बिक्री गर्न राखिएको प्याज
सुनसरी, मङ्सिर ३० गते । सुनसरीको इनरुवास्थित थोक तरकारी बजारमा किसानले बिक्री गर्न ल्याएको प्याज । यहाँ प्याज प्रतिकिलो रु. ८० मा बिक्री भएको किसान बताउँछन् । तस्बिरः रासस
‘पार्टीको सङ्गठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय’
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको सङ्गठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय रहेको बताउनुभएको छ ।
वेवारिसे अवस्थामा मोटरसाइकल
मोरङ जिल्लामा विभिन्न समयमा ट्राफिक प्रहरीद्वारा चेकिङ गर्दा कागजपत्र बिलबुक, लाइसेन्स र नियमविपरीत चलाइएका मोटरसाइललाई नियन्त्रण लिई जिल्ला अदालत परिसरमा बेवारिसे राखिएको छ ।
धान्य पुर्णिमामा मधुगंगा मेला
धार्मिक तथा पर्यटकीयस्थल मधुगंगा महादेवस्थानमा धान्य पुर्णिमा तथा उधौली पर्वको अवसरमा लाग्ने धार्मिक मेला सुरु भएको छ।
पत्रकार महासंघ झापाको अध्यक्षमा गिरी निर्वाचित
पत्रकार महासंघ झापाको अध्यक्षमा एकराज गिरी निर्वाचित हुनुभएको छ । प्रेस युनियान र प्रेस चौतारीको तर्फबाट गठबन्धन गरि निर्वाचनमा रहनुभएका गिरीले १३१ मतका साथ बिजयी हुनुभयो । यसैगरि उपाध्यक्षमा सुब्रत न्यौपाने र महिला उपाध्यक्षमा वेनिशा शर्मा निर्वाचित हुनुभयो ।
पत्रकार महासंघ सुनसरी अध्यक्षमा काफ्ले
नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित हुनुभएको छ । सुनसरीको २ सय १४ मतमा कुल १ सय ८१ मत खसेकोमा काफ्लेले ९४ मत ल्याएर विजयी हुनुभएको हो ।
इनरुवामा लागेको बाक्लो हुस्सु
सुनसरी, मङ्सिर २९ गते । सुनसरीको इनरुवा नगरपालिका–४ मा शनिबार बिहान लागेको बाक्लो हुस्सु । शीतलहरसहितको बाक्लो हुस्सुका कारण अत्यधिक जाडो बढेर पूर्वी तराईको जनजीवन प्रभावित भएको छ । तस्बिरः रासस
शोभाकलीको वात्सल्यमा उपहारकली
कोशीटप्पु वन्यजन्तु आरक्षमा फेलापरेको छावालाई आरक्षकै हात्तीसारमा रहेको शोभाकली (माउ हात्ती) ले आफ्नै सन्तान जसरी माया दर्साउन थालेको छन् ।
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
जिल्लामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ ।
हरियो तरकारी खरिद बिक्री
सुनसरी, मङ्सिर २८ गते । सुनसरीको इनरूवा नगरपालिका–४ स्थित थोक तरकारी बजारमा हरियाे तरकारी किनमेल गर्दै स्थानीयवासी । तस्बिरः रासस
हिमपहिरोले बनाएको पोखरी
फुङ्लिङ, मङ्सिर २८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको आधारशिविर क्षेत्रमा हिमपहिरोले बनाएको पोखरी । जलवायु परिर्वतनको कारणले हिमाली क्षेत्र जोखिममा पर्दै गएको छ । तस्बिरः रासस
उत्पादन प्रवर्धनमा ‘ओरेन्ज फेस्टिभल’
कोलकातामा केही वर्षयता हिमालय ओरेन्ज फेस्टिभल हुँदै आएको छ । फेस्टिभल पछिल्लो समय कोशी प्रदेशका जिल्लामा उत्पादन हुने कृषि तथा घरेलु र पर्यटकीय क्षेत्रको
२९ हजार अमेरिकन डलर सहित मिया पक्राउ
