०, काउली रु २० मा प्रतिकिलो र खुर्सानी रु ७० मा थोक मूल्यमा लिने गरेको उनीहरुको भनाइ छ । खुर्सानीले सुरुमा मूल्य नपाए पनि अहिले राम्रो मूल्य पाएको किसान तीर्थले बताउनुभयो । “तरकारीमा राम्रो आम्दानी लिनका लागि अरुको उत्पादनभन्दा पहिला उत्पादन हुनुपर्छ”, चौधरीले भन्नुभयो, “काउली र टमाटर सबैसँग भएकाले मूल्य खासै छैन तर सुरुमा उत्पादन गर्नेले धेरै मूल्य पाएका थिए ।” उहाँले टमाटर र काउली ढिला भयो भन्दै खुर्सानीबाट आम्दानी लिने बताउनुभयो । मौसमी तरकारीखेती गर्दै आएका किसानले मौसमीभन्दा बेमौसमी तरकारीले मूल्य पाउने कुरा बुझेपछि बैमौसमी तरकारी उत्पादन गर्न आकर्षित भएका छन् । समयभन्दा छिटो उत्पादन गर्दा राम्रो मूल्य पाइन्छ र सबैको उत्पादन भएपछि बजार मूल्य पाइँदैन भन्ने कुरा सबैले बुझ्दै गएको स्थानीय मानबहादुर चौधरीले बताउनुभयो । किसानले पाँच कट्ठादेखि एक बिघासम्म तरकारीखेती गर्दै आएका छन् । राजापुर र टीकापुर बजारमा तरकारी खपत हुन् थालेपछि त्यस गाउँका किसान तरकारीखेतीमा हौसिएको मानबहादुरले बताउनुभयो । “हाम्रो उत्पादन भएको तरकारी बर्दियाको राजापुर र टीकापुरका थोक व्यापारीले खरिद गर्ने गरेका छन्”, चौधरीले भन्नुभयो, “गाउँमै आएर तरकारी किन्ने गरेका छन्, कतिपयले आफँै हाटबजारमा लगेर बिक्री गर्ने गरेका छन् ।”कात्तिकमा लगाएको तरकारी पुस महिनाबाट बिक्री गर्न तयार भएको चौधरीले बताउनुभयो । “कात्तिकमा लगायौँ, ढिलो भएकाले उत्पादन पनि ढिलो हुँदा खासै मूल्य पाइएन”, चौधरीले भन्नुभयो, “गाउँ पूरै तरकारीखेतीमा लागेकाले तरकारीका थोक व्यापारीलाई पनि सहज भएको छ ।”तरकारीका थोक व्यापारी वनगाउँमा तरकारी पाइन्छ भनेर ढुक्क भएर आउने गरेको स्थानीयको भनाइ छ । किसानले आफ्नो बिक्री भएपछि अर्को छिमेकीको बिक्रीमा सघाउने गरेका छन् । उत्पादन भएको तरकारी लगभग बिक्री भएको अवस्था छ । यसरी तरकारीको आम्दानीले सामान्य खर्च धान्न सजिलो हुने गरेको भौना चोधरीले बताउनुभयो । चौधरी गाविसका पूर्वउपाध्यक्ष समेत हुनुहुन्छ । उसो त उनीहरु धान र गहुँ खेती पनि गर्छन् । बाढी ग्रस्त क्षेत्र भएपनि त्यो गाउँ तरकारीमा आत्मनिर्भर भनेर चिनिन थालेको छ । “गाउँ पूरै तरकारीमा लागेको हुँदा युवा र महिला पनि आफ्नो पकेट खर्च निकाल्न तरकारीखेतीमा लागेको पाइन्छ”, भौनाले भन्नुभयो, “आधुनिक बीउ पाइने र टनेलमार्फत खेती गर्दा बेमौसमी खेतीगर्न सजिलो भएको छ ।”
शासनप्रणालीको जग वडा
नेपालको शासनप्रणालीको तल्लो निकाय नगर तथा गाउँपालिका अर्थात् स्थानीय सरकारमा रहने वडा हुन् ।
सामाजिक विषय प्राथमिकतामा
गत वर्षको एसइई परीक्षामा सामाजिक विषयमा विद्यार्थीले राम्रो उपलब्धि हासिल गर्न सकेनन् ।
तीन चलचित्रको भिडन्त
महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि एकसाथ तीन चलचित्र ‘लाज शरणम्’, ‘फेरि रेसम फिलिली’ र ‘मायावी’ प्रदर्शनमा आएका छन् ।
कथा मुनामदनको, व्यथा घर घरको
‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ उखान विदेशको धन र आफ्नो विपन्नता तुलना गर्दा अझै प्रयोग हुन्छ । समय क्रममा अहिले नेपाली युरोप, अमेरिका, अफ्रिकादेखि खाडी मुलुकसम्म नेपाली काम र अवसर खोज्दै छन् ।
वैदेशिक रोजगारीको प्रलोभनमा अलपत्र युवाको उद्धार
थाइल्यान्डको बैङ्ककस्थित नेपाली दूतावासले म्यान्मार पुगेर अलपत्र परेका दुई नेपाली युवाको उद्धार गरी स्वदेश फिर्ता पठाएको छ । अ
चौबिस करोडभन्दा बढीको सुन्तला
गुल्मीमा यस वर्ष २४ करोड रुपियाँभन्दा बढीको सुन्तला उत्पादन भएको छ । जिल्लामा यस वर्ष २४ करोड ५० लाख रुपियाँ बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको हो ।
नेपाल–भारत विद्युत् आदानप्रदान महसुल निर्धारण विधिसम्मत
नेपाल विद्युत् प्राधिकरणले नेपाल–भारतबिचको विद्युत् आदानप्रदान सम्झौता अन्तर्गतको विद्युत् आदानप्रदान समितिले गरेको महसुल निर्धारण विधिसम्मत रहेको स्पष्ट पारेको छ ।
वर्षामा अभिशाप, हिउँदमा वरदान
मकवानपुर र सिन्धुलीका किसानका लागि बागमती नदी किनार हिउँदमा वरदानसाबित भएको छ । यहाँका स्थानीयवासीले बगर किनार र नदीभित्रै मकै खेती गरेका छन् ।
सरकारी जग्गाको माटो बिस्कुट उद्योगमा
बाँकेको खजुरा गाउँपालिका–७ स्थित बर्गदही गाउँनजिकै नेपाल सरकारको नाममा रहेको ऐलानी पर्ती जग्गाको माटो जथाभाबी निकालेर बिक्री भइरहेको छ । माटो निकालेर गहिरो खाल्डो बनेपछि स्थानीय बासिन्दाले संलग्नलाई कारबाही गरी तत्काल माटो निकाल्ने कार्य रोकिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेको ध्यानाकर्षण गराएका छन् ।
दस वर्षमा एकतिस हजार ट्रेडमार्क
बौद्धिक सम्पत्ति अन्तर्गत रहेका ट्रेडमार्क र डिजाइनको दर्ता सङ्ख्या बर्सेनि बढ्दै गएको छ । पछिल्लो १० वर्षमा ३१ हजार २१६ ट्रेडमार्क दर्ता भएका छन् ।
कानुनविपरीत सुर्तीजन्य पदार्थको प्रवर्धन, कारबाही गर्ने चेतावनी
सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रवर्धन गर्न कानुनले बन्देज लगाए पनि प्रत्येक वर्ष हुने नेपाल साहित्य महोत्सवमा भने सुर्तीजन्य कम्पनीले प्रायोजन गर्ने गरेको पाइएको छ ।
राजनीतिक दलको आयव्यय : एमाले धनी कांग्रेस घाटामा
राजनीतिक दलले आम्दानी र खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । आयोगमा राजनीतिक दलले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरण अनुसार नेकपा (एमाले) सबैभन्दा धनी दल रहेको छ ।
केयु : तीन सदस्य तीनतिर
काठमाडौँ विश्वविद्यालय (केयु) मा उपकुलपति नियुक्तिमा ढिलाइ भएको छ ।