बिजुलीको पोल लागेर एकको मृत्यु
रुखको हाँगा काट्दा बिजुलीको पोल ढलेर लाग्दा झापा मेचीनगरमा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान साढे १० बजेको समयमा चिया बगानमा रहेको रुख काटने क्रममा रुखले बिजुलीको पोललाई ठक्कर दिइ घाइते बनेको मेचीनगर ५ का ५८ बर्षिय मंगले सार्कीलाई टाउकोमा चोट लागेको थियो ।
ताप्लेजुङमा राष्ट्रपति रनिङ शिल्ड सुरु
जिल्ला खेलकुद विकास समितिका अनुसार प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, सितोरियो कराँते, तेक्वान्दो र उसुजस्ता विधा समावेस छन् ।
सुन्तला खेतीमा जलवायु परिवर्तनको प्रभाव
सुन्तला उत्पादन हुन छाडेपछि अलिअलि भएको बोट मासेर अन्य बाली तर्फ लागेको अर्का स्थानीय सरोज आठपहरीया बताउनुहुन्छ ।
निजामती कर्मचारी युनियनको पाँचथर अध्यक्षमा बाँस्कोटा
नेपाल निजामती कर्मचारी युनियन पाँचथरको अध्यक्षमा सुजन बाँस्कोटा निर्वाचित हुनुभएको छ। फिदिम नगरपालिकामा सम्पन्न ९ औँ अधिवेशनबाट उहाँको नेतृत्वयमा सर्वसम्मत कार्यसमिति चयन भएको हो।
निजामती कर्मचारी युनियन सोलुको अध्यक्षमा ढुङ्गाना
नेपाल निजामती कर्मचारी युनियन सोलुखुम्बुको अध्यक्षमा केशव ढुङ्गाना सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
धरान कृषि उपज बजारमा दैनिक एक करोडभन्दा बढीको कारोबार
धरान कृषि उपज बजारस्थलमा दैनिक उपभोग्य खाध्य बस्तुको किनबेच बढेको छ ।
वराहक्षेत्रमा जङ्गली हात्तीको आतङ्क
सात वटाको सङ्ख्यामा रहेका जङ्गली हात्तीमध्ये दुई वटा हात्तीले किसान भुजेलले सञ्चालन गरेको आदित्य कृषि फर्म, फर्ममा निर्माण भएको पक्की घर र घरभित्र रहेको २५ मन धान, २० मन मकै, ३ बोरा नुन र ब्लक मेसिनरी गरेको गोदाममा पूर्ण रुपमा क्षति पुर्याएको वराहक्षेत्र २ का वडा अध्यक्ष होमप्रसाद गौतमले बताउनुभयो ।
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
शिक्षादीप कलेज विराटनगरद्वारा आज यहाँ आयोजित सूचना प्रविधि कार्यशाला गोष्ठीको समापनमा उहाँले सूचना प्रविधिसम्बन्धी ‘इनोभेशन’लाई व्यावसायीकरण गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।
गोरखापत्रकर्मी राईलाई बुढासुब्वा गोल्डकप पत्रकारिता पुरस्कार
गोरखापत्रको धरान समाचारदाता रुपमा कार्यरत रहेकी पत्रकार निशा राईलाई २५ औं बुढासुब्वा गोल्डकपको पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।
किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञानकेन्द्र
यस वर्ष जिल्लाबाट रु ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको छ । चार हजार दुई सय मेट्रिकटन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ ।
महिला फुटबल प्रतियोगिताको उपाधि खेजेनिमलाई
श्री वसन्तपञ्चमी मेलाको अवसरमा सञ्चालन भएको वडास्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिताको उपाधि खेजेनिम र आयोजकले जितेका छन् । प्रतियोगिता श्री प्रगतिशील युवा क्लब मेरिङ्देन ४ लिङतेपको आयोजनामा सम्पन्न भएको हो ।
‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटककाे रोजाइमा
तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ मा रहेको किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा कङ्क्रिट प्रयोग नगरी चुनासुकीको पर्खाल निर्माण पदमार्ग सात सय ३० मिटर लामो छ ।
