• २४ माघ २०८१, बिहिबार

प्रदेशस्तरीय चेस प्रतियोगिता

blog

सुन्दरहरैँचा,  माघ २४ गते ।  विराट चेस क्लबको आयोजनामा आगामी फागुन ३ देखि ७ गतेसम्म यहाँ कोशी प्रदेशस्तरीय चेस प्रतियोगिता हुने भएको छ । 

चेसलाई प्रदेशस्तरमा प्रवद्र्धन तथा नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । 

क्लबका निर्देशक खगेन्द्र थापाका अनुसार प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद रु २० हजार, रु १५ हजार र रु १० हजारसँगै पदक प्रदान गरिने छ । क्लबले बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । रासस