ताप्लेजुङको ओलाङचुङगोलामा यस वर्ष पहिलो पटक हिमपात
फुङलिङ, फागुन ४ गते । ताप्लेजुङको ओलाङचुङगोलमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । गत वर्ष पुसमै भएको हिमपात यस वर्ष फागुनमा मात्र भएको छ । स्थानीय तेन्जिङ शेर्पाका अनुसार यस वर्षको पहिलो पटक गए राति देखि हिमपात भएको हो । ओलाङचुङगोला बस्तीमा करिब ४ सेन्टिमिटर हिमपात भएको उहाँले बताउनुभयो । उहाँले यस वर्षको हिउँद याममा आफूहरूले जाडो नै महसुस नगरेको समेत बताउनुभयो । गत वर्ष अत्यधिक हिमपात भएको र यस वर्ष हिमपात नै नभएकाले जाडोको अनुभूति नभएको उहाँको भनाइ थियो ३ हजार २ सय मिटरको उचाइमा रहेको यस बस्तीमा पहिलो पटक हिमपात हुँदा भ्रमण लागि पुगेका पर्यटक हर्षित भएका छन् । शेर्पाका अनुसार हिजो साँझ १० जना पर्यटक चीनको सीमावर्ती क्षेत्र टिपताला भञ्ज्याङसम्म भ्रमणका लागि पुगेका छन् । बस्ती क्षेत्रमा कम मात्रामा हिमपात भए पनि सीमावर्ती क्षेत्रमा अत्यधिक हिमपात भएको हुनाले गाडीमा यात्रा गर्न जोखिम हुने स्थानीयको भनाई छ । यस्तै सबैभन्दा बढी पर्यटक तथा तीर्थयात्री आउने क्षेत्र पाथीभरा मन्दिरमा समेत हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा देवी मन्दिरदेखि करिब ४ किलोमिटर तल रहेको माथिल्लो फेदीसम्म हिमपात भएको स्थानीय राजेन्द्र महतले जानकारी दिनुभयो । जिल्लाका अन्य विभिन्न उच्च स्थानमा गएरातिदेखि नै हिमपात जारी रहेको छ ।
फरक क्षमता भएका विद्यार्थीलाई सहयोग
डेरी एसोसिएसन धनकुटाले धनकुटा नगरपालिका–१० मा रहेको आधारभूत विद्यालयका विद्यार्थीलाई कपडा तथा खाद्यान्न वितरण गरेको छ ।
इनरुवा गोल्डकप फुटबलको तयारी
सुनसरीको इनरुवामा दाता सहयोगी र चन्दाबाट प्रथम अन्तर्राष्ट्रिय इनरुवा गोल्ड कप फुटबलको तयारी भएको छ ।
खोरेतविरुद्व खोप अभियान सुरु
पाँचथरसहित कोशी प्रदेशका १४ जिल्लामा चौपायालाई खोरेत रोगविरुद्व खोप अभियान सुरु भएको छ। स्वस्थ्य दूध र मासु उत्पादन र वस्तुको निर्यात प्रवर्द्धनमा टेवा पु¥याउन खोरेतविरुद्वको खोप लगाउन थालिएको हो।
मन्थली नगर कप सुरु, विजेताले एक लाख पाउने
रामेछापको मन्थलीमा तेस्रो मन्थली नगर कप रनिङ शिल्ड भलिबल प्रतियोगिता र प्रथम महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
राष्ट्रपति रनिङ शिल्ड अर्को वर्ष सिदिङ्वामा हुने
ताप्लेजुङस्थित जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १६ औँ संस्करण आगामी वर्ष सिदिङ्वा गाउँपालिकामा हुने भएको छ। विगत तीन वर्ष अघिदेखि सदरमुकाम बाहिर आयोजना गर्न सुरु गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्को वर्ष अर्थात् २०८२ मा सिदिङ्वामा हुने भएको हो।
दीपक बज्राचार्यको लाइभ कन्सर्ट
गायक दीपक बज्राचार्य र उहाँको रिदम ब्यान्डले भ्यालेन्टाइको दिन पारेर पाँचथरको सदरमुकाम फिदिम माविको खेल मैदानमा साङ्गीतिक प्रस्तुति दिएको छ।
बाक्लो हुस्सुसँगै चिसो बढेपछि जनजीवन प्रभावित
ताप्लेजुङमा बाक्लो हुस्सुसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । चारैतिर ढाक्नेगरी बाक्लो हुस्सुसँगै बढेको चिसोले सदरमुकाम फुङ्लिङसहित जिल्लाको जनजीवन प्रभावित भएको हो ।
माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु
जिल्लाको माङ्सेबुङ गाउँपालिकामा एकैपटक चार सिँचाइ आयोजना सुरु भएका छन् । चालू आर्षिक वर्षमा सम्पन्न हुनेगरी दुई करोड ८० लाख सात हजार छ सय ७८ को लागतमा उक्त सिँचाइ आयोजना सुरु भएका हुन् ।
वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक वनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहरा हटाएको छ ।
सरकारले ल्याएको अध्यादेश पारित हुन्छ : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने दाबी गर्नु भएको छ ।
कोशी सरकार स्थापनाको सात वर्ष : प्रदेशकै आन्तरिक राजस्व कार्यालय स्थापनाको तयारी
