• १० फागुन २०८१, शनिबार

माझी उत्थान सङ्घको अध्यक्षमा रामप्रसाद

blog

माझी उत्थान संघ पाँचथरका नव निर्वाचित पदाधिकारीहरु । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम, फागुन १० गते ।
नेपाल माझी उत्थान सङ्घ पाँचथरको अध्यक्षमा राम प्रसाद माझी चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा बिरबहादुर माझी, सचिव विमला माझी, सहसचिव ममिता माझी, कोषाध्यक्ष रिता माझी निर्वाचित हुनुभएको छ ।

कार्य समिति सदस्यस्यहरूमा बिमला माझी, रनबहादुर माझी, मङ्गलबहादुर माझी, दिलमाया माझी र चनु माझी चयन भएको नव निर्वाचित अध्यक्ष रामप्रसाद माझीले जानकारी दिनुभयो ।

नव निर्वाचित अध्यक्ष माझीले सिमान्तकृत माझी समुदायको हकहित र अधिकारका लागि अहोरात्र खटेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम माझी उत्थान सङ्घ जिल्ला समिति पाँचथरका निवर्तमान अध्यक्ष जसबहादुर माझीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नव निर्वाचित अध्यक्ष माझी हिलिहाङ गाउँपालिका ७ का निर्वाचित वडा सदस्य पनि हुनुहुन्छ ।

अधिवेशनलाइ फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र हिलिहाङ गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी लगायतले सम्बोधन गर्नुभएको थियो ।