विद्यालयलाई पन्ध्र लाखसम्म अनुदान
ताप्लेजुङका स्थानीय तहले शैक्षिक गुणस्तर सुधार्न विभिन्न रचनात्मक योजना तथा गतिविधिसँगै आर्थिक अनुदान उपलब्ध गराउँदै आएका छन् । पछिल्लो समय खस्कँदै गएको शैक्षिक गुणस्तर सुधार
नौ महिनादेखि पदाधिकारीविहीन
सुनसरीको वराहक्षेत्रमा रहेको बृहत्तर वराहक्षेत्र विकास समिति नौ महिनादेखि पदाधिकारीविहीन भएको छ । राजनीतिक नियुक्तिका आधारमा बन्ने बृहत्तर वराहक्षेत्र विकास समितिमा नयाँ समिति नियुक्ति हुन नसक्दा बृहत्तर वराहक्षेत्र विकास समिति पदाधिकारीविहीन भएको हो ।
वरिष्ठ पत्रकार दाहाललाई सम्मान
ओखलढुङ्गा पत्रकार समाजले वरिष्ठ पत्रकार होमनाथ दाहाललाई सम्मान गरेको छ ।
विशेष आर्थिक क्षेत्रदेखि औद्योगिक ग्रामसम्म प्राथमिकतामा
नेपाल सरकारले नयाँ औद्योगिक नीति ल्याउने तयारी गरेको छ ।
पाँच दिने उदघोषण तालिम सम्पन्न
ताप्लेजुङको फुङ्लिङमा लैङ्गिक समानता तथा समावेशीकरण कार्यक्रम अन्तर्गत पाँच दिने उद्घोषण तालिम सम्पन्न भएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ ताप्लेजुङको आयोजना र फुङलिङ नगरपालिका ४ को समन्वयमा तालिम सञ्चालन भएको हो ।
‘अमर नेम्बाङ स्मृति सम्मान’ बाट धरावासी र स्मृति पुरस्कृत
। यस वर्षको अमर नेम्बाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार कविद्वय कृष्ण धरावासी र स्वप्निल स्मृतिलाई प्रदान गरिएको छ। अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले स्वर्गीय अमर नेम्बाङको छैटौं स्मृति दिवसको अवसर पारेर शनिबार उहाँहरुलाई नगद ५० हजार रुपियाँसहितको सम्मान अर्पण गरेको हो।
शैक्षिक गुणस्तर सुधार्न विद्यालयलाई पन्ध्र लाखसम्म अनुदान
ताप्लेजुङका स्थानीय तहले शैक्षिक गुणस्तरलाई सुधार्न विभिन्न रचनात्मक योजना तथा गतिविधिसँगै आर्थिक अनुदान उपलब्ध गराउँदै आएका छन्। पछिल्लो समय खस्कँदै गएको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले स्थानीय तहहरुले रचनात्मक योजना साथै अनुदान उपलब्ध गराउन थालेका हुन्।
एनआरटीद्वारा बुढासुब्बा गोल्डकपमा ह्याट्रिक
धरान रङ्गशालामा शनिबार भएको फाइनलमा साविक विजेता एनआरटीले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले हराउँदै उपाधिमा ह्याट्रिक गरेको हो ।
‘स्काउटले असल नागरिक निर्माणमा योगदान गरिरहेको छ’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले असल र राष्ट्रसेवामा समर्पित नागरिक निर्माणमा योगदान गरिरहेको बताउनुभएको छ ।
किराँतीको उद्गम स्थलमा मिनी ग्रेटवाल निर्माण
ऐतिहासिक पर्यटकीय क्षेत्र अर्थात् किराँतीको आदिम उद्गमस्थल तुवाचुङ जायजुङ डाँडामा पदमार्ग निर्माण गरिएको छ। ऐतिहासिकस्थल तुवाचुङ डाँडामा मिनी ग्रेटवाल नाम राखेर पदमार्ग निर्माण पश्चात उक्त क्षेत्र थप आकर्षित भएको छ।
जलवायु परिवर्तनका कारण हिउँ पग्लँदै
ताप्लेजुङ, माघ २६ गते । नेपाल–चीन सिमाना रहेको ताप्लेजुङको टिप्ताला क्षेत्रमा पग्लँदै गरेको हिउँ। जलवायु परिवर्तनका कारण यहाँ हिउँ पर्न कम हुँदै गएको छ। तस्बिरः रासस
बैङ्क खाता रोक्का हुँदा उदयपुर सिमेन्ट सङ्कटमा
सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगका सम्पूर्ण बैङ्क खाता रोक्का भएका छन् । स्थानीय रौता सप्लायर्सले यसअघि उद्योगमा आपूर्ति गराएको सामानको भुक्तानी नपाएको भन्दै काठ