• १५ फागुन २०८१, बिहिबार

ढुङ्गा खसेर एक्साभेटर चालकको मृत्यु

blog

गुणबहादुर रोका

सुलीकोट, फागुन १५ गते । गोरखामा बाटो खन्ने क्रममा माथिबाट ढुङ्गा खसेर लाग्दा स्काभेटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका-६ घुमाउने स्थायी घर भएका ४५ वर्षीय राम बहादुर आलेमगर भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

उहाँका अनुसार आज बिहान ११: ५५ बजे गोरखाको अजिरकोट गाउँपालिका-१ स्थित चिस्याङमा बा.प्र. ०६-००१ क. ०१३१ नम्बरको एक्साभेटरले बाटो खन्दै गर्दा ढुङगा खसेर लाग्दा चालक आलेमगरको घट्नास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । 

गोरखाको अजिरकोट गाउँपालिका-१ मा बन्दै गरेको कालिका हाइड्रोपावरको डयाम जानको लागि नयाँ ट्रयाक खोल्ने क्रममा  अचानक माथिबाट ठुलो ढुङगाले चालकलाई लाग्न पुग्दा घट्नास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । 

ढुङ्गाले लागेर चालकको मृत्यु हुनुका साथै एक्साभेटर पूर्ण रूपमा क्षति भएकाले उक्त घट्नाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।