मौलिक संस्कृती प्रवर्धनमा केन्द्रित आदिवासी सांस्कृतिक महोत्सव
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा आदिवासी जनजातिको मौलिक संस्कृति प्रवर्धनमा जोड दिँदै सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । ‘बहुलजाती भाषा संस्कार संस्कृति र विविधता हाम्रो पहिचान, समृद्ध खिजिदेम्बा निर्माणका लागि सामूहिक अभियान’ भन्ने मुल नाराका साथ खिजिदेम्बा गाउँपालिका–५ को खिजिफलाटे बजारमा तीन दिनसम्म महोत्सव सञ्चालन भएको थियो ।
आगो निभाउने क्रममा जलेर घाइते
झापाको मेचीनगर नगरपालिकामा भएको आगलागीको घटनामा परेर एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार बेलुका मेचीनगर नगरपालिका वडा नं. ४ आमडाँगीमा लागेको आगलागीमा परेर ५१ वर्षीय विरेन्द्रराज राई गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु
मेची राजमार्गको रोङ गाउँपालिका ३, हाँसपोखरीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको सूर्याेदय नगरपालिका ६, फाजीगाउँका ४० वर्षीय दीर्घराज राई र उहाँका ७० वर्षीय बुबा पवनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
केन्याली चेयुलियोट र जेरोटिसलाई धरान रनको उपाधि
१३ औँ धरान १०–के रनको खुला उपाधी पुरुषतर्फ केन्याका धावक ह्विल्सन चेउलियोट र महिलातर्फ केन्याकै शरन जेरोटिस प्रथम हुनुभएको छ ।
पाथीभरामा यस वर्षकै बाग्लो हिमपात
ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो ।
गाउँमै बेसार प्रशोधनको सुविधा
गाउँमै प्रशोधनको सुविधा हुन थालेपछि उत्पादित बेसारले राम्रो भाउ पाउन थालेको छ । सुनसरीको वराहक्षेत्र २ मा रहेको हरिद्वार कृषि सहकारी संस्थाले गाउँमा उत्पादित बेसार खरिद गरी प्रशोधन सुरु गरेसँगै बेसारले राम्रो भाउ पाउन थालेको हो ।
शिक्षा ऐन जारी गर्न शिक्षक महासंघ सोलुखुम्बुको माग
नेपाल शिक्षक महासङ्घ जिल्ला कार्यसमिति सोलुखुम्बुले सङ्घीय शिक्षा ऐन जारी गर्न माग गरेको छ । महासंघले शुक्रबार २२ बुँदे मागसहित शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुमा ध्यानाकर्षणपत्र बुझाएको छ ।
स्वाधीनताको सम्बन्धमा सम्झौता हुँदैन : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वाधीनताको सम्बन्धमा कुनै सम्झौता नहुने बताउनु भएको छ। कोशी प्रदेशको राजधानी विराटनगरमा शुक्रबार नेपाली काङ्ग्रेस सूचना तथा प्रचार विभागको आयोजनामा भएको ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’को उद्घाटन गर्दै महामन्त्री थापाले यस्तो बताउनु भएको हो।
पूर्वाञ्चलमा भएको यातायात बन्द फिर्ता
ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर बिहीबार काफ्लेपाटीमा घाइते लिन गएको गाडी तोडफोड र चालकमाथि भएको कुटपिटको विषयलाई लिएर यातायात व्यवसायीले गरेको यातायात बन्द फिर्ता भएको छ ।
ताप्लेजुङमा निर्माणाधीन केबुलकार विवाद समाधान गर्न पुनः वार्तामा आउन अपिल
ताप्लेजुङमा निर्माणाधीन केबुलकारको विवादलाई समाधान गर्नका लागि गृह मन्त्रालयले पुनः आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन गृह मन्त्रालयले आग्रह गरेको हो ।
प्रजातन्त्र सेनानी बस्नेतको सम्झनामा श्रद्धाञ्जली सभा
प्रजातन्त्र सेनानी तथा नेपाली कांग्रेसका नेता देवीध्वज बस्नेतको ४५ दिनको पुण्य तिथिको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुले श्रद्धाञ्जली सभाको गरेको छ । उहाँको ९८ वर्षको उमेरमा निधन भएको थियो ।
एभरेष्टबैँकको १३० औं शाखा फिदिममा
एभरेष्ट बैँक लिमिटेडले पाँचथरमा शाखा विस्तार गरेको छ । यो बैँकको फिदिममा १३० औं शाखा हो । उक्त शाखाको उद्घाटन प्रमुख अतिथिको आसनबाट फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले गर्नुभयो ।
जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन्ः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जनताले पटकपटक तानाशाह र निरंकुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प नसोच्नेसमेत बताउनुभयो ।
कर प्रणालीका विषयमा सरोकारवालाबिच संवाद
सुनसरीको कोशी गाउँपालिकामा स्थानीय तहको कर प्रणालीको विषयमा सरोकारवालाबिच संवाद कार्यक्रम सम्पन्न भएको छ । स्थानीयस्तरमा भएको कर सङ्कलन संयन्त्र र प्रकृतिको बारेमा रहेको अस्पष्टतालाई प्रष्ट पार्ने उद्देश्यका साथ कर प्रणालीको विषयमा सरोकारवालाबिच संवाद गरिएको हो ।
फुङ्लिङमा एभरेष्ट बैंकको शाखा
एभरेष्ट बैंक लिमिटेडले ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा शाखा स्थापना गरी सेवा सुरु गरेको छ । बैंकको १३१ औं शाखाका रुपमा फुङ्लिङ शाखा स्थापना गरी शुक्रबारदेखि औपचारिक रुपमा सेवा सुरु गरेको हो ।
पाँचथरमा ७ हजार बढीले लगाए एचपिभि खोप
पाँचथर जिल्लाका ७ हजार ९ सय १८ जना किशोरीलाइ पाठेघरको मुखमा लाग्ने क्यान्सरविरुद्वको (एच.पि.भि.)खोप लगाइएको छ ।
गहुँ र तोरीखेती
सुनसरी, फागुन ९ गते । सुनसरीको इनरुवा नगरपालिका ९ मा किसानले लगाएको गहुँ र तोरीखेती । किसानले घुसुवा बालीको रूपमा गहुँखेतीभित्र तोरी लगाउने गरेका छन् । तस्बिरः रासस
मदन भण्डारी राजमार्ग, रुखमा छपान सुरु
राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा निर्माण सुरु भएको मदन भण्डारी राजमार्गका वन क्षेत्रका रुख कटानका लागि छपान सुरु भएको छ । राजमार्गको मोरङ खण्डमा २०.९४३ हेक्टर वन क्षेत्रका २ हजार १६३ वटा रुख कटान लागि हाल धमाधम छपान भइरहेको छ ।
प्रहरीद्वारा घाइते कस्तुरीको उद्धार
फुङलिङ, फागुन ९ गते । नेपाल प्रहरीको टोलीले ताप्लेजुङमा घाइते अवस्थामा भेटिएको पोथी कस्तुरीको उद्धार गरेको छ । फक्ताङ्लुङ गाउँपालिका ७ ओलाङ्चुङगोलामा घाइते अवस्थामा भेटिएको पोथी कस्तुरीको बिहीबार उद्धार गरिएको हो । घाइते कस्तुरीको इलाका प्रहरी कार्यालय ओलाङ्चुङगोलाले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रबी रावलले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रका कर्मचारीको सहकार्यमा कस्तुरीको उद्धार गरिएको छ । जङ्गली जनावर मलसाँप्रोको आक्रमणका कारण कस्तुरी घाइते भएको प्रनाउ रावलले जानकारी दिनुभयो । प्रहरीका अनुसार उद्धार गरिएको कस्तुरीलाई उपचारपछि सुरक्षित वासस्थान तर्फ छोडिएको छ ।
जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ७ जोगिटोलस्थित मदनभण्डारी राजमार्गमा जन्ती बोकेको बस र मिनिट्रक एक आपसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य पाँच जना गम्भीर घाइते भएका छन ।
पाथिभरा क्षेत्रको यातायात बन्द
ताप्लेजुङको फुङलिङदेखि पाथिभरा क्षेत्रको काफ्लेपाटीसम्मको यातायात बन्द भएको छ । यातायात व्यवसायी सङ्घ काफ्लेपाटीले यातायात बन्द गरेको हो ।
केबुलकार विवादः झपडमा १३ घाइते
ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबुलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरीबिच झडप हुँदा तेह्र जना घाइते भएका छन्। बिहीबार केबुलकार निर्माणस्थलमा भएको झडपमा प्रहरीसहित १३ जना घाइते भएका हुन्।
फिदिम नगरपालिका ६ को प्रशासकीय भवन उद्घाटन
पॉचथरको फिदिम नगरपालिका–६ को वडा कार्यालय भवन उद्घाटन भएको छ । भवन उद्घाटन कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङबो (मौसम) ले गर्नुभएको हो ।
हामी देशको क्रान्तिकारी राजनीतिक शक्ति हौँ : उपाध्यक्ष श्रेष्ठ
नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा (माओवादी केन्द्र) देशको जिउँदो क्रान्तिकारी राजनीतिक शक्ति रहेको बताउनुभयो।