समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
बुलबुलमा अर्को नयाँ ताल
सुर्खेतको बुलबुले तालमै गुरुयोजना अनुसार अर्को सानो ताल बन्ने भएको छ । कर्णाली प्रदेश सरकारले अहिलेको गुरुयोजना अनुसारको अहिलेको डुङ्गा सञ्चालन भएको तालदेखि उत्तरतर्फ अर्को सानो ताल बनाउने छ । सो तालको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शिलान्याससमेत गर्नुभएको छ ।
बजेट अभावमा स्तरोन्नति हुन नसकेको नाग्म गमगढी सडक
मुगुको नाग्म–गमगढी सडकको दुरवस्थाबारे प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरू एवं मन्त्रीले समेत आवाज उठाउँदै आइरहनुभएको तर सरकारले उहाँहरूको आवाज सुनिरहेको छैन ।
पक्की पुलले जोडिए पालिका
नेपाली भाषाको उद्गम स्थल जुम्ला सिँजाको कनकासुन्दरी मन्दिर जाने भैँसेडीमा पक्की पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
द्वन्द्वकालका विस्थापित बाइस वर्षपछि फर्के घर
माओवादी द्वन्द्वकालका बेला बेपत्ता भएका दार्चुलाका देवसिंह धामी २२ वर्षपछि घर पुग्नुभएको छ । २०५९ सालमा बेपत्ता हुनुभएका शैल्यशिखर नगरपालिका–१, बारिल घर भएका धामी २२ वर्षपछि घर फर्किनुभएको हो ।
सङ्कट व्यवस्थापनमा सबै निकाय प्रतिबद्ध
लैङ्गिक हिंसा तथा एकद्वार सङ्कट व्यवस्थापन गर्न यहाँका स्थानीय सरकार, प्रशासन, सरकारी निकाय एवं गैरसरकारी सङ्घसंस्थाहरू प्रतिबद्ध भएका छन् ।
पवन मिष्ठानको अखाद्य खुवा बरामद
रुपन्देहीको भैरहवास्थित पवन मिष्टान्न भण्डारले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ विपरीत पेडा बनाउन प्रयोग गरिने खुवा ढुवानी गर्ने गरेको पाइएको छ ।
एसियाली राजमार्गमा नेपाल
शरीरका रक्तनलीको भूमिका सर्वोपरि हुन्छ ।
सार्वजनिक सेवाको मूल्य
अचेल सार्वजनिक प्रशासन आलोचनाको केन्द्रमा छ । दिनहुँ जसो एलोन मस्क र डोनाल्ड ट्रम्पले कर्मचारीतन्त्रलाई आलोचना गरिरहेका छन् । मानौँ कर्मचारीतन्त्रलाई खत्तम गर्न सकियो भने सबै समस्याको स्थायी समाधान हुन्छ । यो विचार प्रत्यक्ष र परोक्ष रूप
महाशिवरात्रिको माहात्म्य
शिव भन्नेबित्तिकै हामी हातमा त्रिशूल लिएको, जटाधारी, बाघको छाला ओडेको, शिरमा चन्द्रमा भिरेको, गलामा सर्पको माला लगाएको, शरीरमा खरानी धसेको अनि शिरबाट अटुट गङ्गा बगेको अचम्मलाग्दो प्राणीको कल्पना गर्छौं ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. कोशी एक्सिलेन्स अवार्ड–२०८१ कसलाई प्रदान गरियो ? साहित्यकार झमक घिमिरे
वैदेशिक सहायता परिचालन : विषयगत प्रश्नोत्तर
वैदेशिक सहायता परिचालन १. वैदेशिक सहायताको प्रभावकारिता सम्बन्धमा पेरिस घोषणामार्फत निर्धारण गरिएका सैद्धान्तिक मान्यता उल्लेख गर्दै वैदेशिक सहायतका परिचालनका सकारात्मक र नकारात्मक पक्षबारे चर्चा गर्नुहोस् ।
आज महाशिवरात्रि मनाइँदै
हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि बुधबार (आज) धुमधामका साथ देशभरि मनाइँदै छ ।
उपाधिको खडेरी टार्ने अवसर
फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपालले बुधबार बलियो म्यान्मारसँग उपाधि भिडन्त गर्दै छ । यसपालि नेपाली महिला फुटबललाई परिरहेको उपाधिको खडेरी सकिन्छ या उपाधिको पर्खाइ अझै लम्बिने हो, यो नै ठुलो प्रश्नका रूपमा रहेको छ ।
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
काठमाडौँ, फागुन १४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूका लागि पनि गौरवको विषय भएको बताउनुभएको छ ।महाशिवारत्रि पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै उहाँले भन्नुभयो, “नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ । पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूहरूको लागि पनि गौरवको विषय हो ।”