• २६ माघ २०८१, शनिबार

विद्यालयमा ५ लाख रुपियाँको अक्षयकोष

blog

साहारा लिम्बू

ताप्लेजुङ, माघ २५ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको ठोट्ने सिंहराज मनरानी आधारभूत विद्यालयमा ५ लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको छ । स्व. भगिमाया इस्वो वनेम र स्व. श्रीमाया फोम्वो वनेमको स्मृतिमा ५ लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको हो । 

विद्यालयका शिक्षक लेखनाथ गौतमका अनुसार भूपू ब्रिटिश आर्मी अगेन्द्रबहादुर वनेम लिम्बू, मचिन्द्र वनेम, र योगेन्द्र वनेमले संयुक्त रुपमा नगद ५ लाख रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको हो । 

यसअघि पनि भूपू ब्रिटिश आर्मी वनेमले त्यही विद्यालयमा आफ्ना स्वर्गीय बुबाआमा बलबहादुर वनेम, सुभद्रा वनेम तथा स्वर्गीय दाजु जयप्रसाद वनेमको स्मृतिमा ५ लाख रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको थियो । 

विद्यालयले अक्षयकोषबाट प्राप्त भएको वार्षिक ब्याजबाट उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहनस्वरुप छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । पछिल्लो समयमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किँदो क्रममा रहेकाले थप टेवा दिन अक्षयकोषले मदत गर्ने अक्षय कोषदाताको विश्वास छ । आज एक कार्यक्रमका साथ मैवाखोला गाउँपालिकाकाका अध्यक्ष विजयप्रकाश वनेमको प्रमुख आतिथ्यतामा अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ ।