• २८ माघ २०८१, सोमबार

सरकार र नो केबलकार पक्षविचको वार्ता सकारात्मक

blog

वार्तामा सहभागी हुनुभएका प्रतिनिधिहरु ।

साहारा लिम्बू 

ताप्लेजुङ, माघ २७ गते।  ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको आन्दोलनरत पक्ष र सरकारबिचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । यद्यपि सो विलषयमा छलफल गरी सकारात्मक वातावरण बनाउनेगरी पहल भएको उहाँहरुको भनाइ छ । बसेरा होटल, सिंहदरबार काठमाडौंमा आज बसेको वार्ता निस्कर्षमा नपुगे पनि थप छलफल गरी अघि बढ्ने सहमति बनेको बताइएको छ ।   

मुक्कुमलुङमा नो केबलकार आन्दोलनको तर्फबाट सहजीकरण वार्ता टोलीका खगेन्द्र माखिमका अनुसार करिब ४० मिनेटपछि वार्ता विना निष्कर्ष टुङ्गिएको हो । मागको विषयमा सहमति कायम हुन नसक्दा वार्ता निचोडमा पुग्न नसकेको आन्दोलनरत पक्षको भनाइ छ । यसअघि आन्दोलनरत पक्षले सरकारी वार्ता समितिको ‘हैसियत’ नपुगेको भन्दै मन्त्रीस्तरको वार्ता टोली गठन गर्न माग गरेको थियो । 

गत माघ १२ गते प्रहरी र  ‘नो केबलकार’ पक्षधरबिच झडप भएपछि बन्दको आह्वान गरिएको थियो । करिब एक साता लामो यातायात बन्दले ताप्लेजुङसहित पूर्वका अन्य जिल्लाका नागरिकको जनजीवन प्रभावित बनेको थियो । यस्तै ताप्लेजुङबाट निर्वाचित सांसद योगेशकुमार भट्टराईले गृहमन्त्रीमार्फत भोलि साँझ ६ बजे भेटघाटको समय उपलब्ध भएको जानकारी दिनुभएको छ । 

आज बिहान १० बजेदेखि अपरान्ह १२ बजेसम्म निर्माणाधीन पाथिभरा केबलकारका बारेमा आन्दोलनरत पक्षका प्रतिनिधिहरूसँग संवाद भएको र उहाँहरूले गृहमन्त्रीज्यू समक्ष भेटेर आफ्ना कुरा राख्न चाहेकाले गृहमन्त्रीसमक्ष अनुरोध गरी उक्त समय उपलब्ध भएको जानकारी भट्टराईले दिनुभयो ।  साथै आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्तामार्फत समस्याको समाधान गर्न अनुरोध गरेको छ ।