वासुदेव शर्मा
जाजरकोट, जेठ ३१ गते । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–७ बगराका अन्दाजी १९ वर्षीय विनोद परियारको उपचारका क्रममा रुकुमपश्चिमको चौरजहारी मिसन अस्पतालमा मृत्यु भएको हो । साथै अर्का एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनमा गम्भीर हुनुभएका सोही वडाका १९ वर्षीय जयबहादुर परियारको नेपालगन्जस्थित अस्पतादलमा उपचार भइरहेको छ ।
शुक्रबार नलगाड नगरपालिका–७ खगेनकोटस्थित जाजरकोट–डोल्पा सडक खण्डमा सरिया लोड गरी दल्लीदेखि कायाखेत जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते विनोद र जयबहादुरलाई उद्धार गरी उपचारका लागि प्रहरीले नगर अस्पताल दल्ली पठाएको थियो । दल्लीमा प्राथमिक उपचारपछि दुबै जनालाई रुकुमपश्चिमस्थित चौरजहारी मिसन अस्पताल पठाइएको थियो ।
चौरजहारी मिसन अस्पतालमा उपचारका क्रममा चालक विनोदलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष चन्दले बताउनुभयो । साथै अर्का घाइते जयबहादुरलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको उहाँको भनाइ छ ।
ईलाका प्रहरी कार्यालय चौरजहारी रुकुमपश्चिमका प्रहरी निरीक्षक दिपेन्द्र रावलको कमाण्डमा खटिएको प्रहरी टोलीले शवको पोष्टमार्टमका लागि नगर अस्पताल दल्ली पठाएको छ ।