पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’
अधिकभन्दा अधिक आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले चुलाचुली गाउँपालिका ३ र ४ मा अवस्थित ऐनापोखरीमा महोत्सव आयोजना गरिएको छ ।
भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन
यहाँस्थित भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय ५१ राजस्व सङ्कलन गरेको छ ।
फेमेखोलामा पुल निर्माण गर्न फिदिम नगरपालिकाको माग
फिदिम–फालोट सडकअन्तर्गत फेमेखोलामा पुल निर्माण गरिदिन फिदिम नगरपालिकाले माग गरेको छ । गत असोज १२ गते आएको बाढीले पुल बगाएको उक्त स्थानमा ‘बेलिब्रिज’ निर्माण गरी आगामी वर्षायाममा यातायात सञ्चालन गर्न फिदिम नगरपालिकाले माग गरेको हो ।
कार्यसम्पादनमा सूर्योदय दोस्रो
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा इलामको सूर्योदय नगरपालिका देशका ७५३ पालिकामध्ये दोस्रो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समावेश गरेका १
खेतीयोग्य जमिन बाँझो राखे जरिवाना
फुङ्लिङ, फागुन २ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा खेतीयोग्य जमिन बाँझो राखे जरिवाना लाग्ने भएको छ । पालिकाले जारी गरेको आर्थिक विधेयक २०८१ को अनुसूची–११ मा जरिवानाको व्यवस्था गरेको हो ।यस्तै जथाभाबी पशु चौपाया छाड्ने व्यक्तिलाई समेत सजाय र जरिवानाको व्यवस्था गरिएको छ । जस अनुसार खेतीयोग्य जमिन बाँझो राखेमा तोकिएको मालपोत करको थप एक सय प्रतिशत जरिवाना लिइने छ । विधेयकमा खेतीयोग्य जमिन हो की होइन भनेर ठहर गर्ने जिम्मेवारी सम्बन्धित वडाध्यक्षलाई दिइएको छ । खेतीयोग्य जमिन बाँझो राख्नेबाट प्राप्त भएको जरिवानाको २५ प्रतिशत रकम सम्बन्धित टोल विकास संस्थालाई पुरस्कार स्वरूप प्रदान गरिने छ ।विधेयक अनुसार जथाभाबी पशु चौपाया छाड्ने व्यक्तिलाई प्रति पशु एक सय रुपियाँ जरिवाना लिने छ । उक्त कार्यको अनुगमनको जिम्मेवारी सम्बन्धित टोल विकास संस्थालाई दिइएको छ । यस्तै गाउँपालिका क्षेत्रभित्रका नदी, खोला खोल्सी आदिमा पाइने दुर्लभ असला र तिते लगायतका माछा मार्न रासायनिक विषादी वा, करेन्ट वा महाजाल प्रयोग गर्ने व्यक्ति तथा समूहलाई प्रचलित सङ्घीय तथा प्रादेशिक कानुनमा उल्लेखित बाहेक गाउँपालिकाले थप १० हजार रुपियाँ जरिवाना लिने पालिकाले जारी गरेको विधेयकमा उल्लेख गरिएको छ ।
जनयुद्ध दिवसमा स्थानीय बिदा
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले बिहीबार स्थानीय सार्वजनिक बिदा दिएको छ। माओवादी जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले एक दिन सार्वजनिक बिदा दिएको हो।
एमाले धनकुटा नगर अध्यक्षमा छाराहाङ
नेकपा (एमाले) धनकुटाको दोस्रो नगर अधिवेशनले अर्जुन छाराहाङको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन गरेको छ । अधिवेशनले उपाध्यक्षमा चन्द्रकृष्ण ठकुरी, सचिवमा लक्ष्मण घिमिरे तथा उपसचिवमा मानबहादुर राई र दुर्गा ढकाल चयन हुनु भएको छ ।
वित्त आयोगको कार्य सम्पादनमा सोलुदूधकुण्ड पहिलो
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका जिल्लाका स्थानीय तहमध्ये पहिलो भएको छ ।
राष्ट्रपति रनिङ शिल्डमा सहभागी विद्यार्थीको विदाइ
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका विद्यार्थी (खेलाडी) लाई विदाइ गरेको छ । गाउँपालिकाले प्रतियोगितामा सहभागी भएर विभिन्न विधामा विभिन्न पदक जित्न सफल विद्यार्थीलाई सम्मानसहित विदाइ गरेको हो ।
लैङ्गिक हिंसा नियन्त्रणमा सक्रियता
ताप्लेजुङमा लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी क्रियाकलापमा सक्रियता देखाउन थालिएको छ। लैङ्गिक हिंसाका घटनालाई न्युनीकरण गर्ने उद्देश्यसहित हिंसा नियन्त्रणका क्रियाकलापमा थप सक्रिया देखाउन सुरु गरिएको हो।
स्थायी पुनर्वासको पर्खाइमा पहिरो पीडित
