• ८ वैशाख २०८२, सोमबार

पाँचथरमा भूमि समस्या समाधान आयोगका अध्यक्षद्वारा पदभार ग्रहण

blog

भूमी समस्या समाधान आयोगका अध्यक्ष धनकुमार फियाकलाई बधाई दिँदै कांग्रेस सह महामन्त्री भिष्मराज आङदेम्वे । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम, माघ २२ गते ।
पाँचथरमा भूमिहीन र सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने अधिकार पाएको भूमि समस्या समाधान आयोगका अध्यक्ष धनकुमार फियाकले पदभार ग्रहण गर्नुभएको छ । सोमबार आयोगका अध्यक्ष फियाकको पदभार ग्रहणसँगै कार्यालय उद्घाटन गरिएको छ ।

जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा आयोगका अध्यक्षसहित अन्य पदाधिकारीले पदभार ग्रहण गर्नुभएको छ ।

आयोगका पदाधिकारीलाई अध्यक्षलाई बधाई अर्पण गर्दै नेपाली कांग्रेसका सह महामन्त्री भिष्मराज आङदेम्वेले राजनैतिक आग्रह र पूर्वाग्रह नराखी भूमिहीन र सुकुम्वासीलाई जग्गा दिन आयोगका पदाधिकारीलाई सुझाव दिनुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ र पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला लगायतले नव नियुक्त पदाधिकारीलाई बधाईसँगै सफल कार्यकालका लागि शुभकामना अर्पण गर्नुभएको थियो ।

आयोगको पाँचथर अध्यक्षमा फियाक, विज्ञ सदस्यमा विपेन्द्र गौतम र सदस्यहरुमा बुद्वीमान जवेगू र रेशा रिजाललाई मन्त्री स्तरीय बैठकले भूमी समस्या समाधान आयोगमा नियुक्त गरेको थियो ।

यसअघि पटक पटक आयोग गठन केन्द्रमा सरकार बनाउने र ढाल्ने क्रममा गठबन्धन फेरिएसँगै विघठन हुँदै आएको थियो ।