चिया नबिक्दा किसान चिन्तित
ताप्लेजुङमा चिया बिक्री नभएपछि उत्पादक किसान चिन्तित बनेका छन् । मोटो रकम लगानीसँगै धेरै मेहनत गरेर लगाएको खेतीबाट उत्पादन हुन थालेको चिया सुरुवातमै बिक्री नभएपछि किसानमा चिन्ता छाएको हो ।
सालक संरक्षणका लागि जनचेतनामूलक सडक नाटक
उत्तरी मोरङको केरावारी–याङ्सिला क्षेत्रबाट सङ्कटापन्न अवस्थामा रहेको सालक चोरी तस्करी बढेपछि स्थानीय नमूना पर्माकल्चर सिकाइ थलो याङ्सिलाले ‘तस्करी’सडक नाटक प्रदर्शन गरेको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा धनकुटा नगरपालिका प्रथम
धनकुटाको सात वटा स्थानीय तहमध्ये धनकुटा नगरपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कन नतिजामा जिल्लाको पहिलो भएको छ ।
कञ्जनजङ्घा आधार शिविरमा हाफ म्याराथन प्रतियोगिता हुने
तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधारशिविरमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको आयोजनामा उक्त कञ्चनजङ्घा साहसिक हाफ म्याराथन प्रतियोगिता हुने भएको हो ।
गायक चौधरी सिङ्गर अफ द इअरबाट सम्मानित
थारू भाषाको गीत “ए हौँ साली झुम्कावाली, तोहर खातिर छै दिल हमर खाली” यस गीतका गायक रत्नदिप चौधरी सिङ्गर अफ द इअर २०२५ बाट सम्मानित हुनुभएको छ । अपन स्वर्ग नेपाल कला संस्कृति बहुभाषिक चलचित्र महासंघ केन्द्रीय कार्यालय सुनसरी नेपालको आयोजनामा इनरुवामा आयोजित एएसएन इन्टरनेशनल अवार्ड २०२५ बाट सम्मानित हुनुभएको हो ।
ग्यास सिलिन्डर लिक हुँदा आगलागी : सात करोड ३० लाखको क्षति
हलेसी बजारमा लागेको भीषण आगलागीबाट सात करोडभन्दा बढीको क्षति भएको छ । ग्यास लिक हुँदा सुरु भएको आगोले भीषणरुप लिँदा सात करोड ३० लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
सांस्कृतिक महोत्सव र फोटो प्रदर्शनी
पाँचथरको फिदिममा पर्यटन प्रवर्धनका लागि सांस्कृतिक महोत्सव र फोटो प्रदर्शनीको आयोजना गरिएको छ । जिल्लाको सदरमुकाम समेत रहेको फिदिम नगरपालिका क्षेत्रमा रहेका पर्यटकीय स्थलसँगै यहाँको कला संस्कृति र रैथाने उत्पादनको प्रवर्द्धन गर्न सामाजिक संस्था हेल्प टुगेदर फाउण्डेसनले फोटो प्रदर्शनी गरिएको हो ।
विश्रान्तिमा शिव महापुराण सुरु
धनकुटाको विश्रान्ति मन्दिरमा शिव महापुराण सुरु भएको छ ।
पञ्चनमा लिफ्टिङ खानेपानी आयोजनका लागि ३९ करोड
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–३ को पञ्चनमा खानेपानी योजना सञ्चालनका लागि ३९ करोड रुपियाँ बजेटको स्रोत सुनिश्चित भएको छ । खानेपानीको चरम अभाव हुने पञ्चनमा समस्या समाधानका लागि गाउँपालिका असिम राईको पहलमा बजेट प्राप्त भएको हो ।
मापदण्डविपरीतका सडक पूर्वाधार जलाधार संरक्षणमा मुख्य चुनौती
पहाडी तथा नदी तटीय क्षेत्रमा निरन्तर हुने भू–क्षयीकरण र भूस्खलनलाई नियन्त्रण गर्दै वातावरण संरक्षण तथा बाढीपहिरो रोकथामका लागि बृहत् जलाधार व्यावस्थापन कार्यव्रmम प्रभावकारी भएको छ ।
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष
रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् ।
बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन
झापा, फागुन ५ गते । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को रु सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ ।फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थानीय तह मेचीनगर, विर्तामोड र बुद्धशान्तिको मानव मलमूत्रीय लेदो प्रशोधन गरी प्राङ्गारिक मल बनाउन पाँच वर्षअघि उक्त अनुदान दिएको थियो ।दाताबाट प्राप्त अनुदानमा लगानी साझेदारी स्वरुप ती स्थानीय तहले रु एक करोड ३७ लाख ८३ हजार तीन सय ३८ थप गरी कुल लागत रु नौ करोड १८ लाख ८८ हजार नौ सय २३ मा प्रशोधन केन्द्र निर्माण भएको थियो ।दाताको अनुदान र स्थानीय तहको संयुक्त साझेदारीमा जे लक्ष्यका साथ केन्द्रको स्थापना भएको थियो, सञ्चालनको पाँच वर्षमा कुनै पनि उपलब्धि हुनसकेको छैन । प्रयोगमा नआएका उपकरणलगायत धेरैजसो संरचना र साधन काम नलाग्ने भएका छन् ।एसियाली विकास बैंकले तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ सेक्टरलाई हस्तान्तरण गरेको उक्त प्रशोधन केन्द्रको रेखदेख र सञ्चालन चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले गर्दै आएको छ । तीन स्थानीय तहबाट सङ्कलन हुने मानवमलमूत्र प्रशोधनपश्चात प्राङ्गारिक मल उत्पादन गर्ने केन्द्रको लक्ष्य थियो । पाँच वर्षको अवधिमा केन्द्रबाट प्राङ्गारिक मल उत्पादनको परीक्षणसमेत हुन सकेन । संस्थाका अध्यक्ष राजन चिमरियाले प्रशोधनका लागि आवश्यक दिसाजन्य लेदो, दक्ष प्राविधिक जनशक्ति र सञ्चालन स्रोतको अभावले केन्द्र परिणाममुखी बन्न नसकेको बताउनुभयो ।“प्रशोधनका लागि महिनामा एक सय ५० ट्याङ्कर लेदो पदार्थ आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “तर महिनामा १८ देखि ३० ट्याङ्करभन्दा बढी लेदो पदार्थ कहिल्यै सङ्कलन हुन सकेन । प्राइभेट ट्याङ्करहरूले खोला र जङ्गलतिर फालिदिने भएकाले यहाँ लेदो पर्याप्त सङ्कलन हुनसकेन ।”प्राइभेट ट्याङ्करहरूले ल्याएको लेदोलाई प्रतिट्याङ्कर रु पाँच सय लिइने गरेको र केन्द्रको आफ्नै ट्याङ्करले स्थानीयवासीको घरबाट ढुवानी गरेर ल्याउनु परेमा रु तीन हजार शुल्क लिइने गरेको अध्यक्ष चिमरियाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रु पाँच सय तिर्नु नपरोस् भनेर प्राइभेट ट्याङ्करहरूले खोला र जङ्गलतिर लगेर लेदो फाल्ने गरेका छन् ।”केन्द्रमा लेदो प्रशोधनका लागि निर्मित २८ वटा ट्याङ्कीमध्ये पाँच वर्षमा १४ वटा पनि भरिएका छैनन् । बाँकी १४ वटा ट्याङ्की खाली छन् भने लेदो, पानी र प्रांगारिक मलको रासायनिक तथा जैविक परीक्षणका लागि स्थापना गरिएको अत्याधुनिक प्रयोगशाला सञ्चालनमा आएको छैन ।प्राविधिक जनशक्ति नभएका कारण प्रयोगशाला प्रयोगमा आउन नसकेको र वार्षिक रु तीन लाख घाटा खेपेर केन्द्रको रेखदेख गरिरहेको संस्थाका सचिव प्रेमराज घिमिरेले बताउनुभयो । “दाताले संरचना बनाइदिनुभयो, तर दक्ष जनशक्ति र सञ्चालन स्रोतको व्यवस्था हुन सकेन”, सचिव घिमिरे भन्नुहुन्छ, “उपभोक्ता संस्थाले एक जना ट्याङ्कर चालक र एक जना सहचालकको व्यवस्था गरेका छौँ । सरकार र निजी क्षेत्रको नयाँ साझेदारी मोडलमा यसको सञ्चालन हुनुपर्छ भन्ने हाम्रो धारणा छ ।”संस्थालाई दिसाजन्य लेदो ओसारपसारका लागि दाताले एउटा ट्याङ्कर दिएका छन्भने कार्यालय प्रयोजनका लागि दुईतले पक्की भवन, प्रयोगशाला भवन, दर्जनौँ प्रशोधन प्रविधियुक्त संरचना, उत्पादित प्राङ्गारिक मल राख्ने र सुकाउने व्यवस्थित पक्की टहरा निर्माण गरिदिएको छ ।दातृ टोलीद्वारा अनुगमनप्रयोगमा आउन नसकेको चारआली मलमूत्रीय फोहर प्रशोधन केन्द्रको आइतबार कोशी प्रदेश सरकार र बेलायती दातृ निकायको टोलीद्वारा अनुगमन भएको छ ।अनुगमन टोलीलाई दातृ निकायको तर्फबाट बेलायती विदेश, राष्ट्रमण्डल र विकास कार्यालय [एफसिडीओ]को पानी, सरसफाइ र स्वच्छता [वास] सल्लाहकार लिजा रुजेले र कोशी प्रदेश सरकारको तर्फबाट खानेपानी तथा सरसफाइ महाशाखाका प्रमुख कृष्णप्रसाद राजवंशीले नेतृत्व गर्नुभएको थियो ।