२९ हजार सात सय अमेरिकी डलर सहित एक जनालाई झापा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार दिउँसो २ बजे कमल गाउँपालिका वडा न ३ केर्खा चोक स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा दमकबाट बिर्तामोड तर्फ जादैं गरेको प्रदेश १–०२–००१ ख ९५३० नम्बरको बसमा सवार झापा गौरादह नगरपालिका वडा न ५ बस्ने वर्ष २५ को मोहम्मद नौसाद मियालाई रकम सहित पक्राउ गरेको जनाएको हो ।
वडामा योजना सम्झौता भएपछि उपभोक्तालाई सहज
खोटाङको रावाबेँसी गाउँपालिकाले वडामै पुगेर योजना सम्झौतासँगै बैंक खाता खोलिदिएपछि नागरिकलाई सहज भएको छ।
हिमपहिरोले बनाएको पोखरी
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधारशिविर क्षेत्रमा हिमपहिरोले बनाएको पोखरी।
चीन-नेपालमैत्री औद्योगिक पार्क निर्माण प्रकिया अघि बढाउन 'पीडीए' सम्झौता
चार वर्षअघि शिलान्यास भएर भौतिक प्रगति शून्य अवस्थामा रहेको चीन–नेपाल मैत्री औद्योगिक पार्क निर्माण प्रकिया अब अघि बढ्ने ढोका खुला भएको छ ।
कोशीको स्थानीय उत्पादन तथा पर्यटन प्रवर्द्धनमा जोड
फेस्टिभल पछिल्लो समय कोशी प्रदेशका जिल्लामा उत्पादन हुने कृषि तथा घरेलु र पर्यटकीय क्षेत्रको प्रचारप्रसारको लागि राम्रो माध्यम बनेको छ ।
चिया परीक्षण तथा अनुसन्धान केन्द्र उद्घाटन
इलामको कन्याममा निर्माण गरिएको नेपालकै पहिलो चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्रको उद्घाटन गरिएको छ ।
स्वदेश फिर्ताको माग गर्दै भुटानी शरणार्थी
देशभर मानवअधिकार दिवस मनाइरहँदा पूर्वी नेपालमा रहेका भुटानी शरणार्थीहरुले आफूहरुको मानवअधिकारको विषयमा गम्भीर बन्न अन्तर्राष्ट्रिय सुमदायसँग गुहार मागिरहेका छन् । ३३ वर्षदेखि झापा र मोरङमा रहेका दुई वटा शरणार्थी शिविरका शरणार्थीहरु स्वदेश फिर्तिको प्रतिक्षामा छन् ।
सीमा क्षेत्रबाट गाँजा बरामद
पूर्वी पहाडी जिल्ला धनकुटा, भोजपुर, उदयपुरलगायतबाट अवैध रूपमा गाँजा उत्पादन गरी सुनसरीको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रबाट तस्करी गर्ने गिरोह सक्रिय भएपछि पछिल्लो समय सशस्त्र प्र
धरानमा शनिबारदेखि योमरी महोत्सव हुँदै
नेवाः देय दबुले आगामी शनिबारदेखि तीनदिनसम्म यहाँ योमरी महोत्सव गर्ने भएको छ ।
मल छर्दै किसान
सुनसरी, मङ्सिर २७ गते । सुनसरीको इनरुवा नगरपालिका ९ मा मकै रोप्नुअघि खेतमा रासायनिक मल छर्दै किसान । मकै रोप्न तयारी खेतमा युरिया, डिएपी र पोटाँस मिसाएर छर्नुपर्ने किसान बताउँछन् । तस्बिरः रासस
किवीभन्दा अलैँचीबाटै फाइदा
किबीभन्दा अलैँचीबाटै दसौँ गुणा फाइदा हुने मकै बारी मासेर किवी लगाएका किसान विनोद खतिवडाले बताउनुभएको छ ।
आम्दानीको राम्रो स्रोत बन्दै सामुदायिक वनमा माछापालन
बजारमा उच्च माग भएका साल र अस्ना जातका रुख नभएका सामुदायिक वनहरू वैकल्पिक आय खोजी गर्न थालेका छन् ।