• १४ फागुन २०८१, बुधबार

‘फोर नेसन्स कप’ : नेपाल र म्यानमारबिच दाेस्राे फाइनल

blog

फाइल तस्बिर ।

काठमाडाैं, फागुन १३ गते । दशरथ रङ्गशालामा ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेल नेपाल र म्यानमारबिच सुरु भएको छ ।

नेपाल, म्यानमार, कीर्गिस्तान र लेबनान गरी चार टोली सम्मिलित प्रतियोगितामा नेपाल र म्यानमारले अपराजित रहँदै फाइनलमा स्थान बनाएका हुन् । लिग चरणको अन्तिम खेल अगावै फाइनलमा स्थान बनाएका नेपाल र म्यानमारले लिग चरणको अन्तिम खेलमा २–२ गोलको बराबरी खेलेका थिए । 

१३औँ पटक अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पुगेको नेपालले अहिलेसम्म कुनै पनि उपाधि जित्न सकेको छैन । नेपालले यही वर्ष वाफ महिला च्याम्पियनसिप र महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेर हार खेपेको थियो । 

नेपालले म्यानमारलाई यसअघिका भिडन्तमा पनि हराउन सकेको छैन । नेपाल र म्यानमारबिच यसअघि पाँच पटक भिडन्त भएको छ । जसमा म्यानमारले तीन जित निकालेको छ भने दुई खेल बराबरीमा सकिएको छ ।