• ४ फागुन २०८१, आइतबार

दीपक बज्राचार्यको लाइभ कन्सर्ट

blog

फिदिममा आयोजित कार्यक्रममा प्रस्तुति दिनुहुँदै गायक दीपक बज्राचार्य। तस्बिरः राधा लुइटेल

राधा लुइटेल 

फिदिम, फागुन ३ गते। गायक दीपक बज्राचार्य र उहाँको रिदम ब्यान्डले भ्यालेन्टाइको दिन पारेर पाँचथरको सदरमुकाम फिदिम माविको खेल मैदानमा साङ्गीतिक प्रस्तुति दिएको छ।

फिदिमका सक्रिय युवाले स्थापना गरेको सामाजिक संस्था ‘हेल्प टुगेदर फाउन्डेसन’ को आयोजनामा बज्राचार्य र उनको ब्यान्ड रिदम पार्कले  फिदिममा पहिलो पटक प्रस्तुति दिएको हो।

कार्यक्रममा रिदम ब्यान्डले नयाँ र पुराना गरी दर्जन अधिक गीतको साथमा लाखे र झाँक्री नाच समेत प्रस्तुत गरेको थियो। 

युवा पुस्तामाझ बढ्दो लागुपदार्थ दुर्व्यसन न्युनीकरणसँगै गीत र सङ्गीतका माध्यमबाट पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउन यो कार्यक्रम आयोजना गरिएको आयोजक हेल्प टुगेदर फाउन्डेसनका अध्यक्ष सुशील श्रेष्ठले जानकारी दिनुभयो।

प्रणय दिवसको अवसरमा बज्राचार्य उपस्थित कन्सर्ट हेर्न अधिकांश युवा–युवती भेला भएका थिए। सदरमुकामसँगै ग्रामीण क्षेत्रबाट आएका सङ्गीतप्रेमीले बज्राचार्यको लाइभ कन्सर्टमा रमाएका हुन्। 


बज्राचार्य र उहाँको टिमले राति १० बजेदेखि निरन्तर दुई घण्टा प्रस्तुति दिएको थियो। बज्रचार्यले स्टेजमा ‘म त हावा सँगै आँउछु’ , ‘काँचो माया पियारी’, ‘मायाको डोरीले’, ‘ओ अमिरा’, ‘काली काली’, ‘कसले देला धन’ सहित नयाँ पुराना एक दर्जन गीत प्रस्तुत गर्नुभयो।