कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा
कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो ।
मानव–हात्तीबिच द्वन्द्व बढ्दो
जङ्गलसँग मानिसको परनिर्भता बढ्दै जाँदा मोरङमा जङ्गली जनावर र मानिसबिच द्वन्द्व बढ्दै गएको छ । भारतको आसमबाट मेची नदी तरेर बाहुनडाँगी हुँदै नेपाल भित्रिएका हात्ती यो वर्ष अझै भारततर्फ
सोह्र वर्षपछि मुआब्जा वितरण
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाएका छन् ।
संस्कृति झल्काउने सिलाम साक्मा
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा लिम्बू जातिको सांस्कृतिक पहिचानका रूपमा रहेको सिलाम साक्माको प्रवर्धन तथा प्रचार गरिएको छ ।
बाबुुको हत्या आरोपमा छोरा–बुहारी पक्राउ
इलामको सूर्याेदय नगरपालिका–११, सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्यामा संलग्न भएको आरोपमा मृतकका छोराबुहारीसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल-चीन सीमावर्ती बस्ती ओलाङचुङगोला
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ मा अवस्थित ओलाङचुङगोला । यो नेपालको चीनसँगको सीमा क्षेत्रको प्रमुख बस्ती हो । यहाँबाट २४ किलोमिटर टाढा टिप्ताला नाका पर्दछ।
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
ताप्लेजुङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। भीरबाट लडेर एक महिला र मोटरसाइकल दुर्घटनामा परी एक शिक्षकको मृत्यु भएको हो।
सिलाम साक्माको प्रवर्धन र प्रचारका प्रतिमा निर्माण
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा लिम्बू जातिको सांस्कृतिक पहिचानको रूपमा रहेको सिलाम साक्माको प्रवर्धन तथा प्रचार गरिएको छ। गाउँपालिकाले मौलिक संस्कृतिको जगेर्ना साथै प्रवद्र्धन गर्ने उद्देश्यसहित सिलाम साक्माको प्रतिमा निर्माण गरी प्रवर्द्धधनात्मक प्रचार गरेको हो।
युरोप निर्यात हुन थाले बटुका
किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन् ।
कञ्चनजङ्घा हीरक महोत्सवको लोगो सार्वजनिक
ताप्लेजुङ, माघ २९ गते । आगामी बैशाखमा ताप्लेजुङमा आयोजना गर्न लागिएको कञ्चनजङ्घा हीरक महोत्सवको ‘लोगो’ सार्वजनिक गरिएको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहणको ७० वर्ष पुगेको अवसरमा आयोजना गर्न लागिएको कञ्चनजङ्घा हीरक महोत्सवको आधिकारिक लोगो सार्वजनिक गरिएको हो ।कञ्चनजङ्घा हीरक महोत्सव संयोजन समितिले सोमबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै लोगो सार्वजनिक गरेको हो । महोत्सवको आधिकारिक लोगो सार्वजनिक गर्नुहुँदै संयोजन समितिका संयोजक पिछ्वाङ शेर्पाले महोत्सवको प्रचारप्रसारमा टेवा पुग्ने बताउनुभयो ।महोत्सव भव्यरुपमा सम्पन्न गर्न व्यवस्थापन र तयारीमा जुटेको आयोजक समितिले तयारीलाई नै थप टेवा पुर्याउनेगरी महोत्सवको छुट्टै लोगो निर्माण गरेर सार्वजनिक गरिएको संयोजक शेर्पाले जानकारी दिनुभयो । उहाँले लोगो निर्माण (डिजाइन) सँगै महोत्सवको तयारी निरन्तर भइरहेको पनि जानकारी दिनुभयो ।कञ्चनजङ्घा आरोहणको ७० औं वार्षिक उत्सव अर्थात हीरक महोत्सव आगामी २०८२ साल वैशाख ५ देखि ७ गतेसम्म तीन दिन मनाइने भएको छ । कञ्चनजङ्घा व्यवस्थापन परिषद्को मुख्य कार्यालय रहेको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा महोत्सव आयोजना हुने छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र प्रकृतिको उपहार, संरक्षण क्षेत्रमा पर्यापर्यटन समृद्धिको आधार भन्ने नारासहित कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको सङ्ख्या बढाउने मुख्य उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको परिषद्का सदस्य–सचिव मनकुमार राईले जानकारी दिनुभयो ।समुद्री सतहदेखि आठ हजार ५८६ मिटर उचाइ रहेको कञ्चनजङ्घा हिमालको सन् १९५५ मे २५ मा बेलायतका आरोही जर्ज बैण्डले पहिलो पटक आरोहण गर्नुभएको थियो । कञ्चनजङ्घामा मानव पाइला टेकेको ७० वर्ष पुगेको अवसरमा हीरक महोत्सव आयोजना गर्न लागिएको हो । यसअघि २०७३ साल मङ्सिरमा पनि कञ्चनजङ्घा आरोहणको ६० वर्ष पुगेको अवसरमा फुङ्लिङको सुकेटारमा हीरक महोत्सव आयोजना गरिएको थियो ।
