समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग
भोजपुर, माघ २४ गते । पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै चर्चा हुने गरेको छ । पछिल्लो समय भने दक्ष कालिगड र कच्चापदार्थको अभावमा यो व्यवसाय समस्यामा पर्न थालेको छ । एकातिर दक्ष कालिगडको अभाव, अर्कोतिर सीप सिक्नुपर्ने युवा विदेश पलायन हुँदा त्यसको मार यस व्यवसायमा परेको छ । रोजगारी र पढाइका लागि युवाहरू विदेश जाने क्रम बढेको बताउँदै आरन उद्योगी घनश्याम विश्वकर्माले भन्नुभयो, “युवा पलायन र कच्चापदार्थको अभावका कारण पनि खुकुरी बनाउने आरन उद्योगहरूको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको छ ।”जिल्ला सदरमुकामका साथै कोट, दलगाउँ, गोगने, खावा, खैराङ, टक्सार, बोखिम, दाँवा, तिम्मा, दिङ्ला, देउराली, जरायोटारलगायत क्षेत्रहरूमा भोजपुरे खुकुरी बनाउने गरिएको छ । कालिगड र वनपैदावर कच्चापदार्थ अभावमा यी क्षेत्रका उद्योगहरूसमेत बन्द हुने अवस्थामा पुगेका छन् । राणाकाल र पञ्चायतकालदेखि नै प्रसिद्ध भोजपुरे खुकुरी जनशक्ति र सल्लाका काठ, कोइला, गोल जस्ता कच्चापदार्थको अभावका कारण उत्पादनमा कमी आउन थालेको उद्यमीहरूको गुनासो छ । रञ्जिता खुकुरी उद्योगका सञ्चालक दिनेश गजमेर भन्नुहुन्छ, “हाल भनेजस्तो दक्ष कालिगड भेटिँदैनन्, काठको त्यस्ते अभाव छ । यसकारण उत्पादन खट्दो छ, माग धान्न सकिएको छैन । कालिगड अभावका कारण महँगो ज्याला दिएर काम गराउनुपर्ने अवस्था छ ।” भोजपुरे खुकुरी प्रयोग गर्न, सजाउन र कर्मचारीको स्वागतदेखि बिदाइमा समेत बिक्री हुने गरेको उर्मिला आरन उद्योग भोजपुरका सञ्चालक हिरा श्रेष्ठले बताउनुभयो । भोजपुरमा सिरुपाते, बासँपाते, चित्लाङे, कोथिमुडा, पानवाला, धारखोले, बुदुनालगायतका खुकुरी बनाइन्छ । “यहाँ १९६५ सालदेखि नै खुकुरी उत्पादन सुरु गरिएको बताइन्छ । विसं २०२७ तिर तत्कालीन राजा महेन्द्र जिल्ला भ्रमणमा आएका बेला बोखिमका स्थानीय सिंगबहादुर विकले उपहारस्वरूप उहाँलाई खुकुरी दिएको र राजा बक्सिससहित यसको प्रचार भएपछि यहाँको खुकुरी लोकप्रिय हो”, उहाँले भन्नुभयो । स्थानीय बजारमा प्रतिगोटा खुकुरीको मूल्य रु ८०० देखि रु एक हजार ८०० सम्म पर्ने गरेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा बुदुने र बाँसपाते खुकुरीहरू बढी प्रयोगमा आउने गरेको छ । यहाँको खुकुरी धरान, उदयपुर, खाँदबारी, काठमाडौँ हुँदै बाहिरी मुुलुकहरूमा समेत चिनो, उपहार र सजावटका लागि ढुवानी हुने गरेको छ । यसको संरक्षणका लागि सरकारी तवरबाटै पहल गरिनुपर्ने यहाँका व्यवसायीको माग छ ।
झापा घटनालाई अतिरञ्जित गर्ने ३८ युट्युब च्यानलमाथि कारबाही
प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिई पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो र तस्बिरहरूसमेत राखी सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई कारबाही गरेको छ ।
‘नो केबलकार’ पक्षधर तीन जना रिहा
प्रहरीको नियन्त्रणमा रहेका नो केबलकार पक्षधरका तीन जना रिहा भएका छन् । सिदिङबा गाउँपालिका –५ का लक्ष्मण लिम्बू, तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बू र प्रदिप मादेन बुधबार साँझ रिहा भएका हुन् ।
भुटानलाई हराउँदै चर्च ब्वाइज फाइनलमा
चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ धरानमा जारी २५औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
खुम्बु जोड्ने पक्की पुल निर्माण
सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बुलाई स्थलमार्गबाट जोड्ने पुल तयार भएको छ ।
चौध वर्षमा पनि बनेन लम्सुवाघाट पुल
उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १४ वर्षबाट अलपत्र बनेको छ । करिव रु। चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको हो ।
प्रेस चौतारी ताप्लेजुङ अध्यक्षमा पुनः पालुङ्वा चयन
प्रेस चौतारी नेपाल ताप्लेजुङको अध्यक्षमा बसन्त पालुङ्वा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको छ । सङ्गठनको २७ औं स्थापना दिवसको अवसरमा मङ्गलबार सम्पन्न प्रेस चौतारी ताप्लेजुङको छैठौँ जिल्ला अधिवेशनले पालुङ्वाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
