• १४ फागुन २०८१, बुधबार

आगलागीमा घाइते भएका शरदलाई लगियो काठमाडौं

blog

घाइते भएका शरद सुब्बा । तस्बिरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, फागुन १४ गते । गएराति इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन कारखानामा भएको आगलागीमा परी घाइते भएका सञ्चालक शरद सुुब्बालाई थप  उपचारका लागि काठमाडौं लगिएको छ । 

आगो निभाउने क्रममा अनुहार तथा शरीरमा आगोको लप्काले भेटेर घाइते भएका सुुब्बा राति नै बेहोस् भएपछि इलाम अस्पताल ल्याइएको थियो । अस्पतालले प्राथमिक उपचार गरेर डिस्चार्ज गरे पनि पोलेको घाउ नघटेपछि अहिले थप उपचारका लागि काठमाडौं पठाइएको सुुब्बाका दाजु गृष्म सुुब्बाले बताउनुुभयो । 

सुुब्बा दाजुुभाइ मिलेर करिब दश वर्ष यता उक्त चिया कारखाना सञ्चालन गर्दै  आउनुुभएको थियो । चिया क्षेत्रका गहनाका रुपमा रहेका शरदलाई पछिल्लो पटक काठमाडौंमा आयोजित ‘नेपाल टि च्यालेन्ज २०२४’ मा ‘वेस्ट टी मेकर’ घोषित गरिएको थियो ।