• २४ माघ २०८१, बिहिबार

बुढासुब्बा गोल्डकप : साविक विजेता एनआरटी फाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै एनआरटी र भारतका खेलाडी । तस्बिर : गोरखापत्र

निशा राई

धरान, माघ २४ गते । साविक विजेता न्यूरोड टिम (एनआरटी) धरानमा जारी २५औँ बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

धरान रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता न्यूरोड टिम (एनआरटी)ले पाहुना टोली युनाइटेड कार्साङ फुटबल क्लब भारत  (युकेएफसी) लाई ३–१ गोलले हरायो । 

एनआरटीको जितमा २८औँ मिनेटमा शिशिर लेखिले सुरूवाती गोल गर्नुभयो । उहाँले गिडियो नाहलेको पासमा गोल गर्नुभएको हो । ४५औँ मिनेटमा प्रदिप बुढाथोकीले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । ७६औँ मिनेटमा शिशिर लेखीको पासमा पुन: प्रदिप बुढाथोकीले गोल गर्नुभयो । 

भारतको तर्फबाट ३१औं मिनेटमा हेमराज भुजेलले गर्नुभएको गोल सान्त्वना बन्यो । एनआरटीका शिशिर लेखि म्यान अफ दि म्याच बन्दै १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । फाइनलमा एनआरटीले चर्च ब्वाइज युनाइटेड क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगिताको विजेताले ट्रफीसहित १० लाख र उपविजेताले ट्रफीसहित पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।