उहाँले हाम्रो मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिविम्बित भएको उल्लेख गर्नुहुँदै आराध्यदेव श्री पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको बताउनुभयो । “वैदिक परम्परामा शिवलाई मुलतः संहारका शक्ति मानिएको भएता पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सृजनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन्”, उहाँले भन्नुभएको छ, “सौम्य शक्तिले मानव चेतनामा असल पक्षको बोध गराइ त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यं शिवं सुन्दरम्’ प्राचीन लोकोक्तिका रूपमा छ ।”रौद्र शक्तिले खराब रोजाइबाट उत्पन्न परिणामलाई दण्डित गर्दछ । यसरी मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई हाम्रा अनेक सांस्कृतिक चाडपर्वजस्तै महाशिवरात्रिले पनि बेजोड रूपमा प्रकट गरिरहेको उहाँको भनाइ छ ।निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा एवं शिव महिमा कीर्तन शिवरात्रि पूजाअर्चनाका मुख्य अङ्ग मानिन्छ भने शिवरात्रिको पालनाले योग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको उहाँले बताउनुभयो ।“महाशिवरात्रीको यस पावन अवसरमा हामीले पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाहरूको यथोचित संरक्षण एवं संवर्द्धन गर्न प्रण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो । काठमाडौँ उपत्यकाको जलाधारका रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राख्नु हामी सबैको दायित्व हो ।”राष्ट्रपति पौडेलले महाशिवरात्री पर्व, २०८१ ले हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
उपवास र ध्यान योगले मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्छः उपराष्ट्रपति
काठमाडौँ, फागुन १४ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि पर्वका अवसरमा गरिने उपवास र ध्यान योगले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले यसबाट आत्म शुद्धि, ध्यान र आध्यात्मिक उन्नतिको अवसर प्रदान गर्ने उल्लेख गर्नुभयो । “विभिन्न शिवालय, शिव मन्दिर, महादेव मठलगायत धार्मिकस्थलमा मेलाहरूको आयोजना हुनुले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्दछ, यसले आर्थिक गतिविधि वृद्धि भई मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्दछ”, उहाँले भन्नुभएको छ ।शिवको आराधना र भक्तिको माध्यमबाट धार्मिक आस्था र विश्वासलाई बलियो बनाउँदै मानिसको मन, वचन र कर्ममा शुद्धीकरण गर्नमा सहयोग गर्ने र समाजमा एकता, सहयोग र सद्भावलाई बढावा दिने यो पर्वलाई आपसी मनोमालिन्यता, मतभेद र द्वेषलाई बिर्सने अवसरका रूपमा उपयोग गर्न सक्नुपर्ने उहाँको भनाइ छ ।उहाँले भन्नुभएको छ, “यो पवित्र पर्वले काम, क्रोध, लोभ, मोह र अहङ्कार त्याग्न सबैलाई उत्प्रेरित गर्न सकोस्, नेपाल र सम्पूर्ण विश्वमा शान्ति, पवित्रता र प्रेमको सतधर्म स्थापित गर्दै आध्यात्मिक उन्नतिका लागि सबैलाई अनुकूलित हुने अवसर पनि यो पर्वले प्रदान गरोस् ।”हिन्दू धर्मावलम्बीमा महाशिवरात्रि पर्वको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व रहिआएको छ । यस अवसरमा श्रद्धालुहरू एकत्रित भई सामूहिक रूपमा पूजाअर्चना गर्नु, मेला भर्न जानुले सामाजिक सद्भाव र एकताको भावना अभिवृद्धि हुन्छ । यो पर्वमा सामूहिक उपवास, शिव उपासना र शिव चर्चालगायत अनुष्ठानले समाजमा सद्भाव र मेलमिलाप कायम राख्न तथा मानिसलाई नैतिकता, सत्य र धर्मको मार्गमा हिँड्न अभिप्रेरित गर्दछ । यस पर्वको सांस्कृतिक महत्व पनि छ । यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, भजनकीर्तन, मौलिक नाचगान आदिको आयोजना गर्ने परम्परा रहिआएको छ । शिवको महिमा र शिवसँग सम्बन्धित प्रसङ्ग प्रस्तुत गरिनेजस्ता सांस्कृतिक कार्यक्रमले धार्मिक परम्परा र संस्कृतिलाई सजीव बनाइराख्न सहयोग पुग्दछ ।
‘महाशिवरात्रि पर्वले नेपालीबीच आपसी सद्भाव बलियो बनाउँछः सभामुख घिमिरे