गोरुगाडामा पराल ओसार्दै किसान
सुनसरी, माघ २९ गते । सुनसरीको इनरुवा नगरपालिका १ मा गोरुगाडामा पराल ओसार्दै किसान । ट्याक्टरको बढ्दो प्रयोगसँगै पछिल्लो समय गोरुगाडाको प्रयोग न्यून हुँदै गएको छ । तस्बिरः रासस
संवाद र सहकार्यमार्फत केबलकार निर्माण प्रक्रियालाई अघि बढाउन आग्रह
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम क्षेत्रको केबलकार निर्माण प्रक्रियालाई वातावरणमैत्री बनाउनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।
अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी अन्तरक्रिया
जिल्लाको म्याङ्लुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी जिल्लाका सरोकार भएका व्यक्तिसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नागको चित्रले जन्माएका मूर्तिकार
मोरङको बेलबारी–११, लक्ष्मीमार्गका गणेश लामा सबैखाले मूर्ति र सालिक बनाउन सिपालु हुनुहुन्छ ।
कोशी ब्यारेजको विकल्प खोजी
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोशी ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सडक र पुल निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । कोशी ब्यारेजको निर्धारित आयु समाप्त भइसकेकाले कुनै पनि समय नदीको बहावले ब्यारेजमा क्षति पुगी जनधनको ठुलो क्षति हुन सक्ने भएकाले नयाँ पुलको प्रस्ताव
कुलोमा डुबेर एकको मृत्यु
मोरङको उर्लाबारी नगरपालिका–२ सुनझोडास्थित कुलोमा डुबेर सोमबार बिहान एक जनाको मृत्यु भएको छ।
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
पाँचथरमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
पाथीभरा केबलकार निर्माणमा अवरोध नगर्न आग्रह
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले पाथीभरा केबलकार निर्माणको काममा अवरोध नगर्न सबै पक्षलाई आग्रह गरेको छ ।
दोस्रो उराँव लोक सांस्कृतिक कार्यक्रम सुनसरीमा
नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान सुनसरीको आयोजनामा र कुडुख म्यूजिक समूहको सह–आयोजनामा दोस्रो उराँव लोक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
समाजवादीका नीति–कार्यक्रम जनमुखी छन् : नेता खनाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टीका तर्फबाट ल्याइएका नीति तथा कार्यक्रम देश र जनताका पक्षमा रहेको बताउनुभएको छ ।
वनभित्र निर्माण गरिएको रानी जलाशय
दाङ, माघ २८ गते । दाङको तुलसीपुर उपमहानगरपालिका १८ स्थित रानी सामुदायिक वनभित्र निर्माण गरिएको रानी जलाशय । सिँचाइ तथा पर्यावरणका लागि बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले उक्त जलाशय निर्माण गरेको हो । तस्बिरः रासस
उदयपुरको जगदेश्वरी गुफा
उदयपुर, माघ २८ गते । उदयपुरको कटारी नगरपालिका १ खसिबासमा रहेको जगदेश्वरी महादेव गुफा । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको यो गुफा प्रचार प्रसार अभावमा ओझेलमा छ । तस्बिरः रासस
पढ्दै कमाउँदै गर्न सिकाइरहेका छौँ
पश्चिम मोरङको सुन्दरहरैँचा नगरपालिका जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या वृद्धिदर भएको नगरपालिका हो । साबिकका कोशीहरैँचा र सन्दरदुलारी नगरपालिकालाई समायोजन गरी निर्माण भएको यो नगरपा
सुन्दरहरैँचा विराट् एक्स्पो हुने
मोरङको सुन्दरहरैँचा १०, विराट चोकमा विराट् एक्स्पोको चौथो संस्करण हुने भएको छ ।