• २७ माघ २०८१, आइतबार

नौ महिनादेखि पदाधिकारीविहीन

blog

वराहक्षेत्र समाचारदाता 

वराहक्षेत्र, माघ २७ गते । सुनसरीको वराहक्षेत्रमा रहेको बृहत्तर वराहक्षेत्र विकास समिति नौ महिनादेखि पदाधिकारीविहीन भएको छ । राजनीतिक नियुक्तिका आधारमा बन्ने बृहत्तर वराहक्षेत्र विकास समितिमा नयाँ समिति नियुक्ति हुन नसक्दा बृहत्तर वराहक्षेत्र विकास समिति पदाधिकारीविहीन भएको हो । 

यसअघि सङ्घीय सरकारको पर्यटन मन्त्रालयले हेर्दै आएको बृहत्तर वराहक्षेत्र विकास समिति पछिल्लो समय प्रदेश सरकारमातहत आउँदा समिति पदाधिकारीविहीन बनेको छ । प्रदेशले विकास समिति गठन आदेश जारी गरेको भए पनि पदाधिकारी नियुक्त गर्न नसक्दा वराहक्षेत्रको विकास र संरक्षणको काम प्रभावित भइरहेको छ । 

समितिकोे अध्यक्ष र सदस्यसचिवको पदावधि गत वैशाख २० गते समाप्त भएको थियो । कोशी प्रदेश शैक्षिक योजना तथा अनुसन्धान महाशाखाका प्रमुखसमेत रहेका दामोदर गौतमलाई गत जेठमा बृहत्तर वराहक्षेत्र विकास समितिको कार्यकारी निर्देशक तोकिएको थियो । गौतमले भन्नुभयो, “समिति गठन हुन सकेको छैन । समिति गठन नहुँदा बजेटसमेत विकास समितिमा नरहेको अवस्था छ । अहिले बृहत्तर वराहक्षेत्र समितिमा एक लाख मात्र बजेट रहेको छ ।”

सुनसरीको वराहक्षेत्र नगरपालिका, धरान उपमहानगरपालिका र रामधुनी नगरपालिकाको सम्पूर्ण क्षेत्र साथै धनकुटाको सहिदभूमि गाउँपालिका–१, २ र ३, सागुरीगढी गाउँपालिका–९ र १० का सम्पूर्ण क्षेत्र, उदयपुरको बेलका नगरपालिका–३, ४, ५, ७, ८ र ९ को सम्पूर्ण क्षेत्र बृहत्तर वराहक्षेत्र विकास समितिको क्षेत्र अधिकारभित्र पर्छ ।

वराहक्षेत्र बृहत्तर विकास समितिले वराहक्षेत्रको सामाजिक, आर्थिक, धार्मिक तथा सांस्कृतिक पक्षको विकासका निमित्त त्यस क्षेत्रभित्रका प्राचीन ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुराताìिवक तथा ऐतिहासिक महìवका प्राचीन स्थल तथा वस्तुको अन्वेषण तथा अनुसन्धान गर्ने, वराहक्षेत्रभित्र पर्यटनका लागि उपयुक्त हुने स्थानमा पर्यटन विकासका लागि आवश्यक कार्यव्रmम स्वीकृत गर्ने अधिकार समितिलाई छ । यसका साथै वराहक्षेत्रभित्र प्राकृतिक सम्पदाको संरक्षण गर्ने तथा वातावरणीय सन्तुलन कायम राख्ने खालका कार्यव्रmम सञ्चालन गर्ने भए पनि समिति नबन्दा पर्यटन विकासको कामसमेत प्रभावित भइरहेको छ ।