काठमाडौँ, फागुन १४ गते । सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउँदै सबैलाई सकारात्मक ऊर्जा, आत्मज्ञान, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै सो पर्वले धर्म, आस्था, प्रेम, करुणा र मानवताका मूल्यमान्यतासँग जोड्न मद्दत पुग्ने उल्लेख गर्नुभयो । महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको एक प्रमुख पर्व हो । यस पर्वमा भगवान् शिवको पूजाआरधना र तपस्या गरी मनाइन्छ । महाशिवरात्रिको विशेष महत्व धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक रूपमा गहिरो छ । किंवदन्तीअनुसार यस रात शिव–पार्वतीको विवाह भएको दिन हो । यस दिनलाई भगवान् शिवले सृष्टि, संरक्षण र संहारको सिद्धान्तलाई आत्मसात् गरी ध्यानमग्न भएको दिनका रूपमा समेत स्मरण गरिन्छ ।सभामुख घिमिरेले भन्नुभएको छ, “नेपाल धार्मिक तथा सांस्कृतिक विविधताको धनी राष्ट्र हो, यहाँ रहेका मठमन्दिर, पर्व–उत्सव र परम्पराले नेपाली सभ्यतालाई विशिष्टता प्रदान गरेका छन्, महाशिवरात्रि पनि हाम्रो संस्कृति र परम्परासँग अभिन्न रूपमा गाँसिएको पर्व हो ।”काठमाडौँस्थित पशुपतिनाथ मन्दिर महाशिवरात्रिका अवसरमा लाखौँ भक्तजनको गन्तव्य बन्ने गरेको छ । पशुपतिनाथमा भगवान् शिवलाई पशुपति अर्थात् सम्पूर्ण जीवहरूको स्वामीको रूपमा पूजा गरिन्छ । यस अवसरमा पशुपतिनाथ क्षेत्रमा महादेवका भक्तहरूले विशेष आराधना, रुद्राभिषेक, जाग्राम, भजनकीर्तन तथा ध्यान साधना गरेर शिवभक्ति अभिव्यक्त गर्दछन् ।
ग्राभिटी रोपवे बन्द
स्थानीय उत्पादन बजारसम्म लैजान मकवानपुरको कैलाशमा सञ्चालनमा आएको रोपवे बन्द भएको छ । रोपवेको एउटा तारछिनेपछि मर्मतको आभावमा पाँच महिनादेखि बन्द भएको हो ।
पर्वहरूले राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएका छन्ः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरूले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएको उल्लेख गर्नभएको छ ।
कूटनीतिक कौशलमा निपूर्ण सेना आजको आवश्यकताः उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले अत्याधुनिक प्रविधि, सीपले सुसज्जित, अध्ययन–अनुसन्धानमा पारङ्गत र कूटनीतिक कौशलमा निपूर्ण सेना आजको आवश्यकता भएको बताउनुभएको छ ।
शिवरात्रिका लागि तेत्तिस लाखको उखु
महाशिवरात्रिलक्षित पोखरामा करिब ३३ लाख रुपियाँ बराबरको उखु भित्रिएको छ ।
नुनको उपभोग घटाउन सुझाव
नेपालीले आवश्यकताभन्दा बढी आयोडिनयुक्त नुन खाने प्रचलन घटाउनुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ ।
पाथीभरा केबलकार झडप: थप दुई जना पक्राउ
फुङलिङ, फागुन १४ गते । पाथीभरा केबलकार विवादको झडपमा आपराधिक उपद्रव र हुलदङ्गा गरेको अभियोगमा थप दुई जना पक्राउ परेका छन् । पाँचथर याङवरक गाउँपालिका २ की ४३ वर्षीय इन्दिरा धौराली र फक्ताङलुङ गाउँपालिका ५ का ३७ वर्षीय सुवास तुम्बाहाङफेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फुङलिङ बजारको विरेन्द्रचोक शनिवार साँझ भएको झडपमा आपराधिक उपद्रव र हुलदङ्गा गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । घटनापश्चात् फरार रहेका प्रतिवादीलाई खोजतलास गर्ने क्रममा सोमबार फुङलिङ नगरपालिका ४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि १५ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धानलाई जारी राखेको छ । जिल्ला अदालत ताप्लेजुङबाट ७ दिनको म्याद लिई अनुसन्धानलाई जारी राखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ९डिएसपी० रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार नियन्त्रणमा लिइएका धौराली र तुम्बाहाङफलेलाई समेत सोही म्यादमा मिलान हुने गरि ५ दिनको समयावधि लिई अनुसन्धान सुरु गरिएको प्रनाउ रावलको भनाई छ । मुलुकी संहिता २०७४ को दफा ६३ बमोजिम हुलदङ्गा गरेको र सोही संहिताको दफा २८५ बमोजिम आपराधिक उपद्रव गरेको कसुरमा ताप्लेजुङका एक सहित १५ जनालाई गत शनिवार नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।