प्रसव व्यथाले चापेकी जोगीको बिचल्ली
ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा केबुलकार बनाउन थालेपछि त्यसको विरोधमा उत्रेको ‘नो केबुलकार’ समूहले आह्वान गरेको आमहड्तालको पहिलो दिन मङ्गलबार मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडकखण्डमा रुख ढालेर सडक अवरुद्व गरिएको छ ।
प्रेस चौतारी नेपाल पाँचथरको अध्यक्षमा थापा
प्रेस चौतारी नेपाल जिल्ला शाखा पाँचथरको अध्यक्षमा मदन थापा चयन हुनुभएको छ । मङ्गलबार राति सम्पन्न शाखाको २७ औं स्थपना दिवस तथा सातौं जिल्ला अधिवेशनबाट थापा अध्यक्षमा चयन हुनुभएको हो ।
पाथीभरा केबुलकारको काम स्थगित, यातायात बन्द खुल्यो
ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण सुरु गरिएको पाथीभरा केबुलकारको काम स्थगित भएको छ । केबुलकार निर्माण विवादबारे सरकार र आन्दोलनरत पक्षबिच भएको वार्तामार्फत छ बुँदे सहमति भएपछि निर्माणको काम स्थगित हुनुको साथै एकसाता लामो यातायात बन्द खुलेको हो ।
गोली चलाएर दुई भारतीय लागु औषध कारोबारी पक्राउ
कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागु औषध कारोबारीलाई पक्राउ गरेको छ ।
ताप्लेजुङका तीन पत्रकार सम्मानित
ताप्लेजुङका तीन जना पत्रकार सम्मानित तथा पुरस्कृत हुनुभएको छ । प्रेस चौतारी नेपालले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा तीन जना पत्रकारलाई सम्मानित गरेको हो ।
साविक विजेता एनआरटी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
साविक विजेता न्यूरोड टिम (एनआरटी) धरानमा जारी २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हलेसी तुवाचुङमा घरेलु मदिरालाई औद्योगिकीकरण गर्न प्रवर्द्धनको काम थालियो
हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय रक्सी (घरेलु मदिरा)लाई औद्योगिकीकरण गर्ने गरी प्रवर्द्धनको काम सुरु गरेको छ ।
ऐतिहासिक टक्सारलाई सरंक्षणको खाँचो
औद्योगिक, व्यापारिक र सांस्कृतिक क्षेत्रको पहिचान बनाएको ऐतिहासिक टक्सार बजार यतिबेला संरक्षणको पर्खाइमा छ । यहाँ बनेका कलात्मक शैलीका घरहरु खण्डहर बनेसँगै यो स्थानको मौलिकता समेत मेटिँदै गएको छ ।
राजमार्ग विस्तार कार्य तीव्र
एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र रूपमा भइरहेको छ ।
सुनसान बन्दै पर्यटकीय क्षेत्र
एक सातादेखिको लगातारको बन्दका कारण स्वदेशी पर्यटकको भिड लाग्ने इलामको अन्तु, कन्याम जस्ता पर्यटकीय क्षेत्र सुनसान छन् ।
नो केबलकार समूहद्वारा ताप्लेजुङ सडकखण्ड रुख ढालेर अवरोध
ताप्लेजुङमा अवस्थित पाथिभरा देवीको मन्दिरमा केबुलकार बनाउन थालेपछि त्यसको विरोधमा उत्रेको नो केबलकार समूहले सडकमा रुख ढालेर अवरोध गरेको छ ।
दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र
जिल्लाको दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ गर्नुभएको हो ।
पाँचथरमा भूमि समस्या समाधान आयोगका अध्यक्षद्वारा पदभार ग्रहण
पाँचथरमा भूमिहीन र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने अधिकार पाएको भूमि समस्या समाधान आयोगका अध्यक्ष धनकुमार फियाकले पदभार ग्रहण गर्नुभएको छ । सोमबार आयोगका अध्यक्ष फियाकको पदभार ग्रहणसँगै कार्यालय उद्घाटन गरिएको छ ।
लाहाको व्यावसायिक खेती
मोरङको लेटाङ–८, लालझोडास्थित लालहिरा सामुदायिक वन उपभोक्ता समूहले लाहाको व्यावसायिक खेती सुरु गरेको छ । सधैँ काठ उत्पादन नहुने र वनको आय वृद्धि गर्ने उद्देश्यले सामुदायिक वनले गत वर्षदेखि लाहा खेती सुरु गरेको हो ।
सुरी भीरमा ओखलढुङ्गाकै पहिलो ‘रक क्लाइम्बिङ’
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा साहसिक खेल रक क्लाइम्बिङ गर्न पाइने भएको छ ।
बुढासुब्बा गोल्डकप : पाहुना टोली भुटान सेमिफाइनलमा
धरान रङ्गशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा राष्ट्रिय जागृती क्लब इटहरीलाई ४–१ गोलले हराउँदै भुटानले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
वडाध्यक्ष कप क्रिकेटमा भण्टाबारी च्याम्पियन
सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरमा सम्पन्न वडाध्यक्ष क्रिकेट कप प्रतियोगिताको उपाधी भण्टाबारीले जितेको छ ।