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरोपीडित परिवार स्थायी पुनर्वासको पर्खाइमा रहेका छन्। हाल अस्थायी आवासमा बस्दै आएका मैवाखोला गाउँपालिका–४ साँघुका पहिरो पीडित परिवार स्थायी आवास अर्थात् पुनर्वासको पर्खाइमा रहेका हुन्।
कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण
कोशी टप्पु बन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । कोशी प्रिमियर लिग सञ्चालक समितिको आयोजनामा फागुन ३ गतेबाट सुरु हुने लिगको ट्रफी अनावरण कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई प्रमुख अथित्यतामा गरिएको हो ।
टमाटर टिप्दै किसान
सुनसरी, फागुन १ गते । सुनसरीको इनरुवा नगरपालिका ८ मा बिक्रीका लागि बजार पठाउन बारीमा टमाटर टिप्दै किसान । १५ कट्ठा जमिनमा व्यावसायिक रुपमा टमाटर खेती गरिरहेका किसान शिवचरण मेहताका अनुसार अहिले टमाटरको भाउ घटेर थोकमा १५ रुपियाँभन्दा कम मूल्यमा बिक्री भइरहेको छ । तस्बिरः रासस
ताप्लेजुङको सिङ्जेमा ताल
ताप्लेजुङ, फागुन १ गते । समुद्र सतहदेखि चार हजार ७०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुगोला क्षेत्रमा रहेको सिङ्जेमा ताल । पछिल्लो समय तमोर कोरिडोर सडक टिप्ताला भन्ज्याङ पुगेसँगै सिङ्जेमा ताल पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । तस्बिरः रासस
आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुनेपोखरी
दक्षिणी इलामको माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा पर्ने तेह्रकुनेपोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । यहाँ घुम्न, तस्बिर खिच्न, भिडियो छायाङ्कन गर्न र वनभोज खान आउनेको हरेक सप्ताहान्तमा भीड लाग्ने गरेको छ ।
रेडक्रस खोटाङको सभापतिमा जोशी
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको सभापतिमा ज्ञानेन्द्र जोशी निर्वाचित हुनुभएको छ । पाँच कार्यकाल जिल्ला सभापति सम्हाल्ली सक्नुभएका अर्का उम्मेदवार कुमारसिंह बस्नेतलाई दोब्बर बढी मतले पराजित गर्दै जोशी दोस्रो कार्यकालका सभापति निर्वाचित हुनुभएको हो ।
पूर्वले भित्र्याउन सकेन भारतीय पर्यटक
पूर्वी नेपालका धेरै पर्यटकीय गन्तव्य अहिले पनि पर्यटकको पर्खाइमा छन् ।
राष्ट्रपति रनिङ शिल्डमा २५ स्वर्णसहित मैवाखोला प्रथम
ताप्लेजुङको मैवाखोला गाउँपालिका जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएको छ ।
केबलकार निर्माण क्षेत्रका बाँकी रूख कटान
केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रूख कटान गरेको छ। सरकारी प्रतिनिधि र नो केबलकार समूहद्वारा गठित समन्वय समितिको वार्ता भाँडिएपछि केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रूख कटान गरेको हो।
मन्थली नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्ड उपाधि
१२औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ ।
पाथीभरामा उठ्यो माघमा १० लाख बढी भेटी
पाथीभरा क्षेत्र विकास समितिले माघ महिनामा गणना गरिएका भेटी रकम सार्वजनिक गरेको छ । समितिले हरेक महिना गणना गरिएको भेटी प्रत्येक महिनाको मसान्तको दिन सार्वजनिक गर्ने निर्णय र प्रतिबद्धताअनुसार नै भेटी रकम सार्वजनिक गरेको हो ।
दलित सशक्तीकरणका लागि कोष स्थापना गरिने
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायको सशक्तीकरणका लागि छुट्टै कोष स्थापना गर्ने तयारी गरेको छ ।
फिदिमको १६ औं नगर सभा, दुई वटा ऐन संशोधन
फिदिम नगरपालिकाको १६ औं अधिवेशन (हिउँदे सभा) सम्पन्न भएको छ ।
विपन्नका घर बनाउँदै विदेशी नागरिक
मोरङको कानेपोखरी–१, झरनाघुट्टुमा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत अति विपन्न परिवारका लागि धमाधम सुरक्षित घर निर्माण भइरहेका छन् । कानेपोखरी गाउँपालिका, ह्याबिट्याट फर