शिव मूर्ति दर्शन गर्न आउने भक्तजनको घुइँचो
पोखरा महानगरपालिका वडा २२ मा रहेको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीकोटमा शिवरात्रीको अवसरमा भक्तजनको भीड लागेको छ ।
जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा
मधेश प्रदेशको राजधानी जनकपुरधाममा फागुन १६ गतेदेखि १८ गते सम्म हुने तीन दिवसीय जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा भएको छ ।
चेपाङ भाषा–संस्कृति मासिएकोमा चिन्ता
सीमान्तकृत चेपाङ जातिको भाषा, परम्परा र संस्कृति नासिँदै गएको भन्दै चेपाङ अगुवाहरुले चिन्ता ब्यक्त गरेका छन् ।
‘फोर नेसन्स कप’ : नेपाल र म्यानमारबिच फाइनल सुरु
दशरथ रङ्गशालामा ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल नेपाल र म्यानमारबिच सुरु भएकाे छ ।
सुकेटार विमानस्थलमा उडान ठप्प
ताप्लेजुङको सुकेटार विमानस्थलमा अढाइ महिनादेखि उडान ठप्प भएको छ । नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजमा समस्या आएका कारण सुकेटार विमानस्थलमा उडान ठप्प भएको हो ।
वडा कार्यालयद्वारा घरमै पुगेर घटना दर्ता
मकवानपुरको मनहरी गाउँपालिका ७ नं वडा कार्यालयले नागरिकलाई सरकारको अनुभूति दिलाउन घरदैलोमै पुगेर घटना दर्ता गरिदिने व्यवस्था मिलाएको छ ।
भाडाकै घरमा नेपालगन्ज यातायात कार्यालय
नेपालगन्जमा रहेको यातायात व्यवस्था कार्यालयको भवन व्यवस्थापन प्रक्रिया रोकिँदा पुनः भाडा तिरेर कार्यालय सञ्चालन गर्न परेको छ ।
फोनिज मधेश प्रदेशले चार पत्रकारलाई पुरस्कृत गर्ने
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मधेश प्रदेशले चार जना पत्रकारलाई सम्मानित गर्ने भएको छ । फोनिज मधेश प्रदेशले स्थापना गरेको क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कार र देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार पुरस्कृत हुनु हुनेछ ।
शम्भुनाथ मन्दिरमा एक लाखभन्दा बढीले गरे दर्शन
शिवरात्रिको अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिकास्थित रहेको शम्भुनाथ मन्दिरमा १ लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन् ।
टिप्परले ठक्कर दिँदा दुुई जना घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–९, स्थित वन कार्यालयनजिक बुधबार टिप्परले हाइसलाई ठक्कर दिँदा दुुई जना घाइते भएका छन् ।
प्रादेशिक ललितकला महाेत्सव हुने
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले मोरङको बेलबारीमा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनीको आयोजना गर्ने भएको छ ।
प्रकोपजन्य रोगविरुद्धको तयारीमा जुट्दै सोलुदूधकुण्ड नगरपालिका
मौसम परिवर्तनसँगै पछिल्लो समय विभिन्न विद्यालय तथा गाउँबस्तीमा मौसमी भाइरल ज्वरो, रुघाखोकी जस्ता रोगहरूको समस्या देखिन थालेपछि सोलुदूधकुण्ड नगरपालिकाले स्थानीय स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा राख्न महामारीजन्य तथा प्रकोपजन्य रोगहरुको बारेमा एक दिने अभिमुखीकरण गरेको छ ।
पाल्पाका १० वटै पालिकामा मगर एकता दिवसमा सार्वजनिक बिदा
पाल्पाका १० वटै स्थानीय तहले राष्ट्रिय मगर एकता दिवसको बिहीबार सार्वजनिक बिदा दिएको छ ।
खोरेत रोग विरुद्धको खोप सेवा जारी
सुनसरीको इनरुवा नगरपालिकाका १८ हजार पशुमा खोरेत रोग विरुद्धको खोप लगाउने काम जारी छ ।
पाण्डवेश्वर मन्दिरमा दर्शनार्थीकाे घुइँचो
महाशिवरात्रि पर्वका अवसरमा दाङको पवित्र ऐतिहासिक एवं धार्मिकस्थल पाण्डवेश्वर धाम धारपानीमा पूजाआराधनासँगै मेला लागेको छ ।
डोलेश्वरका दर्शनार्थीको भीड (फोटो फिचर)
महाशिवरात्रि पर्वको अवसरमा आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुला गरी पूजा र दर्शनको व्यवस्था गरिएको छ।
अर्घाखाँचीमा ९५ प्रतिशतले लगाए एचपिभी खोप
अर्घाखाँचीमा ९५ प्रतिशत किशोरीले (वमेन प्यापिलोमा भाइरस) एचपिभी विरुद्धको खोप लगाएका छन् ।
आगलागीमा घाइते भएका शरदलाई लगियो काठमाडौं
गएराति इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन कारखानामा भएको आगलागीमा परी घाइते भएका सञ्चालक शरद सुुब्बालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
निकुञ्ज क्षेत्रबाहिर एक हजार ८६३ जलपन्छी
कञ्चनपुरमा संरक्षित क्षेत्रबाहिर विभिन्न प्रजातिका एक हजार ८६३ जलपन्छीको अभिलेख भएको छ । यसवर्ष हिउँदमा गणना गर्दा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाहिर रहेका सिमसार क्षेत्रमा सो संख्यामा जलपन्छी भेटिएका हुन् । गत जनवरीमा जलपन्छीको गणना गरिएको थियो ।
महाशिवरात्रिले शिवालयमा भिड
महाशिवरात्रिको अवसरमा सिन्धुपाल्चोकका शिवालयमा भिड लागेको छ । जिल्लाका विभिन्न स्थानमा रहेको महादेव मन्दिरमा बिहानैबाट भक्तजनको भीड लागेको हो ।
घरमा आगलागी, १८ भेडाबाख्रा र ९० कुखुरा मरे
रुकुमपश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर १४ चाखलडाँडास्थित रुद्रबहादुर बिष्टको घरमा आगलागी भएको छ । बुधबार बिहान भएको आगलागीबाट बिष्टको ६ कोठे (ढुङगा र माटोले बनेको, टिनले छाएको) दुई तले घर ध्वस्त भएको छ । आगलागीले पशुचौपाया मरेका छन् ।
चिया कारखानामा आगलागी हुँदा आठ करोडको क्षति
गएराति इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन कारखानामा आगलागी हुँदा आठ करोड रुपियाँ बढीको क्षति भएको छ ।
म्याग्दीमा इको भ्यान दुर्घटना : एकको मृत्यु
अन्नपूर्ण–४ नारच्याङमा आयोजित तरुण कप भलिबल प्रतियोगितामा जाँदै गरेकी अन्नपूर्ण–४ घरापकी सुनदेवी गौचनको घटनास्थलमै मृत्यु भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीका प्रहरी सहायक निरिक्षक रमेशप्रसद अधिकारीले जानकारि दिनुभयाे ।
थाहामा कृषि सामग्री वितरण
मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरमा कृषि सामग्री वितरण गरिएको छ ।