अनुगमन टोलीसमक्ष चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष राजन चिमरिया, पूर्वअध्यक्ष लालबहादुर थेबे र सचिव प्रेम घिमिरेले केन्द्रको अवस्था, समस्या र सञ्चालनका लागि आवश्यक स्रोत र साधनका बारेमा जानकारी गराउनुभएको थियो ।उक्त संरचनाको प्रभावकारी उपयोग गर्न तत्काल प्रयोगशाला प्राविधिक, उपकरणहरूको मर्मतसम्भार, थप एक थान ट्याङ्कर, थप जनशक्ति र निजी ट्याङ्करले खोला जंगलमा दिसाजन्य लेदो फाल्न नपाउने कानुनी व्यवस्था आवश्यक रहेको विषयमा अनुगमन टोलीको ध्यानाकर्षण गरिएको अध्यक्ष चिमरियाले बताउनुभयो ।
खोटाङको हलेसी बजारमा आगलागीमा तीन घर जले
खोटाङको हलेसी बजारमा भीषण आगलागी भएको छ । पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट आइतबार साँझ सुरु भएको आगो निरन्तर फैलिएको छ ।
चिया बिक्री नहुँदा किसान मर्कामा
ताप्लेजुङमा चिया बिक्री नभएपछि उत्पादक किसान चिन्तित बनेका छन् । मोटो रकम लगानीसँगै धेरै मिहिनेत गरेर लगाएको खेतीबाट उत्पादन हुन थालेको चिया सुरुवातमै बिक्री नभएपछि किसानमा चिन्ता छाएको हो ।
रेडक्रस इलामको सभापतिमा गौतम
इलाम रेडक्रस जिल्ला सभापतिमा शिव गौतम चयन हुनुभएको छ । नेपाल रेडक्रस सोसाइटी इलामको सम्पन्न अधिवेशनले उहाँलाई सभापतिमा चयन गरेको हो ।
बजारमा म्याद गुज्रिएका सामान
खोटाङको हलेसी बजारमा सञ्चालित पसलमा अत्यधिक मात्रामा म्याद गुज्रिएका अखाद्य सामग्री भेटिएका छन् । बजार अनुगमनको क्रममा दैनिक उपभोग्य सामग्रीहरु अत्यधिक मात्रामा म्याद गुज्रिएको भेटिएको हो ।
धार्मिक पर्यटकको बसाइँ लम्ब्याउन पदमार्ग निर्माण
पाथीभरा क्षेत्र विकास समितिले तीर्थयात्री तथा पर्यटकको बसाइँ लम्ब्याउन पदमार्ग निर्माण गरेको छ । समितिले फुङलिङ नगरपालिका –१० स्थित फुरुम्बुको गुन्द्रेडाँडामा ‘युमा माङहिम मुन्धुम स्थल पदमार्ग’ निर्माण गरेको हो ।
ग्राहकको आकर्षण बन्दै गोबरबाट बनेका सामग्री
मोरङको सुन्दरहरैँचा –१० स्थित विराटचोकमा सञ्चालन भइरहेको सुन्दरहरैँचा विराट एक्स्पोमा गाईको गोबरबाट निर्मित पूजा सामग्रीमा अवलोकनकर्ताको ध्यान खिचिएको छ ।
मुख्यमन्त्री र स्वीस प्रतिनिधिबिच भेट
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीस सरकारका प्रतिनिधि बिच भेटवार्ता भएको छ ।
आजदेखि इलाममा राष्ट्रपति रनिङ शिल्ड सुरु
इलामको माई नगरपालिकामा आजदेखि जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले उदघाटन गर्नुभयो ।
सुनसरीमा लागेको हुस्सु
सुनसरी, फागुन ४ गते । सुनसरीको इनरुवा नगरपालिका–४ मा आइतबार बिहान लागेको बाक्लो हुस्सु । तस्बिरः रासस
ताप्लेजुङको छुर्पी
फुङ्लिङ, फागुन ४ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा रहेको कोसेली घरमा बिक्रीका लागि राखिएको चौंरीको दूधबाट बनाएको छुर्पी । यहाँ छुर्पी प्रतिकेजी रु. एक हजार ५०० मा बिक्री गरिन्छ । तस्बिरः रासस
सत्र वर्षपछि पुल निर्माण
विराटनगर–भद्रपुर हुलाकी राजमार्ग अन्तर्गत मोरङको रतुवामाई नगरपालिका र झापाको गौरीगन्ज गाउँपालिका जोड्ने रतुवाखोलामा १७ वर्षपछि पुल निर्माण भएको छ । पुल सञ्चालनमा आएपछि हिउँदमा
खानेपानी समस्या, खोलाकै पानी पिउँछन् स्थानीय
उदयपुरको कटारी नगरपालिका–१, माथिल्लो खसिबासका स्थानीयलाई खानेपानीको समस्या छ । खानेपानीको कुनै पनि आयोजना सञ्चालन नहुँदा यहाँका स्थानीय खोलाको पानी पिउन बाध्य छन् ।