• १ फागुन २०८१, बिहिबार

जनयुद्ध दिवसमा स्थानीय बिदा

blog

तापेथोकस्थित फक्ताङ्लुङ गाउँपालिका कार्यालय मनाइएको जनयुद्ध दिवस । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ ३० गते। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले बिहीबार स्थानीय सार्वजनिक बिदा दिएको छ। माओवादी जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाले एक दिन सार्वजनिक बिदा दिएको हो।

गाउँपालिका अध्यक्ष स्तरीय बुधबार बसेको बैठकको निर्णयअनुसार फागुन १ गते बिहीबार सार्वजनिक विदा दिएको हो। गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले जारी गर्नुभएको विज्ञप्तिअनुसार विदामा गाउँपालिका कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालय, सङ्घ संस्था, बैङ्क र शैक्षिक संस्थाहरू बन्द हुने छन्। 

२०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा माओवादीले सुरू गरेको सशस्त्र युद्ध १० वर्षपछि विस्तृत शान्ति सम्झौतामा टुङ्गिएको स्मरणमा फागुन १ गते सार्वजनिक विदा दिएको गाउँपालिकाले जनाएको छ। माओवादी जनयुद्धकै बलमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको र उक्त ऐतिहासिक उपलब्धिको सधैं स्मरण गर्न योग्य रहेको पनि गाउँपालिका अध्यक्ष लिम्बूले उल्लेख गर्नुभएको छ।