कोशी प्रदेश सरकार स्थापना भएको सात वर्ष पूरा भएको छ । त्यस अवसरमा शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोह आयोजना गरी शुभकामना आदान प्रदान गरिएको छ ।
५० मुरीभन्दा धेरै धान उत्पादन गर्ने किसान पुरस्कृत
पाँचथरको फाल्गुनन्द गाउँपालिकाले बाढी पहिरो र प्राकृतिक प्रकोपसँग जुध्दै ५० मुरीभन्दा धेरै धान फलाउने किसानलाई पुरस्कार र प्रसंशा पत्रसहित सम्मान गरेको छ ।
सूर्यमुखी खेती
सुनसरी, फागुन ३ गते । सुनसरीको इनरुवा नगरपालिका ९ मा सूर्यमुखीखेती गोडमेल गर्दै किसान । सूर्यमुखी फूल एक कट्ठा जमिनमा दुईदेखि अढाई मन उत्पादन हुने किसान बताउँछन् । तस्बिरः रासस
घरको वास्तु
मोरङ, फागुन ३ गते । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोकमा जारी सुन्दरहरैँचा विराट एक्स्पो ४ मा प्रदर्शनीमा राखिएको धार्मिक वास्तुशास्त्र नियम अनुसार बनाएको घरको संरचना । तस्बिरः रासस
मैत्रीपूर्ण भेट्रान्स महिला फुटबल
किरात धर्मगुरुआमा पवित्रहाङमा साँबा लिङदेनको ६९ औँ जन्मोत्सवको अवसरमा इलामको माङसेबुङ गाउँपालिका ५ स्थित लारुम्बामा शुक्रबार भएको मैत्रीपूर्ण भेट्रान्स महिला फुटबल खेलमा प्रतिस्पर्धा गर्दै स्थानीय धार्मिक संस्था९रातो० र राजनीतिक दल (पहेँलो) का महिला खेलाडी।
फिदिममा बन्यो प्रेम केन्द्र
पाँचथरको सदरमुकाम फिदिममा प्रेम केन्द्र (लभ प्वाइन्ट) निर्माण भएको छ । घुमफिर गर्दै फोटो खिचेर सामाजिक सञ्जालमा पस्कन रुचाउने युवकयुवतीलाई लक्षित गरेर लभ प्वाइन्ट निर्माण भएको हो ।
राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने विद्यार्थीलाई सम्मान
ताप्लेजुङको आठराई त्रिवेणी र मेरिङ्देन गाउँपालिकाले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्न सफल विद्यार्थी (खेलाडी) लाई सम्मान गरेका छन्। आफ्ना पालिकाको तर्फबाट प्रतियोगितामा सहभागी भई विभिन्न विधामा विभिन्न पदकमा विजयी हुन सफल विद्यार्थीलाई गाउँपालिकाले सम्मान गरेका हुन्।
गाउँपालिकाले निःशुल्क दन्त उपहार प्रदान गर्ने
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले निःशुल्क दन्त उपहार प्रदान गर्ने भएको छ । पालिकाभित्र रहेका ७० वर्षभन्दा माथिका आंशिक वा पूर्ण रुपमा दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क रुपमा दन्त उपहार प्रदान गर्ने भएको हो ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
वराहक्षेत्र नगरपालिकाको आयोजनामा शुक्रबारदेखि छैठौं वराहक्षेत्र नगरपालिका माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन नगर प्रमुख रमेश कार्कीले गर्नुभएको छ ।
पाथीभरा याङ्वरक कार्यसम्पादन मूल्याङ्कनमा प्रथम
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्याङ्कन नतिजामा जिल्लाको पहिलो भएको छ । एक नगरपालिकासहित नौ स्थानीय तह रहेको जिल्लामा आठवटा स्थानीय तहलाई पछि पार्दै पाथीभरा याङ्वरक गाउँपालिका पहिलो भएको हो ।
किसानका लागि खरिद गरिएको सामग्री गोदाममै थन्कियो
राष्ट्रिय चिया तथा कफी बिकास बोर्डले इलामको चिया किसानलाई बितरण गर्ने उद्देश्यले खरिद गरिएको ६१ लाख बढी मूल्यको सुरक्षा सामग्री एक बर्षदेखि राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड चिया बिस्तार योजना फिक्कलको गोदाममा थन्किएको छ ।
पर्यटन प्रवर्द्धनका लागि फोटो प्रदर्शनी
पाँचथरको फिदिममा पर्यटन प्रवर्द्धनका लागि फोटो प्रदर्शनी भएको छ। सदरमुकाम फिदिममा भएको प्रदर्शनीमा पाँचथरका पर्यटकीय स्थलसँगै यहाँको कला संस्कृतिलाई प्रस्तुत गरिएको छ। पर्यटन, कला र संस्कृतिसँगै रैथाने उत्पादनको प्रवर्द्धन गर्न फोटो प्रदर्शनी गरिएको आयोजकको भनाइ छ।
विराटनगरमा सोरुम फोडेर कार चोरी
विराटनगरमा सोरुम फोडेर कार चोरी भएको छ । शुक्रबार बिहान सोरुमको मुख्य गेट खोलेर, भित्रको सीसा भएको ढोका फोडेर कार चोरेको थाहा भएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।