राधा लुइटेल
फिदिम, फागुन ९ गते । एभरेष्ट बैँक लिमिटेडले पाँचथरमा शाखा विस्तार गरेको छ । यो बैँकको फिदिममा १३० औं शाखा हो ।
उक्त शाखाको उद्घाटन प्रमुख अतिथिको आसनबाट फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले गर्नुभयो ।
शाखा उद्घाटन गर्नुहुँदै काफ्लेले वित्तीय संस्थाहरूको लगानीले फिदिम बजार र यहाको अर्थव्यवस्था विकासमा टेवा पुर्याएको बताउनुभएको छ । उहाँले सरल र सहज कर्जा विस्तार गरी कृषि क्षेत्रको व्यावसायिक विकासमा मद्दत गर्न आग्रह गर्नुभयो ।
गत पुस महिनाबाटै कारोबार सुरु गरेको एभरेष्ट बैँकको फिदिम शाखा उद्घाटन भने बिहीबार साँझ गरिएको हो ।
उद्घाटन कार्यक्रममा बैँकको सञ्चालक समिति सदस्य किरणकृष्ण श्रेष्ठले फिदिममा स्थापित शाखाले जिल्लाका नागरिकलाई सहज रूपमा वित्तीय सेवा दिने प्रतिबद्धता जनाउनुभयो ।
बैँकले विभिन्न किसिमका कर्जा योजना लिएर ग्राहकसम्म पुग्ने उहाँको भनाइ थियो ।